युवा आइटी प्रोफेसनल रबिन्द्र उप्रेती बोर्ड अफ डिरेक्टरमा चुनाव लड्दै
विस्कन्सिन, अमेरिका । आउँदो मे १८/१९, २०१९ मा हुन लागेको एनआरएन अमेरिकाको चुनावमा विस्कन्सिन राज्यमा बसोबास गर्दै आएका रबिन्द्र उप्रेतीले बोर्ड अफ डिरेक्टर पदमा आफ्नो उम्मेद्वारी दिने भएका छन् । लामो समय टेक्सासमा बसोबास गरेका उप्रेती नेपालको सर्लाही जिल्लामा जन्मेका हुन् भने पेशाले आइटी प्रोफेसनल हुन् । खेलकुद र बिशेष गरी भलिबलमा रुचि राख्ने उप्रेतीले बेलाबेलामा भलिबल टुर्नामेन्ट लगायत खेलसंग सम्बन्धित कार्यक्रमहरु आयोजना र नेतृत्व गर्दै आएका छन् ।
एनआरएनमा सक्रिय युबाहरुको प्रतिनिधित्व आबस्यक रहेको भन्दै आफुले समयको आबस्यकता अनुरुपको एनआरएन बनाउने भूमिका खेल्न उम्मेदवार बनेको जानकारी दिए । अमेरिकामा रहेका नेपालीहरुलाइ मुलधारको खेलकुद प्रतिश्पर्धाहरुमा सक्रिय गराउन आफुले भूमिका खेल्ने उनले प्रतिबद्धता समेत जनाए । पढेर मात्र ठुलो मान्छे भइन्छ र खेल्यो भने बिग्रिन्छ भन्ने सोंचाई अहिले पनि धेरै नेपाली अभिभावकहरुमा रहेको भन्दै उप्रेतीले त्यसलाई बदल्न एनआरएनले खेलकुदको क्षेत्रमा केहि गर्न सक्छ भन्ने सोंचाईले आफु उम्मेदवार बनेको उप्रेतीको भनाइ छ ।
त्यस्तै हालै एनआरएनको मतदाताहरुको सुची प्रकाशित गर्दा भद्रगोल भए पछि त्यसलाई ब्यबस्थित गर्न उप्रेतीले राज्य अनुसार नाम खोज्न मिल्ने पद्दति समेत विकास गरेका छन् । यसले आफ्नो नाम छ वा छैन भन्ने छुट्टाउन सजिलो हुनेछ ।
https://public.tableau.com/profile/rabindra7836?fbclid=IwAR0ST2j6i1oDxHrSBj7Pak_An7mQMx0-sroy463-xozA3vWJVNCRMmC7VFQ#!/vizhome/VotersByState/NRNA2019-21?publish=yes