युवा संयोजक स्वराज खातीले भिजन सहित आइसीसी सदस्यमा उम्मेद्वारी दिए

टेक्सास, अमेरिका । एनआरएन राष्ट्रिय परिषदमा स्वराज खातीले आगामी २०१९-२१ कार्यकालका लागि आइसीसी सदस्यका लागि उम्मेद्वारी दिएका छन् । वर्तमान कार्यसमितिमा युवा संयोजक बनेर सफलतापुर्बक कार्यकाल सम्पन्न गरेका खातीले एनआरएनमा युवा सहभागिता वृद्धि एबम एनआरएनलाइ मुद्धा केन्द्रित बनाउन जान लागेको बताएका छन् ।
धनुषा जिल्लामा जन्मेर अमेरिका आइ लुजियाना बिस्वबिद्यालयबाट कम्पुटर साइन्समा आफ्नो पढाइ सकेपछि आइटी टेकको रुपमा काम गर्दै आएका छन् । युवा संयोजकको रुपमा बिद्यार्थी छात्रवृति कार्यक्रमलाई संस्थागत बनाउनुको साथै संस्था भित्र बिभिन्न धारणाहरुलाई सन्तुलनमा राख्न प्रयत्न गर्दै आएका छन् ।
अमेरिकाको प्रभाव बिस्वमा अत्यधिक रहे पनि एनआरएन अमेरिका भने आइसीसीमा बत्ती बालेर खोज्नु पर्ने अवस्था छ । आइसीसीले गरेका कामहरु बारे अमेरिकामा रहेका एनआरएनहरु बेखबर छन् । त्यहाँ आइसिसिले गर्ने कामहरुमा एनआरएन अमेरिकाले नेतृत्व लिन सकेको छैन । आइसीसी र एनसिसिहरु बीच समन्वय र सम्पर्कको भरपर्दो संयन्त्र छैन । यी सबै कुराहरुलाई सम्बोधन गर्न मैले आइसीसीमा जाने निधो गरेको हुँ । आइसीसी सदस्यको रुपमा निर्बाचित भए पछि मैले एनसिसि अमेरिका संग आइसीसीलाइ जोड्ने काम गर्नेछु । आफ्नो आइसीसीमा  जान खोज्नुको कारणबारे सोधेको प्रश्नमा खातीले प्रस्ट पार्दै भनेका छन् ।
बिभिन्न कारणहरुले गर्दा एनआरएनमा युबाहरुको सहभागिताको कमी महशुश भैरहेको अहिलेको अबस्थामा खाती जस्ता क्रियाशील, कर्मठ र नेपालीहरुको लागि केहि गरौँ भन्ने चाहना र योजना भएका युबाहरु अगाडी आउनु खुशीको कुरा हो । यस्ता युबाहरु जति धेरै आउँछन, एनआरएन त्यति नै बलियो, सक्रिय र सबल बन्छ भन्नेमा कुनै द्विविधा छैन ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907