जनवरी २६ मा डालसमा गजल उत्सव-२ हुने
डालस, टेक्सास । गजल यात्रा टेक्सास र अन्तररास्ट्रिय नेपाली साहित्य समाज डालसको संयुक्त आयोजनामा जनवरी २६ सनिबार बृहद गजल उत्सव-२ सम्पन्न हुने भएको छ । डालस नजिकै रहेको अर्भिंग सिटि स्थित नेपाली मन्दिरमा हुन लागेको उक्त गजल उत्सवमा अमेरिकाभरिका चर्चित गजलकार, साहित्यकार एबम नेपाली साहित्य सेवकहरुको उपस्थिति रहने छ । दिउसो २ बजे देखि ६ बजे सम्म अविच्छिन्न संचालन हुने उक्त गजल उत्सवमा गजल गायन समेत हुने जनाइएको छ ।
टेक्सासको डालस क्षेत्र नेपाली साहित्य अनुरागीहरुको केन्द्रको रुपमा अमेरिका र बिस्वभर परिचित भैरहंदा हुन लागेको यो कार्यक्रमले यो क्षेत्रलाइ अरु बढी परिचित बनाउने देखिन्छ । साहित्यमा पर्याय ५० काटेका प्रौढहरुको मात्र उपस्थिति देखिने गरे पनि टेक्सासमा हुने हरेक साहित्यिक कार्यक्रमहरुको संचालन देखि सहभागीता समेत युवाहरुले भरिपूर्ण हुन्छ । अत्यन्त मिठा र मन छुने साहित्यिक सिर्जना गर्ने युबाहरुको कारण नै साहित्यिक कार्यक्रमहरुमा आम सर्बसाधारणको समेत उल्लेखनिय उपस्थिति रहने गर्छ ।
गजल उत्सव-२ मा गजल बाचन गर्नेहरुको लामो सुची छ । त्यस मध्ये पदम बिस्वकर्मा, खेमराज गैराघरे, बासु अधिकारी, नेत्र आचार्य, सरु काली, राधाकृष्ण काफ्ले, बिटु केसी लगायत दर्जनौं श्रस्टाहरुले आफ्ना रचना बचन गर्नेछन । गजल गायन सबिन दंगाल, बिलोल पोख्रेल, केशव पौडेल र भिम चापागाईंले गर्नेछन भने कार्यक्रम संचालन सुमन कार्कीले गर्नेछन् ।
दिनभर संचालन हुने उक्त गजल उत्सबमा उपस्थितहरुलाई उक्त अबधिमा खानपिनको समेत व्यवस्था गरिएको आयोजकहरुले जनाएका छन् ।