विकासकर्मीहरूका लागि भिडियो डकुमेन्ट्री निर्माणसम्बन्धी अभिमुखीकरण

काठमाडौं, माघ ।
नेपाली विकास अनुभवका कथाहरू विश्वभरका विकासकर्मी तथा सरोकारवालामाझ कसरी पु¥याउने ? यो अहिलेको सरोकार र चासोको विषय हो । यही चासो, सरोकार र आवश्यकता पूरा गर्नेतर्फको सानो पहलस्वरूप नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले आइतवार काठमाडौंमा एक दिने भिडियो डकुमेन्ट्री तयारीसम्बन्धी एक अभिमुखीकरण कार्यक्रम चलायो । कार्यक्रममा नेपान सदस्यहरूलगायत विभिन्न संस्थामा आबद्ध रहेका करिब दुई दर्जन व्यक्तिहरू सहभागी भए ।

नेपानको १३० औँ मासिक सेयरिङ छलफल कार्यक्रमअन्तर्गत सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी तथा भिडियो निर्माण विशेषज्ञ रमेशकुमार खड्काले विकास कथा तयारी र मोबाइल क्यामरा ह्यान्डलिङका बारेमा प्राविधिक ज्ञान प्रदान गर्नुभएको थियो । सामान्य मोबाइल क्यामराबाट पनि भिडियो कथा तयार पार्न सकिन्छ भन्ने कुरा पनि विभिन्न उदाहरणहरू प्रस्तुत गर्दै उहाँले सहभागीका जिज्ञासा समाधान गरिदिनुभएको थियो । ‘अहिलेको समयमा युट्युबमा विश्वका अधिकांश व्यक्तिहरू आबद्ध भइसकेकोले नेपानजस्ता संस्था वा विकासका सवालमा चासो राख्ने कुनै पनि व्यक्तिले समेत विकास अनुभव र सफलता÷असफलताका कथा राखेर विश्वको ध्यान तान्न सक्ने, अनुभव बाँड्न सक्ने र दर्शक बढी भएमा नियमित आर्थिक कमाइसमेत गर्न सक्ने अवसर छ’, उहाँको भनाइ थियो ।

अभिमुखीकरणका क्रममा नै सहभागीहरुले तत्काल केही भिडियो निर्माण गरी प्रस्तुत गरेका थिए । तयारी भिडियोमा पृष्ठपोषणसमेत प्रदान गरिएको थियो । ‘कार्यक्रमबाट आफू निकै लाभान्वित भएको महसुस भयो,’ सहभागीहरूमध्येका गोविन्द पौडेल (तनहूँ) ले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो । ‘हामीले भिडियो खिच्दा सानातिना कुरामा पनि ख्याल गर्दा रहेनछौं, आज धेरै कुरा थाहा भयो’ कैलालीकी रेखा पाण्डेले बताउनुभयो । ‘आफूसँग थुप्रै कथा छन्, अब ती कथालाई छोटाछोटा भिडियोमा परिणत गरी अरुसँग सेयर गर्नुपर्ने महसुस आजको कार्यक्रमबाट भयो’, अर्का सहभागी विष्णु न्यौपाने (गुल्मी) ले बताउनुभयो ।

छलफल कार्यक्रमको उद्धेश्य प्रकाश पार्दै सम्पूर्ण सहभागीलार्ई स्वागत गर्ने काम नेपानका अध्यक्ष चेतनाथ कणेलले गर्नुभएको थियो भने सहजीकरण नेपान कार्यसमिति सदस्य तथा सञ्चारविद् श्रीराम केसीले गर्नुभएको थियो । नेपानका निमित्त कार्यकारी निर्देशक आशिष पाठकले कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नेपानसँग आबद्ध सञ्चारविद्हरूको समन्वयात्मक कार्यबाट केही समयभित्रै नेपानको आधिकारिक युट्युब च्यानल खोली उक्त साइटमा नेपालको सहभागीमूलक विकास पद्धति र प्रक्रियाबारेका विभिन्न भिडियो सामग्रीहरू राखिने प्रतिबद्धतासमेत उक्त कार्यक्रममा जनाइएको थियो । विकास नेटवर्किङमा विगत २५ वर्षदेखि क्रियाशील नेपानले विकासकर्मीहरूलाई लक्ष्यित गरी हरेक महिना यसखालका उपयोगी विषयमा निःशुल्क छलफल कार्यक्रमहरू चलाउँदै आएको छ । हाल यस संस्थासँग देशभर फैलिएका करिब ३०० जना विकासकर्मी सदस्य रहेका छन् । सदस्यहरूकै सहयोगबाट नेपानले कोटेश्वरमा एउटा आफ्नै कार्यालय घर पनि बनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907