एनआरएनका नेताहरु “बाहिर बाहिर कुद्ने होइन, आफ्नै घर छेउमा सदस्य बनाउनुस”

गैर आबासिय नेपालीहरुको संगठन एनआरएन अमेरिकाको सदस्य बन्ने म्याद सिद्दिन केहि हप्ता बाँकी छँदा करिब १५ सय मात्र सदस्य पुगेको छ । अघिल्लो पटकको चुनावी याममा १५ हजार थिए । यहि गतिमा सदस्यता निर्माण अधि बढ्ने हो भने २ हजार देखि २५ सय सम्म एनआरएन अमेरिकाका सदस्य बन्ने अनुमान लगाउन सकिन्छ । यसले एनआरएन अमेरिका र यसका कथित अभियन्ताहरुको करिव १२ बर्षको खेति कस्तो भएछ भन्ने अनुमान लगाउन गाह्रो छैन ।
धेरै अघि जानु पर्दैन, अघिल्लो चुनावका कुरा गरौँ । त्यसमा करिव १५ हजार सदस्य थिए । त्यसमा अधिकांश मतहरु फर्जी थिए । उक्त निर्बाचनमा सहि सदस्यहरुको नाम हटाएर फर्जी मतदाताहरुको नाम राखियो । हाम्रै वरिपरिका सदस्य बनेका दर्जनौं र म लगायत मेरो परिवारका सबै सदस्यहरुको नाम काटिएको थियो । मैले एक जना जिम्मेवार एनआरएनका व्यक्तिसंग फर्जी मतदाताहरुको कति बिगबिगी छ भनेर सोध्दा उनले करिव ६०% फर्जी रहेको उल्लेख गरे । यसरी चुनाव जितेकाहरु अपबाद छोडेर अहिले कस्तो काम गर्दैछन देखि राखिएकै छ ।

अघिल्लो चुनावमा एक किसिमले पैसा, पहुँच र शक्तिको संघर्ष थियो । यो चुनावमा भने त्यो देखिएको छैन । सदस्यता अभियान फेसबुकबाट जारी छ । चुनावमा कुनै पदमा उठ्ने मनसाय बनाएका बाहेक अरु कसैले पनि सदस्यता निर्माणको लागि सक्रियता देखाएको पाइन्न । टेक्सास राज्यमा नै आधा दर्जन अध्यक्षका उम्मेदवारहरुको चर्चा भैरहंदा उनीहरु आफ्नो घरबाट बाहिर निस्केर सदस्यता अभियान चलाएका छैनन् ।
अचम्मको कुरा त के छ भने अध्यक्ष र अन्य पदमा उम्मेदवार हुने भनेर कुरा चलाएका उम्मेदवारहरुले आफु बस्ने राज्यमा खासै केहि गर्न आबस्यक ठानेको पाइन्न । आफ्नो राज्य मात्र होइन आफु बसेको समुदायको एक माइलको दुरीमा समेत उनीहरु सक्रिय छैनन् । सक्रिय हुने हो भने डालस फोर्ट वर्थको कुनै पनि ठाउँको एक माइलको दुरी कभर गर्ने हो भने ५ सय हजार सदस्य बनाउन दुनियाँ धाउन पर्दैन । त्यसो गर्ने हो भने क्यालिफोर्नियाका मान्छे टेक्सास, न्यु योर्क र वाशिंगटन डिसी पुगेर गफ दिने र टेक्सासका मान्छे अन्य राज्यहरुमा गएर गफ दिन पर्ने थिएन ।
चर्चामा रहेका उम्मेदवार, कथित अभियन्ता र एनआरएनका ठेकेदारहरुले आफु बसेको ठाउँको एक माइल कभर गरेर सदस्यता अभियान चलाउने हो भने १५/२० हजार सदस्य एक हप्तामा बन्छन । आफ्नै छेउमा बस्ने नेपालीलाई यसबारे पत्तो पनि छैन । अनि उनीहरुलाई बुझाएर सदस्य बनाउन सक्ने क्षमता पनि छैन तर पैसा खर्च गरी गरी कहिले टेक्सास, कहिले शिकागो, कहिले न्यु योर्क, कहिले क्यालिफोर्निया त कहिले डिसी पुगेर गफ दिनु आडम्बर मात्र हो । ग्रासरुटमा रहेका नेपालीहरुलाई सदस्य निर्माण गर्ने अभियान संचालन नै भएको छैन । अघिल्लो चुनावमा सक्रिय रहेका धेरै व्यक्तिहरु समेत यो सदस्यता निर्माणको अभियानमा सक्रिय देखिदैनन ।
अर्को पक्ष के भने यतिबेला सदस्यता निर्माण कठिन समेत बनाइएको छ । अघिल्ला चुनावी अभियानका क्रममा फर्जी मतदाता बनाउन सक्रिय तिनीहरुले फर्जी सदस्य बन्नबाट रोक्ने नाममा सक्कली सदस्य बन्न ठुलो पर्खाल खडा गरिदिएका छन् । सहि व्यक्तिलाई सदस्य बन्न सजिलो र गलत व्यक्तिलाई अप्ठेरो बनाउनु पर्नेमा सहि मान्छेहरुलाई समेत असजिलो, झन्झटिलो बनाइएको छ । व्यक्तिका महत्वपूर्ण सुचनाहरु चोरी हुने अहिलेको समयमा यस्ता गैर जिम्मेवार एनआरएनका नेताहरुका नाममा आफ्ना महत्वपूर्ण सुचनाहरु बुझाउन धेरैलाई गाह्रो छ । भोली हाम्रा कुराहरु चोरी गरियो भने भन्ने र उजुरी गर्ने गतिलो र भरपर्दो ठाउँ छैन । यसले सदस्यता निर्माणमा जटिलता थपेको छ ।

विचार: लेखनाथ गौतम

मलाई लाग्छ, सदस्यता निर्माण सजिलो बनाउनु पर्छ र सुलभ बनाउनु पर्छ । एनआरएनको सदस्य बनेर कसरी समुदायको सेवा गर्न सकिन्छ र प्रबाशी नेपालीहरुको बृहत संगठनको सदस्य बनेर कसरी नेपालको सेवा गर्न सकिन्छ भन्ने बुझाउन सक्नु पर्छ । एनआरएनको अध्यक्ष वा पदाधिकारी बनेर कार्यक्रमहरुमा गफ दिने र नेपालमा गएर फुइं लगाउन पाइन्छ भनेर सोंचेको हुनाले नै अहिले यस्तो हालत भएको हो । वास्तविक नेपालीहरुलाई ग्रासरुटसम्म पुगेर सदस्यता अभियान चलाउने हो भने एकलाख सदस्य बन्न आइतबार कुर्न पर्दैन । नत्र कनिकुथी बनेका एकदुई हजार सदस्यहरु बीच राजनीति गर्दै कहिले कहाँ त कहिले कहाँ पुगेर गफ दिएर अस्थायी न्यानोमा रमाउनुको बिकल्प छैन ।

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907