भरत अर्यालद्वारा बिज्ञप्ति जारी: सबैमा सहयोगको लागि अपिल

एनआरएन अमेरिकाको निर्बाचनमा उम्मेद्वारी दिने अन्तिम दिन आइपुग्नै लाग्दा डालसको नेपाली समाज तरंगित बनेको छ । एकसेएक उम्मेदवारहरु एनआरएनमा बसेर नेपालीहरुको लागि केहि गर्न आतुर छन् । अमेरिकाकै ठुलो र सक्रिय नेपाली समाज रहेको हुनाले यहाँ यतिबेला अलिक बढी नै चहलपहल भैरहेको छ ।
यहि सन्दर्भमा बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिनु भएका समाजसेवी भरत अर्यालले एक बिज्ञप्ति जारी गर्नु भएको छ । बिज्ञप्तिमा साथीभाईहरुको सल्लाहमा आफु उम्मेदवार बनेको स्मरण गराउंदै प्रतिष्पर्धामा जान तयार रहेको जनाउ दिनुभएको छ । बिज्ञप्ति जस्ताको तस्तै :

जन्मेदेखि नै  राजनीति र समाजसेवामा लागियो । पारिवारिक पृष्ठभूमि नै त्यस्तै थियो । समाज र देशको लागि केहि गरूँ भन्ने नै मेरो ध्येय थियो । पैसा कमाउन त ब्यापार वा अन्य कुनै पेशा गरे भैहाल्यो भन्ने धारणा थियो । जनता र समाजको लागि केहि गर्छु भनेर राजनीतिमा लागेपछि जनताको विश्वास तोडेर पैसाको  पछि लाग्नु हुन्न भन्ने कुरा मेरो विचार थियो र छ ।
खप्पर को खेल कसले पो जानेको हुन्छ र ! नेपालमा सक्रिय जीवन बिताइरहेको अबस्थामा फेरी प्रबाशी नेपाली बन्न अमेरिका आइपुगें । विदेश आए पछि पनि आफ्नो मन आफ्नै देश र आफ्नै समुदायमा रमाउँदो रहेछ । अमेरिकामा नै सक्रिय जनसम्पर्क समितिमा आबद्ध भएँ ।
प्रजातान्त्रिक पार्टी र त्यसको प्रबाशी संगठन भएकोले त्यसमा बिभिन्न खालका विचारहरु हुनु स्वाभाविक भए पनि व्यक्तिगत र गुटगत रुपमा संगठन विभाजित हुनु राम्रो होइन । मैले नेपाली जनसम्पर्क समितिमा बैचारिक बहस गर्ने तर गुटको राजनीति गरिन । त्यसो गर्न मेरो स्वभाव र मर्यादाले दिँदैन । साथिभाई सबै मिलेर जनसम्पर्क समिति सक्रिय र सबल बनाउँ भन्ने मेरो भनाइ रह्यो । त्यसैमा मैले आफ्नो उर्जा खर्च गरें ।
बिस्तारै अन्य संगठनहरुमा पनि आबद्ध हुन थालियो । एनआरएन सबै नेपालीहरुको साझा संस्था भएकोले स्वभावैले मैले यसमा सक्रिय हुने निर्णय गरें । जनसम्पर्क समितिमा भन्दा एनआरएनमा सक्रिय हुँदा धेरै नेपालीहरुको हकहितमा काम गर्न  पाइन्छ भन्ने मेरो विचार भयो ।
एनआरएनमा कसरी सक्रिय हुने भन्ने कुरामा म दुबिधामा थिएँ । त्यसको लागि धेरै साथीभाई र समुदायका अगुवाहरुसंग छलफल कुराकानी गरें । जनसम्पर्कका जिम्मेवार साथीहरुसंग पनि यसमा मेरो स्पस्ट छलफल भयो । सबैको सल्लाहमा मैले एनआरएनमा मलाई उपयुक्त हुने पदमा उम्मेवार हुने निर्णय गरें । जिम्मेवार साथीहरुको सहमतिमा नै म उम्मेदवार हुने निर्णय गरेको हुँ ।
मेरो उम्मेद्वारी कसैको बिरुद्ध  पक्कै होइन । तर हामीबीचको सहमति र मलाई दिएको बचन पालन नभए पछि मैले आफ्नो कदम अगाडी बढाएको हुँ । निर्बाचनमा जितहार सामान्य कुरा हो । त्यसको लागि म तयार छु र साथीहरु जो उम्मेदवार हुनुहुन्छ उहाँहरुलाई पनि निर्बाचनमा स्वच्छ रुपमा प्रतिष्पर्धा गर्न र त्यसको नतिजा स्वीकार गरेर हामीबीचको सम्बन्ध र भाइचारा कायम राख्न समेत अनुरोध गर्दछु ।
अन्त्यमा मेरो उद्देश्य एनआरएनमा गएर नेपालीहरु र नेपाली समुदायको सेवा नै हो । त्यसको लागि समाज र सामाजिक अगुवाहरुले मेरो बिगतको सक्रियता र क्षमतालाइ ध्यान दिंदै मुल्यांकन गर्नु हुनेछ भन्ने आशा लिएको छु । म आफ्नो तर्फबाट अमेरिकाको नेपाली समुदायको लागि निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907