बङ्गलादेशको कविता उत्सवमा नेपालबाट खनालको सहभागिता

काठमाडौँ, माघ २१ । बङ्गलादेशको ढाकामा फेब्रुअरी १ र २ तारीखमा आयोजित ३३औँ राष्ट्रिय कविता उत्सवमा सहभागी भई नेपाल स्रष्टा समाजका महासचिव पुष्पा खनाल नेपाल फर्कनुभएको छ । राष्ट्रिय कविता परिषद, बङ्गलादेशको निमन्त्रणामा खनाल बङ्गलादेश जानुभएको हो ।

सन् १९८७ मा मूलतः दुव्र्यवहार र अत्याचारका विरुद्धमा यो कविता उत्सवको शुरु भएको हो । यस वर्षको उत्सव सन् १९६९ को जनविद्रोहको ५० वर्ष पुगेको बेला यसका शहिदहरूको सम्मानमा समर्पित थियो । बङ्गलादेशका राष्ट्रकवि काजी नजरूल इस्लाम, कलाविद् जैनूल अवेदीन, पतुवा कमरूल हसन तथा भाषा आन्दोलनका अन्य शहिदप्रति श्रद्धाञ्जली अर्पणपछि कविता उत्सवको उद्घाटन गरिएको थियो ।

बङ्गलादेशका प्रख्यात् कवि असद चौधोरीले राष्ट्रिय कविता उत्सवको उद्घाटन गर्नुभएको हो । साहित्यको एउटा विधा कविताले बङ्गलादेशीहरूको स्वतन्त्रतामा ठूलो भूमिका खेलेको उल्लेख गर्दै बङ्गलादेशीहरूका लागि कविता अन्याय, अत्याचार र हिंसाका विरूद्धको पे्ररणा रहेको उहाँले बताउनुभयो ।

देशकै ठूलो कविता उत्सवमा आफूलाई निमन्त्रणा गरेकोमा आयोजकलाई धन्यवाद दिँदै महासचिव खनालले यस्तो कार्यक्रमले दुई देशको साहित्यिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो । “यस्ता उत्सवहरूको आयोजनाले साहित्यका मुर्धन्य हस्तिहरूबाट पालनपोषण हुँदै आएको बङ्गाली साहित्यको धरातललाई फैलन मद्दत गर्दछ” उहाँले भन्नुभयोः “मजस्तो साहित्यको विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रममा भाग लिन पाउनु अहोभाग्य हो । यसले मेरो देशको प्रतिनिधित्व त भयो नै; मेरो आफ्नो साहित्यिक उचाईलाई पनि बढाइदिएको छ ।” यस्ता कार्यक्रमहरूको माध्यमबाट नेपाली साहित्यलाई विश्वबजारमा पुर्याउन सहयोग पुग्ने पनि उहाँले बताउनुभयो । खनालले अङ्ग्रेजी भाषामा अनुवाद गरिएका दुई वटा कविताहरू पनि वाचन गर्नुभएको थियो ।

बङ्गालीहरूको जीत भनेको कविताको जीत हो भन्ने मूलः विषय रहेको उत्सवमा देशभरका चार सयभन्दा बढी कविहरूले कविता पाठ गरेको थिए । बङ्गाली कविका अतिरिक्त कविता उत्सवमा नेपाल, भारत, टर्की, कङ्गो, स्पेन, इराक, श्रीलङ्का, युके, स्विडेन, मालद्वीप, मलेसिया र उरुग्वे गरी १२ देशका १९ जना कविहरूको सहभागिता रहेको थियो ।

जातीय कविता परिषद्का अध्यक्ष, ढाका विश्वविद्यालयका भाइस् चान्सलर मोहम्मद समादले फेब्रुअरी १ लाई कविता दिवसका रूपमा घोषणा गर्न अनुरोध गर्नुभयो । परिषदमा महासचिव तारिक सुजातले बङ्गाली कविहरू सँधै प्रगतिको पक्षमा रहेको बताउँदै प्रत्येक आन्दोलनको पछि कविताको ठूलो हात रहेको बताउनुभयो ।
कवितामार्फत् पुर्याउनु भएको योगदानको कदर गर्दै कवि हबिवुल्लाह सिराजीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कविता उत्सवमा कविता पाठ, कवि र कविता विषयमा कविता सेमिनार, छलफल तथा कविताका पुस्तकहरूको प्रदर्शनी भएको थियो ।

उहाँले शिक्षामन्त्री डा. दिपू मोनी, संसद सदस्य मुक्तादिर चौधोरी, ढाका उच्च अदालतका न्यायाधिश मुजिबुर रहमानलगायतका उच्च व्यक्तिहरू, विश्व विद्यालयका प्राचार्यहरू तथा बङ्गलादेशका प्रख्यात कवि, साहित्यकारहरूसँग भेट्न गर्नुभएको थियो । सो क्रममा नेपाली साहित्य, नेपाल र बङ्गलादेशको साहित्यिक सम्बन्ध र यसको विश्वव्यापीकरणका विषयमा छलफल भएको थियो ।

यस्तै खनालले फेब्रुअरी १ तारीखदेखि शुरू भएको किताव मेलाको पनि अवलोकन गर्नुभएको थियो । यो मेला एक महिनासम्म चल्नेछ । मेलामा सातसयभन्दा बढी प्रकाशनगृह तथा संस्थाहरूका ९४९ बढी स्टलहरू रहेका छन् । जसमा अधिकतम् बङ्गाली भाषाका किताबहरू पाइन्छन् भने केही स्टलहरूमा अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरूपनि रहेका छन् । पहिलो ४ दिनमा मात्र ३८५ किताबहरू प्रकाशन गरिएका छन् । यस पुस्तक मेलामा गत वर्ष ८६ करोडको कारोबार भएको थियो भने यस वर्ष अर्ब नाघ्ने बङ्गला अकाडेमीले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907