मतदाताले “टिके र डमी होइन, योग्य र स्वतन्त्र” उम्मेदवार रोज्नु पर्छ

एनआरएन अमेरिकाको २०१९-२१ लागि निर्बाचन हुने दिन नजिकिंदै छ । फेसबुकमा प्रचार पनि ब्यापक छ । उम्मेदवारहरु बग्रेल्ती छन् । अध्यक्ष देखि बोर्ड अफ डाइरेक्टर सम्ममा मनग्गे उम्मेदवारहरु छन् । मनोनयन दर्ता गर्ने दिनसम्म पुग्दा अरु कति थपिने होलान । जे होस् करिव ९ हजारको संख्यामा रहेका अमेरिकाका नेपाली मतदाताहरुको लागि कसलाई भोट हाल्ने भन्ने कुरामा प्रशस्त विकल्पहरु छन् । सामाजिक र सेवामुलक संस्थामा पदमा पुग्नेहरुको यति चाप हुनु खुसीको कुरा हो ।
बाहिर बाहिर भोट मागे जस्तो गरे पनि अधिकांश उम्मेदवारहरु आफ्नो योग्यता, क्षमतामा कमै मात्र विश्वास गरेको देखिन्छ । उनीहरु चुनाव जित्नको लागि कोठे बैठक देखि गुट उपगुटहरुसंगको सम्पर्कमा जान शुरु गरिसकेका छन् । सबैले आफैले सदस्य बनेको भनिएको यसपटकको सदस्यता बितरण अभियान पछि पनि कतिपयले “मेरो पकेटमा यति मत छन्” भन्न छोडेका छैनन् । त्यहि भनाइको आधारमा आफ्नो खुबीमा विश्वास नगर्ने उम्मेदवारहरु तिनै “कथित भोट बैंक” भएकाहरुको अघिपछि दौडिरहेका छन् । तिनै पकेटमा भएका भोटको आधारमा उनीहरु गोजीबाट निकालेर पदको बांडफांड गर्दै हिंडेका छन् । अध्यक्ष फलानो, उपाध्यक्षमा फलानो आदि इत्यादि ।


जसले जे भने पनि मेरो बुझाइ यसपटक अधिकांश मतदाता स्वतन्त्र छन् । उनीहरु बुद्धि र बिबेक प्रयोग गर्न सक्ने खालका छन् । एउटा भोट समेत स्वतन्त्र रुपमा मान्छे रोजेर हाल्न नसक्ने “डमी” व्यक्तिहरु अमेरिकामा नहोलान भन्ने मेरो विश्वास छ । त्यसैले आफ्नो मतको निर्णय आफैले गर्न सक्ने स्वतन्त्र हैसियत भएका एनआरएन अमेरिकाका मतदाताहरुले यसपटक बिबेक पुर्याउने आशा गर्न सकिन्छ । नेपाली संघ संस्थाहरुमा देखिने पुरानो चलखेल यसपटक एनआरएन अमेरिकाको निर्बाचनमा हुने छैन ।
हाम्रो नेपाल देखिको कमजोरी मौकामा गल्ति गर्ने र फुर्सदमा पछुताउने नै हो । हरेक चुनावमा आउने जोगीहरुलाई पार्टी लाइन, क्षत्रिय लाइन वा जातिय लाइनमा बसेर भोट हालेर करोडपति बनाउने हामी नेपालीहरु नै हो । त्यसैको सिको गर्दै अमेरिका आएर पनि कुनै न कुनै लाइनमा बसेर भोट हालेर पटक पटक पछुताउँदै आएका छौं । अब भने वास्ताविक कुरा बुझ्न ढिला भैसकेको छ । यसपटक त्यसो नगरे कसो होला ?

विश्लेषण “लेखनाथ गौतम”

