कसले चुम्ला च्याम्पेस्स लिगको ट्रफि ?
May 16, 2019 | 11:43 pm    
मे १६,डालस- 2018/19 को यु ई फ ए च्याम्पेन्स लिग फाईनल खेलको लागि दुई ईङ्लिस क्लबले तयारि तिब्र पारेका छन् ।
यस संस्करणको फाईनलमा पुगेका लिभरपुल र टोटनहामन उपाधि चुुुुम्न साँच्चिकै आतुर पनि देखिन्छन।फुटबलका पारखिहरुले मिनि वल्डकपको रुपमा बिश्लेषण गर्ने यो लिगमा यि २ क्लबले फुटबल जगतमा सर्वाधिक चर्चामा रहेका रोनाल्डो र मेसिका क्लबलाई पछि पर्दै फाईनलमा प्रबेश गरेका छन्।
च्यम्पेन लिगको सफल खेलाडि रोनाल्डोलाई लियर मैदानमा उत्रेको ईटालियन क्लब युभेन्टस नर्बेको क्लब आयाक्स समक्ष टिक्न नसकि क्वाटर फानलबाट पाखा लाग्यो।स्टार खेलाडि क्रिस्टिना रोनाल्डो खेल्ने क्लबलई नमिठो हार चखाएर उच्च मनोबल लियर साम दाम दण्ड भेद प्रयोग गर्ने नितिकासाथ आयाक्स टोटनहामन पुगेको थियो । नर्वेको क्लबले घरेलु टिमलाई स्तब्ध बनाई निकालेको ०-१ को बिजयी यात्रा कायम राख्न सकेन । आफ्नै मैदानमा भयको खेलमा २-३ को हारले ह्यारि केन बिनाको टोटनहामले जित निकालि फाईनल पुग्दै गर्दा आयाक्सको फुर्ति लामो समय टिकेन ।
उता कलात्मक खेल देखाउदै फुटबल प्रेेेेमिलाई अनन्द दिन सफल सर्वाधिक रुचाईयका खेलाडि लियोनल मेस्सिलागायत अन्य स्टार खेलाडिको सथ नाउ क्याम्पमको मैदान छिरेको बर्सोलोनाले पाहुना टोली लिभरपुल माथि ३-०को अग्रता हात पार्यो ।क्लबको मुख्य खेलाडि महोमद सलाह र ब्राजिलियन स्टाईगर थिर्मने बेन्चमा राखेर आफ्नो मैदानमा उत्रेको लिभरपुलले पहुना टोलि बर्सोलना माथि रोमान्चक ४ गोल गरि समग्रमा ४-३ को जित निकाल्दै फाईनलको यात्रा सुरक्षित गरेको हो ।
जति जति जुन १ को फाईनल खेलको दिन नजिकिदै छ त्यति त्यति फुटबलका ज्योतिषिहरुको बिष्लेशले ब्यापकता पाँउदै गयको छन् । कतिपयले अघिल्लो संस्करणमा अभागि ठहरियको लिभरपुल नै च्याम्पेन बन्ने ठोकुवा गर्छन् भने कतिपयले टोटनहामले ईतिहाँस रच्ने तर्क गरि रहेका छन् ।
लिभरपुल र टोटनहाम बिच भएका पछिल्ला पाँच खेल मध्य लिभरपुल अगाडि देखिन्छ । एक खेल बराबरीमा र एक खेलमा हार सामना गरेको लिभरपुलले ३ खेलमा भने स्पस्ट जित निकालेक छ ।
टोटनहाम भने बिगतलाई बिर्सेर पछिल्लो खेल ईङलिस प्रिमियर लिगमा भयको हारको बदला लिने दाउमा छ । पछिल्लो खेलमा बेन्चमा बसेका ह्यरि केन उच्च मनोबलका साथ खेल खेल्न र नतिजा आफ्नो पक्षमा पर्ने खेल बिसलेशक बताउछन् ।
ईङलिस प्रिमियर लिगको नतिजलाई नियाल्दा ३८ खेलमा ९७ अंकका साथ दस्रो स्थानमा रहेको लिभरपुलले १ खेलमा हार र ७ खेल बराबरि खेलेको छ । समान खेल खेलेको टोटनहाम १३ खेलमा हरको सामना गर्दै २ खेल बराबरि खेल्दै अंकतालिकाको चौंथो स्थानमा छ । ईङलिस प्रिमियर लिगमा शिर्ष स्थानमा रहेको म्यनचेस्टर सिटिमाथि टोटनहामले युई एफ ए च्याम्पेन लिगको क्वाटर फाईनलमा सहज जित निकाल्न सफल भयकोले पनि खेल थप रोमान्चक बन्ने छ ।
अंक तिलिकामा जे जस्तो अवस्थामा हरेता पनि जुन १ मा यि २ टिम मध्य स्पेनको मेड्रिडमा रहेको वान्डा मेट्रोपोलिटानो स्टडियममा जसले उत्कृष्ठ खेल प्रदशन गर्न सक्छ उसैको जित पक्का छ।