दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान डिक्रा वादीलाई प्रदान गरिने
नेपाल स्रष्टा समाजले वर्ष २०७६ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान गायिका तथा सामाजिक अभियन्ता डिक्रा बादीलाई प्रदान गर्ने भएको छ । सुदूर पश्चिम बाजुरामा जन्म भई हाल कञ्चनपुरमा बसोबास गर्ने डिक्रा देउडा गीतकी प्रसिद्ध गायिका तथा संस्कृतिकर्मी हुनुहुन्छ । उहाँले नेपालका बादीसमुदायलाई सामाजिक रूपान्तरणका लागि समेत एक अभियन्ताको रूपमा कार्य गर्दै आउनुभएको छ ।
यस सम्मानका लागि समाजको गत चैत्र ८ गते बसेको बैठकले प्रसिद्ध महिला अधिकारकर्मी तथा लेखक दुर्गा घिमिरेको संयोजकत्वमा वरिष्ठ पत्रकार राजेश खनाल तथा स्रष्टा पुष्पा खनालसहितको एक सिफारिस समिति गठन गरेको थियो । सम्मानका लागि यही चैत्र २५ सम्ममा समितिलाई प्राप्त दर्जनौ“ नामहरूमा समितिले छानबिन गरी श्री डिक्रा बादीको नाम सिफारिस गरेको हो ।
एक सम्मान पत्र र रू एघार हजार एक सय एघारको राशिसहितको यो सम्मान दमन्ता खनालको जन्मजयन्तीका अवसरमा २०७६ वैशाख ९ गते एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ । यो सम्मान गत वर्ष २०७५ का लागि श्री सिर्जना शर्मालाई प्रदान गरिएको थियो ।