नेपाल जोर्नीको सेप्टेम्वर १४ मा “सांगीतिक रात्रिभोज”हुंदै ।
डालस, टेक्सास । नेपालमा सामाजिक काम गर्ने उद्देस्य लिएर अमेरिकमा स्थापना भएको नेपाल जर्नीले सेप्टेम्वर १४ मा “रात्रिभोजको साथमा मनोरंजन साँझ”अर्थात गाला डिनर आयोजना गरेको छ । टेक्सास स्थित अरविनको हिल्टन गार्डेन ईन (2001 भ्यालि भिउ ल्याण्ड )होटलमा उक्त कार्यक्रम आयोजना हुने नेपाल जर्नीको अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनु भएको छ।सांझ ५ बजे बाट रति १ बजे सम्म सञ्चालन हुने कार्यक्रममा क्यास बार, रेड कर्पेट, एक्सन एण्ड राफेल, ईन्टरपेनर मिट-अप लगायतका सो समेत समेटियको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ।साङ्गितिक मनोरञ्जनका लागि डिजे सुसान्त अबेट डान्स,स्पेसल गेस्ट कल्चरल डान्स लगायत अन्य कार्यक्रम रहेका छन्
नेपाल जर्नी २०१५ मा स्थापना भएको एक सामाजिक संस्था हो । यसले बिशेष गरी शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको छ ।
हेटौंडामा अपाङ्ग मैत्री पुस्तकालय निर्माण सम्पन्न गरेर हस्तान्तरण समेत गरिसकेको यो संस्थाले स्याङ्जाको हरिसान गाउँपालिका ३ चिसापानि स्थित ललहि लगायत अन्य ठाउँहरुमा समेत पुस्तकालय स्थापना वा स्थापनामा सहयोग गरिसकेको छ । त्यस्ता प्रयोजनको लागि केहि रकम संकलन गर्ने उद्देश्यले बार्षिक रुपमा “सांगीतिक भोज” आयोजना गर्ने गरेको छ । यसबर्ष पनि चितवन जिल्लामा एक नमुना पुस्तकालय निर्माणको लागि यो कार्यक्रम आयोजना गर्न लागिएको उपाध्यक्ष बद्री श्रेष्ठले बताउनु भएको छ ।