१५औं योजनाले जनताको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने

काठमाडौं, माघ ९ गते । राष्ट्रिय योजना आयोगको अगुवाइमा बन्न लागिरहेको संघीय सरकारको १५ औं पञ्चवर्षीय योजनामा स्थानीय जनताको सक्रिय सहभागिता सुनिश्चित हुनुपर्ने कुरामा विज्ञहरूले जोड दिएका छन् । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) का अध्यक्ष चेतनाथ कणेलको नेतृत्वमा आज योजना आयोगमा गएको ११ सदस्यीय प्रतिनिधिमण्डलले योजना आयोगका सदस्य माननीय मीनबहादुर शाही तथा आयोगका अन्य अधिकारीहरूसँगको संयुक्त अन्तक्र्रिया बैठकमा नेपानका तर्फबाट १० बुँदे सुझाव–पत्र प्रस्तुत गर्दै उक्त कुरामा जोड दिएका हुन् ।

नेपालको बदलिँदो राजनीतिक परिवेश, नयाँ संविधानको भावना तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विकास प्रक्रियाका प्रवृत्तिसमेतलाई दृष्टिगत गर्दै अब बन्ने योजनाले सहभागीमूलक तथा समावेशी विकास पद्धतिको मूल मर्मलाई व्यावहारिक रुपमा आत्मसात गर्दै दुर्गम भेगमा बसोबास गर्ने नागरिक, बालबालिका, युवा, महिला, ज्येष्ठ नागरिक, अपाङ्ग तथा अन्य लाभबाट बन्चित समूहलाई विकासको मूलप्रवाहीकरणमा ल्याउनका लागि विशेष जोड दिनुपर्ने सुझाव नेपानको प्रतिनिधिमण्डलले दिएको छ । साथै भूकम्पपश्चात्को पुनःनिर्माण र विपन्नको आवास कार्यक्रममा शीघ्रता दिनुपर्ने, युवा स्वयम्सेवा (राष्ट्रिय विकास सेवा) कार्यक्रमलाई पुनः निरन्तरता दिनुपर्ने, योजना निर्माणको ७ चरणको प्रक्रियालाई तल्लोस्तरबाट नै सरोकारवालाहरुको सक्रिय एवम् गुणस्तरीय सहभागिताका आधारमा बढी व्यावहारिक तथा वस्तुगत बनाउनुपर्ने कुरामा पनि आयोगका अधिकारीहरूको ध्यानाकर्षण गरिएको कुरा अध्यक्ष कणेलले बताउनुभयो ।

प्रतिनिधिमण्डलमा आफ्ना विचार राख्नेहरूमा अश्विन पुडासैनी, डा. मीनाक्षी दाहाल, कृष्ण सुवेदी, डा. रोजी जोशी, झविन्द्र भण्डारी, गोरखबहादुर बोगटी, दलबहादुर जीसीलगायतका हुनुहुन्थ्यो । आयोगका तर्फबाट सदस्य मा. मीनबहादुर शाही तथा निर्देशक प्रकाश खरेलले नेपानका सुझावहरूलाई आउँदो योजनामा सक्दो समावेश गरिने र योजना निर्माणका विभिन्न चरणमा राष्ट्रियस्तरको एक सरोकारवालाको हैसियतले नेपानको प्रतिनिधित्वसमेत गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपानले विगत २५ वर्षदेखि नेपालको विकास प्रक्रियामा स्वयम्सेवी हिसाबले सहभागिता प्रवद्र्धनका लागि अनुसन्धान, तालिम, प्रकाशन, स्रोतकेन्द्र व्यवस्थापन, सञ्जालीकरण तथा पैरवीमूलक कार्यक्रमहरू गर्दै आएको छ र यस नेटवर्क संस्थामा हाल करिब ३०० जना सदस्य रहेका छन् । नेपानलाई विकास प्रक्रियाका सवालमा एक ‘थिंकट्यांक’को रुपमा चिन्ने गरिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907