देउडा गायिका डिक्रा वादी दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मानबाट सम्मानित

वैशाख ९, काठमाडौँ । वि.सं. २०७६ सालको दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान देउडा गायिका डिक्रा वादीलाई प्रदान गरिएको छ । नेपाल स्रष्टा समाजले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमको आयोजना गरेर सो सम्मान प्रदान गरेको हो ।

एउटा ओझेलमा परेको त्यसमा पनि सिमान्तिकृत वर्गको व्यक्तिलाई छानेर पुरस्कृत गरेकोमा स्रष्टा समाजलाई धन्यवाद दिँदै प्रमुख अतिथि वरिष्ठ गीतकार यादव खरेलले भन्नुभयोः “यति धेरै प्रतिभा भएर पनि अगाडी आउने, कुनै स्थान नपाउने वर्गको मान्छेलाई सम्मान गर्ने क्षणको साक्षी हुन पाउँदा आफूलाई गर्व लागेको छ ।”

दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान नेपाली साहित्यको सिर्जना र प्रवद्र्धनमा निरन्तर रहेर पनि ओझेलमा परेका स्रष्टालाई प्रदान गरिन्छ । “साहित्यमा निरन्तर क्रियाशील रहेपनि ओझेलमा को छ भन्दै खोज्न हामीलाई निकै कठिन भयो । गहन छलफल र सम्मानको मर्मलाई ध्यान दिएर हामी निर्णायकले डिक्रा वादीलाई छनौट ग¥यौँ” निर्णायक समितिका संयोजक दूर्गा घिमिरेले भन्नुभयो ।

यस सम्मानका लागि नेपाल स्रष्टा समाजले खुला रुपमा आवेदन गरेको थियो । जसमा प्राप्त १२ वटा आवेदनमध्ये समाजसेवी तथा स्रष्टा दूर्गा घिमिरेको संयोजकत्वमा वरिष्ठ पत्रकार राजेश खनाल र स्रष्टा पुष्पा खनाल रहनुभएको तीन सदस्यीय सम्मान सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । तीन नामबाट डिक्रा वादी छनौट हुनु भएको हो ।

प्रत्येक वर्ष प्रदान गरिने यो सम्मानको राशि रु ११,१११ रहेको छ । वि.सं. २०७५ का लागि दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान लेखिका तथा सञ्चारकर्मी सिर्जना शर्मालाई प्रदान गरिएको थियो ।

गीतकार स्रष्टा पुष्पा खनालको गीत सङ्ग्रह गह पोखिएर र म्युजिक भिडियो आमाको पनि आजै सार्वजनिक गरिएको छ । यस्तै म्युजिक नेपालको आधिकारिक युट्युव च्यानलबाट पनि यसको विश्वभर सार्वजनिक गरिएको छ । चर्चित हास्य कलाकार निर्मल शर्माले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । दुई सय बढी गीत लेखिसकेकी गीतकार पुष्पा खनालको यस अघि एउटा एकल र एउटा संयुक्त गीत एल्वम तथा पोखिएँ यसरी गीत तथा कविता सङ्ग्रह प्रकाशन भइसकेको छ । प्रख्यात गायक गायिकाहरूको आवाजमा रेकर्ड भएका उनका दुई दर्जन बढी गीतहरू बजारमा छन् । 

 

Link of music video   https://www.youtube.com/watch?v=uAnVttafY7M

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907