एनआरएन अमेरिकाको बरिस्ठ उपाध्यक्षमा भरत अर्यालको उम्मेद्वारी किन ?

डालस, टेक्सास । एनआरएन अमेरिकाको आगामी २०१९-२१ को लागि बरिस्ठ उपाध्यक्ष पदमा समाजसेवी भरत अर्यालले उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ । सामाज सेवा र राजनीतिमा समेत शुद्धता, इमान्दारिता र स्पष्टताको अनुसरण गर्न रुचाउने भरत अर्यालको उम्मेदवार हुने घोषणाले एनआरएन अमेरिकाको निर्बाचन थप चाखपूर्ण बन्ने भएको छ ।
नेपालमा रहंदा शिक्षक पेशामा आबद्ध अर्याल राजनीतिक रुपमा नेपाली कांग्रेससंग आबद्ध भएको सगर्व बताउने गर्नु हुन्छ । अमेरिका आए पछि पनि नेपाली कांग्रेसको प्रबासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिकासंग आबद्ध हुनुहुन्छ । नेपाली जनसम्पर्क समिति भित्र विद्यमान किचलो र बिबाद मिलाउन समेत लामो समय देखि प्रयासरत हुनुहुन्छ । “सके यो विवाद मिलाउँछु, नसके पनि कुनै गुटमा लाग्दिन”, उहाँको भनाइ संधै यहि रह्यो । उहाँ जस्ता स्वतन्त्र व्यक्तिहरुको प्रयासको बाबजुद नेपाली जनसम्पर्क समिति एकढिक्का हुन सकेको छैन ।


नेपाली जनसम्पर्क समितिसंग समद्ध भए पनि भरत अर्याल परेको बेला राजनीतिक पूर्वाग्रह नराखी सहि कुरा बोल्ने व्यक्तिमा पर्नु हुन्छ । सामाजिक र प्रबासी नेपालीहरुका मुद्धाहरुमा उहाँ संधै अग्रपंक्तिमा रहेर समाधानको पहल गर्नु हुन्छ । अमेरिकामा मात्र होइन नेपालमा समेत आइपरेको बेला अग्रपंक्तिमा रहेर सहयोग गर्नेहरुको सुचिमा अर्यालको नाम आउँछ । डालस टेक्सासमा निर्माणाधीन मन्दिर देखि अन्य सामाजिक संस्थाहरुमा उहाँको योगदान अतुलनिय रहेको स्थानीयहरू बताउँछन् । अमेरिका बसाइको छोटो समयमै नेपालीहरुको लागि इमान्दार रुपमा केहि गर्न संधै तम्तयार भरत अर्याल एनआरएन अमेरिकाको लागि समेत एक आबस्यक पात्रको रुपमा स्थापित भैसक्नु भएको छ ।
एनआरएनमा जान चाहना राख्नुको कारण बारे सोधेको प्रश्नमा उहाँले “समग्र नेपालीहरुको हितको लागि केहि परिणाममुलक काम गर्न” भनेर छोटो मिठो भाषामा उत्तर दिनु भयो । आफ्नो सम्पूर्ण पृष्ठभूमि धेरैलाई थाहा भएको उल्लेख गर्दै आफ्नो बारे बढाईचढाइ नगरी यथार्थ प्रस्तुत गरिदिन समेत उहाँले अनुरोध गर्नु भयो । लाखौँ नेपालीहरुको संस्था भनिरहँदा पनि यसले सानो अंश मात्र ओगट्न सकेको प्रति असन्तुस्टी व्यक्त गर्दै उहाँले एनआरएनलाइ साँच्चिकै ३ लाख नेपालीहरुको साझा संस्था बनाउन पहल गर्ने बाचा समेत गर्नु भएको छ ।
हुन पनि एनआरएन अमेरिका बिभिन्न खाले चलखेलले बिरामी छ । अदालतमा मुद्धाहरु अझै छन् । सामान्य वेबसाइटको समस्या समेत समाधान गर्न सक्ने नेतृत्व एनआरएनले पाउन सकेको छैन । राष्ट्रिय र अन्तररास्ट्रीय मुद्धाहरुमा समेत सक्रिय हुनुपर्ने यो संस्था अमेरिका भित्रै पनि केहि व्यक्तिहरुको इशारामा चलेको देखिन्छ । यो सबैको साझा हुन सकेको छैन । अत्यन्त व्यक्तिबादी र गुटबादी सोंच, साधन र श्रोतको परिचालन क्षमताको अभाव, भिजन र भिजन पुरा गर्न इमान्दार प्रयासको कमीले गर्दा यसले यथोचित काम गर्न सकेको छैन । बेलाबेलामा घुसाइने राजनीतिले समेत यसलाई बिरामी बनाइरहेको छ । कार्यसमीती भित्रै हुने विवाद र त्यसमा सबल र योग्य मध्यस्तकर्ताको समेत आबस्यकता खड्केको देखिन्छ ।
यस्तो परिस्थितिमा भरत अर्याल जस्ता मध्यमार्गी र सहि अर्थमा समाजसेवीको एनआरएनमा प्रवेश सकारात्मक पक्ष हो । हामीले एकै चोटी एनआरएन अमेरिकाको कायापलट गर्न नसके पनि राजनीतिक र क्षुद्र व्यक्तिगत कुण्ठाको घेरा तोडेर निर्बाचनमा सहि उम्मेदवार चुन्ने हो भने पक्कै पनि एनआरएन कुनै दिन हाम्रो गर्ब गर्न लायक संस्था बनाउन सकिन्छ भन्नेमा कुनै दुबिधा छैन ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907