बर्नी स्याण्डर्सले गरे उम्मेद्वारी घोषणा
वाशिंगटन डिसी । भर्मोण्ट राज्यका सिनेटर बर्नी स्याण्डर्सले २०२० मा हुने रास्ट्रपतिय निर्बाचनमा डेमोक्र्याटिक पार्टीको तर्फबाट निर्बाचन लड्ने घोषणा गरेका छन् । अघिल्लो चुनावमा उनी हिलारी क्लिन्टनसंगको प्रतिष्पर्धामा पराजित बनेका थिए । उनको यो घोषणा संगै डेमोक्र्याट पार्टीको लामो प्रतिष्पर्धीहरुको सुचिमा अर्को नाम थपिएको छ । उनले निर्बाचनमा उठ्ने घोषणा संगै लाखौँ डलर चन्दा समेत संकलन भएको छ ।
बर्नी स्याण्डर्स अघिल्लो पटक पार्टीबाट चुनाव लड्दा अहिले डेमोक्र्याटिक पार्टीले अंगिकार गरेका मूल नाराहरु “अतिबादी” लाग्थे । निशुल्क स्वास्थ्य, १५ डलर प्रति घण्टा न्युनतम ज्याला र निशुल्क कलेज भन्ने उनका नारा अहिले डेमोक्र्याट पार्टीका अधिकांश कार्यकर्ताहरुको रोजाइमा छ । बर्नी स्याण्डर्सको नारा अहिले अन्य उम्मेदवारहरुले समेत अंगिकार गरिसकेका छन् ।
बर्नी स्याण्डर्सको यो घोषणा संगै डेमोक्र्याटिक पार्टीमा एक तरंग उत्पन्न भएको छ । रास्ट्रपति ट्रंपलाइ “जन्मजात ढटुवा” र जातिवादी भन्ने बर्नी स्याण्डर्सले डेमोक्र्याट भित्र रहेका मध्यमार्गीहरुको भोट कसरी लिन सक्छन त्यसमा नै उनको पार्टी भित्रको बिजय र अन्तिममा ट्रंपसंगको चुनावमा विजय निर्धारण गर्नेछ ।