मोदिले तहल्का पिट्दै गर्दा काँग्रेसलाई ठुलो चोट ।


एजेन्सी मे २३,टेक्सास अमेरिका / भारतमा भएको लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपाले तहल्का मच्याउदै स्पस्ट बहुमतका साथ पुनः विजयी भएको छ । सरकार बनाउनका लागि दुई सय ७२ सिट आवश्यक पर्ने भए पनि भाजपा एक्लैले ३०३ सिटमा जित हाँसिल गरेको छ । यसपटक भजपाले सन् २०१४ भन्दा २१ सिट बढि ल्यायको छ । भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिकअलाइन्स( एनडिएले ) तीन सय ५४ सिट पुर्‍याएको छ ।

उत प्रतिपक्षी कंग्रेसले भने यो निर्वाचनमा पनि ठुलो चोटको सामना गर्नु परेको छ । २०१४ को निर्वाचनमा ४४ सिट ल्याएको काँग्रेसले सिट सङ्ख्यामा केहि सुधार गरि यसपालि ५२ पुर्‍याएको छ तर प्रप्त मत प्रतिपक्ष बन्नका लागि चाहिने मत भन्द कम भयकोले पनि काँग्रेस मर्कामा छ । संविधानतः प्रमुख प्रतिपक्ष दलको मान्यता पाउन आवश्यक ५५ सिट आवाश्यक हुन्छ । यसरी मोदी चुनौतीविहीन बनेका छन् । कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलाइन्स (युपिए)को कुल सिट ९० मात्र पुगेको छ । अन्य स-साना दलहरुले ९८ सिट ल्याएका छन् । बिधान सभामा ५४५ सिट भयपनि ५४२ सिटमा चुनाव भएको थियो ।
यसपटक भरतको पुरानो पार्टी कंग्रेसले पुर्खेउलि मतलाई समेत जगाउन नसक्दा काँग्रेसका अध्यक्ष राहुल गान्धीले अमेठीबाट हारेका छन् । आजादि पस्चात एकलौटि जित्दै अायको अमेठि किल्लालाई भजपाले भत्कायको छ ।  अध्यक्ष गान्धिलाई ५४ हजार सात सय ६७ मतको अन्तरले केन्द्रीय मन्त्री स्मृति इरानीले हराइन् । २००९ र २०१४ मा पनि स्मृतिले राहुललाई चुनौती दिएकी थिइन् । तर, उनको तेस्रो प्रयास भने सफल भयको छ । अमेठिमा निर्वाचनअघि नै हारको अनुमान गरिसकेका राहुलले केरलाको वायनाडबाट भने ठूलो मतान्तरले जितेका छन् । वायनाडमा राहुलले सात लाख पाँच हजार मत प्राप्त गर्दा माकपाका पिपी सुनीरले दुई लाख ७३ हजार मत प्राप्त गरे । यसरी केरलामा चार लाख ३२ हजार मतान्तरले राहुलले जितेका छन् ।

लोक सभाका राजधानि दिल्ली , हरियाणा, गुजरात, आन्ध्र प्रदेश, राजस्थान, हिमाञ्चल, उत्तराखण्ड, अरुणाञ्चल, उडिसा, त्रिपुरा, मणिपुर, मिजोरम, सिक्किम, चण्डिगढ, लक्ष्यदीप र अन्डेमाननिकोबर गरि १६ राज्यमा भजपा गठबन्धनले अन्य पार्टिको खुट्टा टेकाउने ठाँउ समेत नदिंदा कांग्रेसले प्रतिनिधित्व पाउन सकेन ।

उता सिक्किममा २५ वर्ष सम्म एक छप्ति चलेको चाम्लिङ शासन पनि ढल्यो । लगातार पाँचपटक सम्म चुनाव जितेर सिक्किमको नेतृत्व गरिरहेको पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ)ले विधान सभामा बहुमत गुमाएको छ । ३२ सिट रहेको सिक्किममा चाम्लिङको दललाई उछिन्दै सिक्किम क्रान्तिकारी मोर्चाले १७ स्थानमा बिजय भई बहुमत ल्याएको छ ।भाजपासँग सहयोग गरेको यो दलले लोकसभाको एक मात्र सिट पनि जितेको छ ।चाम्लिङ २५ वर्षदेखि सिक्किमका मुख्यमन्त्री थिए । उनी भारतमा सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित मुख्यमन्त्रि हुन् ।
सातौं चरणमा सम्पन्न भयको लोकसभा निर्वाचनले भारतमा वामपन्थीहरूलाई लगभग पन्छाएको छ । ३५ वर्षदेखि पश्चिम बंगालमा चुनाव जित्दै आएको माक्र्सवादी कम्युनिस्ट पार्टी (माकपा) यसपालि उसले बंगाल र त्रिपुराबाट सबै सिट गुमाएको छ । बंगालमा त्रिणमुल कंग्रेसले २२ र भाजपाले १८ सिट जितेका छन् । तर, सीताराम येचुरीले नेतृत्व गरेको माकपाले बंगालमा ६.२९% मत पाएको छ । त्रिपुरामा १७.३३% मत पाएको माकपाले शून्य सिट पाएको छ । राज्यका दुवै सिट भाजपाले पाएको छ ।
त्यस्तै, केरला राज्य सरकारमा सत्तारुढ दलले जम्मा एक सिट जितेको छ अग्रता लिएको छ । उता कंग्रेसले केरलामा १५ सिट जितेको छ । २० मध्ये बाँकी चार सिट पनि उसैका सहयोगीले पाएका छन् ।
धेरै चर्चितअनुहारले जिते पनि कन्हैयाकुमारले हारेका छन् ।
जेएनयू विद्यार्थी युनियनका पूर्वसभापति कन्हैयाकुमार सबैभन्दा चर्चित उम्मेदवार थिए । जेएनयूका प्रोफेसरदेखि विद्यार्थी नेता, स्वारा भास्करजस्ता कलाकारदेखि जावेद अख्तरसम्मका साहित्यकार उनको प्रचारमा आएका थिए । यो क्षेत्रमा कन्हैयाको दल सिपिआईले एक लाख ९२ हजार मत मात्र प्राप्त गरेको थियो । यसपालि कन्हैयाले एक लाख मत बढाए । तर, मोदीको साम दाम अगाडि उनको जोर चलेन । उनले दुई लाख ६७ हजार मात्र मत प्राप्त गरे । केन्द्रीय मन्त्री तथा भाजपा उम्मेदवार गिरिराज सिंहले ६ लाख ८७ हजार मत प्राप्त गरे । यसरी चार लाख २० हजारको मतान्तरले कन्हैया पछाडि परे ।
तर, भाजपाको प्रतिनिधित्व गरेका धेरैजसो सेलेब्रिटीले चुनाव जितेका छन् ।दिल्लिबाट क्रिकेटर गौतम गंभिरले डेब्युमै भारि मतका साथ बिजयी हुंदै गर्दा मथुराबाट हेमा मालिनीले जित दोहोर्‍याएकी छिन् भने उनका छोरा सन्नी देवलले पञ्जाबको गुरदासपुरबाट पहिलोपटक चुनाव जितेका छन् । त्यस्तै, भोजपुरी स्टार रविकिसनले गोरखपुरबाट पहिलोपटक चुनाव जितेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907