डाक्टर अर्जुन बन्जाडेद्वारा एजेन्डा सहित एनसिसि अमेरिकाको अध्यक्षमा उम्मेद्वारी घोषणा

डालस, टेक्सास । एनआरएन अमेरिकाको आगामी २०१९-२१ को लागि अध्यक्ष पदमा फोर्ट वर्थ टेक्सास निवासी डाक्टर प्रोफेसर अर्जुन बन्जाडेले उम्मेद्वारी घोषणा गर्नु भएको छ । बेड्फ़ोर्ड स्थित स्थानीय फिस्टेल रेस्टुरेन्टमा आयोजित बिशेष समारोहमा उक्त घोषणा गरिएको हो । स्थानिय संघसंस्थाका प्रतिनिधि, पत्रकार एबम जनसमुदायको उल्लेख्य उपस्थितिमा डाक्टर अर्जुन बन्जाडेले आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको हो ।


घोषणाको क्रममा डाक्टर अर्जुन बन्जाडेले आफ्नो पृष्ठभूमि, भावी योजना बारे खुलस्त पार्ने काम गर्नु भयो । एनआरएन मा अहिले देखिएका समस्या समाधान देखि नयाँ योजना र कार्ययोजनाहरु समेत उहाँले प्रस्तुत गर्नु भयो । सेवाकै लागि जाने भए पनि ढंग पुराएर काम गर्न नसक्दा एनआरएनले समस्या भोग्नु परेको उहाँको भनाइ थियो । एनआरएनको अभियानमा केहि गर्ने हो भने साधन र श्रोतको अभाव नभएको र उचित व्यक्ति उचित ठाउँमा हुने हो भने धेरै काम गर्न सकिने उहाँको तर्क थियो ।
घोषणा कार्यक्रम भनिए पनि यो नितान्त अनौपचारिक रुपमा संचालन गरिएको थियो । समाजसेवी दिनेश शर्माले उद्घोषण गरेको उक्त कार्यक्रममा उम्मेदवारको धारणा पश्चात पत्रकार एबम स्थानीय व्यक्तिहरुले आफुलाई लागेका जिज्ञासा राख्नु भएको थियो ।
बिगतमा धेरै उम्मेदवारहरु आउने जाने गरे पनि यसमा भने व्यक्तिका भन्दा एजेन्डाका कुरा धेरै गरिए । कसले कति सदस्य बनायो र कसले कति चन्दा दियो भन्दा पनि एनआरएनले गर्ने खास मुद्धाहरु के हुनसक्छन र त्यसलाई एक अध्यक्षले कसरी पुरा गर्न पहल गर्न सक्छ भन्नेमा केन्द्रित भएको यो पहिलो घोषणा सभा हो । अहिले उठेका सबै उम्मेदवारहरु सामाजिक रुपमा असल व्यक्तिहरु भए पनि एनआरएन अमेरिकालाई नेतृत्व दिन सक्ने नेतृत्वको खोजिमा रहेका अहिलेको एनआरएनका मतदाताहरुहरुको चासोलाई यसले केहि हदसम्म सम्बोधन गरेको छ ।
बिगतमा एनआरएन बुझेको, एनआरएनका एजेन्डाहरुलाई सहि ठाउँमा सहि तरिकाले प्रस्तुत गरेर नेतृत्व दिन सक्ने व्यक्ति नहुँदा एनआरएन अमेरिका कुहिराको काग बन्दै आएको अबस्थामा डाक्टर अर्जुन बन्जाडे जस्ता बौद्धिक, एनआरएन बुझेका र कुनै छलकपटमा नलाग्ने स्वच्छ छविका उम्मेदवार अगाडी आउनु एनआरएनको लागि सुभ संकेत हो । मतदाताहरु पनि मान्छेको अनुहार नहेरेर उसको योग्यता र क्षमता हेरेर मतदान गर्ने हो भने मौकामा गल्ति गर्ने र पछि पछुताउने हाम्रो पुरानो रोगबाट मुक्त हुन सकिन्छ ।
डाक्टर केशव पौडेल अध्यक्ष रहेको वर्तमान कार्यसमितिको समयाबधिको अन्त्यतिर आइपुग्दा नयाँ निर्बाचनको तयारी भैरहेको छ । सो क्रममा वर्तमान कार्यसमितिकै सुनिल शाह, बिनोद तिवारी र सुर्य लम्सालले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने संजय थापाले समेत आफु अध्यक्षको उम्मेदवार हुने जनाएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907