भोट कस्तो उम्मेदवारलाइ हाल्ने ?
सबभन्दा पहिले सबै उम्मेदवारहरुको पृष्ठभूमि हेर्नुपर्छ । उठ्ने व्यक्ति आफै उठेको होकी कसैको “गोटी” बनेर उठ्दैछ, त्यो हेर्नु पर्छ । जितेर गए पछि उसले स्वतन्त्र रुपमा काम गर्न उ स्वतन्त्र हुनु पर्छ । अर्काको आडमा, अर्काको उक्साहटमा वा अर्कालाई “टेको” बनाएर उठेको मान्छेले सिन्को भाँच्न सक्दैन । उसका गतिबिधि र निर्णयहरु भविस्यमा स्वतन्त्र हुन सक्दैनन् । “आफ्नै खुट्टामा टेक्न” सक्ने व्यक्तिलाई रोज्नु हाम्रो पहिलो काम हो । उम्मेदवारहरुको पृष्ठभूमि राम्रो संग हेर्ने हो भने त्यो छुट्टाउन सकिन्छ ।
दोश्रो कुरा उम्मेदवारहरुको योग्यता हेर्नु पर्छ । उसले उठेको पदमा उसको दावी कत्तिको सहि छ, छुट्टाउनु पर्छ । एनआरएन कत्तिको बुझेको छ, एनआरएन स्थापनाको उद्देस्य के हो, त्यसका काम के के हुन् त्यो उसले बुझेको हुनुपर्छ । उठेको पदमा बसेर काम गर्न सक्ने उसको शैक्षिक, भाषिक, सामाजिक र अन्य हैसियत छ कि छैन त्यो हेर्नु पर्छ । उसको बिगतको आधारमा पनि उसको योग्यता छुट्टाउन सकिन्छ । एनआरएन आन्दोलन बुझेको र त्यसलाई कता लैजाने भन्ने केहि न केहि विचार भएको व्यक्ति हामीले हेर्नु पर्छ ।
घण्टा नहानी हामीलाई सुख छैन । हाम्रा व्यक्तिगत समस्याहरुमा स्थानीय संस्थाहरु छंदैछन् । एनआरएनमा भने व्यक्तिगत भन्दा पनि समुदायको हितको लागि काम गर्न सक्ने र काम गर्न जानेको व्यक्ति हामीले रोज्नु पर्छ । हाम्रो नेपालसंगको सम्बन्ध बलियो पार्ने शुत्र जानेको बुद्धि भएको व्यक्ति हामीले रोज्नु पर्छ ।
तेश्रो भनेको स्वतन्त्र छ कि छैन, हेर्नु पर्छ । कुनै पार्टीको झन्डा बोकेर आएको छ वा छैन, त्यो छुट्टाउनु पर्छ । कुनै पार्टीले “इन्डोर्स” गरेको धाक लगाउनेलाई सकेसम्म भोट हाल्नु हुन्न । किनभने यो कुनै नेपालका राजनीतिक पार्टीहरुको चुनाव होइन । कुनै राजनीतिक पार्टीमा बिगतमा संलग्न हुनुलाइ अयोग्य मान्न पक्कै सकिन्न । तर त्यो पार्टीको छायाँ बनाउने तरिकाले तिनै पार्टीहरुका आन्तरिक बैठकबाट निर्णय गरेर उठेका उम्मेदवारहरुलाइ सकेसम्म भोट हाल्नु हुँदैन । एनआरएनमा गएर स्वतन्त्र रुपमा “समग्र नेपालीहरुका” समस्याहरु सम्बोधन गर्न सक्ने र कुनै पार्टीको गोटी बनेर काम नगर्ने उम्मेदवारहरु हाम्रो रोजाइ हुनुपर्छ ।
समाजका अगुवाहरुले पनि स्वतन्त्र भूमिका निर्वाह गर्नु पर्छ । संस्थाको उद्देस्य अनुरुपको काम गर्न सक्ने उम्मेदवारलाइ प्रेरित गर्नु र योग्यता नपुगी रहर एबम करकापमा उठ्नेहरुलाई सम्झाउनु सबैको कर्तब्य हो । कसैको बिरुद्ध “बुख्याँचा” उम्मेदवार खडा गर्ने काम सबैले बन्द गर्नु पर्छ । “हाम्रो र राम्रो” उम्मेदवारलाइ अगाडी बढाउनु पर्छ । हाम्रो भए पछि “जो पनि ठिक” भन्ने प्रवृति त्याग्नु पर्छ । त्यसो गरे मात्र प्रबाशमा हाम्रो समाज अघि बढ्छ । साँघुरो स्वार्थको जन्जिरमा आफुलाई कैदी बनाएर समाज बन्दैन । सबभन्दा ठुलो हात त मतदाता कै छ । हामी सबैले गतिलो मान्छे पठायौं भने पक्कै एनआरएन अमेरिका संसारका अरु देशका भन्दा गर्ब गर्न लायक हुनेछ । जति गरे पनि नसिक्ने हाम्रो आदत नै हो भने भीरबाट लड्ने गोरुलाई रामराम मात्र भन्न सकिन्छ, काँध थाप्न कसले पो सक्छ र ?

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907