तेश्रो लिंगीले अमेरिकी सेनामा काम गर्न नपाउने

अमेरिकाको सर्बोच्च अदालतले तेश्रो लिंगीहरु माथि ट्रंप प्रशासनले लगाएको सेनामा सेवा प्रतिबन्धलाइ कायम गरिदिएको छ । सर्बोच्च अदालतका ९ जना न्यायाधिश मध्ये ५ जनाले तेश्रो लिंगी माथि प्रतिबन्ध लगाउने ट्रंप प्रशासनको पक्षमा र ४ जनाले बिपक्षमा मतदान गरेका थिए । यो नियम संगै तेश्रो लिंगी भनेर परिचय बनाएका हज्जारौं अमेरिकी सेनाहरु सेवा गर्न बाट बन्चित हुने भएका छन् ।
कुनै जमानाको कुरा थियो, सेनामा भर्ती हुन पुरुष नै हुनु पर्थ्यो । बिस्तारै त्यो परिवर्तन भएर महिला पनि सेनामा भर्ती हुन थाले । अमेरिका जस्तो बिकसित भनिने ठाउँमा पनि ओबामाको पालामा आए पछि बल्ल खुलेर तेश्रो लिंगीहरुले सेनामा सेवा गर्न पाउने भए । सेनामा हुन पक्कै शारीरिक रुपमा बलियो हुनुपर्छ तर कसैको लिङ्ग सेवा गर्नको लागि आधार बन्नु जायज मान्न सकिन्न ।
२०१६ मा ट्रंप रास्ट्रपति बने पछि भने तेश्रो लिंगीहरु माथि निरन्तर प्रहार भैरह्यो । निकै कमले बाहेक कसैले पनि चाहेर आफ्नो लिङ्ग परिबर्तन हुँदैन भन्ने तथ्य भुलेर ट्रंपले तेश्रो लिंगी बिरोधी नीति नियम ल्याए । सेनामा तेश्रो लिंगी भर्ती हुन नपाउने उनले उर्दी जारी गरे । उनीहरुको लिङ्गको कारण सेनालाई आर्थिक र अन्य भार परेको कुतर्क गर्दै उनले यस्तो विभेदकारी नियम लागु गर्न खोजे ।


ट्रंपले जारी गरेको उर्दी लाइ तल्लो तहका अदालतले संबिधान संग मेल नखाएको भन्दै खारेज गरिदिएका थिए । तर आफैले नियुक्त गरेका दुइ जना न्यायाधिशहरुको भरमा ट्रंप प्रशासनको विभेदकारी नियमले बैद्यता पाएको छ । २१औं शताब्दिमा आइपुग्दा पनि अमेरिका जस्तो कथित आधुनिक भनिने देशको सर्बोच्च अदालतले लिङ्गको आधारमा सरकारी सेवाबाट बन्चित गर्ने नियमलाई सदर गर्नु आश्चर्यलाग्दो र लाजमर्दो बिषय हो ।
संसारका कतिपय देशहरुमा अहिले पनि यस्तो नियम रहे पनि आधुनिक र बिकसित देशहरुमा यो नियम रहेको पाइन्न । युरोपियन देशहरुमा यसलाई धेरै पहिले देखि सम्बोधन गरिसकिएको छ । पुरातनपन्थीहरु भने तेश्रो लिंगीहरुलाइ बायोलोजिकल कारणले त्यस्तो भएको नभई मानसिक रोगी भएकोले यस्तो भएको तर्क गर्ने गर्छन । शारीरिक र मानसिक रुपमा अशक्त व्यक्तिहरुलाई सेनामा भर्ती नगर्ने कुरा जायज मान्न सकिए पनि लिङ्ग कै कारण उक्त कामको लागि अयोग्य ठहरिनु र ठहर्याइनु न्यायोचित हुन सक्दैन ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907