श्रद्दा (सीता) अधिकारी एनआरएन अमेरिकाको बोर्ड अफ डिरेक्टर की उम्मेदवार

डालस, टेक्सास । एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१९/२१ को लागि टेक्सास निवासी श्रद्धाको नामले चिनिने सीता अधिकारीले बोर्ड अफ डिरेक्टरमा उम्मेद्वारी दिएकी छिन । एनआरएन अमेरिकामा महिलाहरुको सहभागिता न्यून हुँदै आएको परिबेशमा अधिकारीको उम्मेदवारीले त्यसलाई अलिकति भए पनि सम्बोधन गर्ने आशा गर्न सकिन्छ ।
टेक्सासमा हुने करिव हरेक कार्यक्रममा उनले सकेसम्म सहभागिता र सक्रिय सहयोग समेत गर्दै आएकी छिन । अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुमा महिलाहरुको नेतृत्वको कुरा त परै छोडौं, सहभागिता समेत न्यून छ, त्यसलाई केहि परिवर्तन गर्न आफु उम्मेदवार बनेको अधिकारीको भनाइ छ । बोर्ड अफ डिरेक्टरमा निर्बाचित भएमा नेपाली समुदायको सेवाको लागि स्थायी स्वास्थ्य क्लिनिकको व्यवस्था गर्ने उनको योजना रहेको बताइन । डालसबाट शुरु गरेर अमेरिकाभर नै यस्तो स्वास्थ्य क्लिनिक स्थापना गर्ने उनको योजना छ ।


धेरै नेपालीहरु डाक्टरकोमा जान डराउँछन । नेपालबाट भिजिट भिसामा आउनेहरुले त औषधि किन्न पनि निकै गाह्रो छ । यस्तोमा स्थायी स्वास्थ्य क्लिनिकको खाँचो रहेको श्रद्धा (सीता) अधिकारी बताउँछिन । महिला सहभागिताको हिसाबले होस् वा मेरो समुदायमा सक्रियताको हिसाबले होस् वा मेरो एनआरएनमा गएर नेपालीहरुलाई सहयोग गर्ने योजनाले होस्, मतदाताहरुले मलाई मतदान गर्ने आशा गरेकी छु, उनले स्पस्ट पारिन ।
महिला सहभागिताको हिसाबले एनआरएनमा अहिले पनि उम्मेदवारहरुको खडेरी नै छ । यस्तोमा समाज र एनआरएन अभियानको लागि श्रद्धा (सीता) अधिकारी जस्ता सक्रिय उम्मेदवारहरुको प्रवेशले सकारात्मक भूमिका खेल्ने कुरामा विश्वास गर्न सकिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907