हामी पनि तिमिसंगै छौं डाक्टर गोविन्द केसी
डाक्टर गोविन्द केसी यतिबेला फेरी आमरण अनसनमा छन् । यो उनको १६औं अनसन हो । उनको अनसन धेरै मेडिकल माफियाको टाउको दुखाइ बन्दै आएको छ । तर स्वास्थ्य जस्तो आधारभूत सेवाको जिम्मेवारिबिहिन व्यापारीकरणको बिपक्षमा रहेका नेपालीहरु भने उनको यो अभियानको पक्षमा छन् । बिशेष गरी आम नेपाली जनता उनको यो अभियानको सफलताको कामना गर्छन ।
डाक्टर केसीको जन्म सन् १९५७ मा रामेछाप जिल्लामा भएको हो । बुढानिलकण्ठबाट हाइ स्कुल सके पछि उनले हेल्थ असिस्टेन्ट को पढाइ शुरु गरेका थिए । हेल्थ असिस्टेन्टको परिक्षामा अत्यन्त राम्रो गरे पछि सरकारी कोटामा उनी एमबिबिएस पढ्न बंगलादेश गए । एमबीबीएस गरे पछि फेरी नेपाल फर्के र बिर अस्पतालमा काम गर्न थाले । फेरी अर्थोपेडिक्स सर्जनको तालिमको लागि उनि बंगलादेश गए । त्यसपछि उनी फर्केर नेपालमा सेवा गर्न थाले ।
डाक्टर गोविन्द केसी जीवनमा कहिल्यै पनि व्यक्तिगत क्लिनिक खोलेर अब्यास गरेनन । हड्डी र मसल सम्बन्धि बिरामीहरुलाइ सरकारी अस्पतालहरुमा नै सुबिधा दिन उनी तल्लिन रहे । उनी सेवामा यति तल्लिन भए कि बिबाह समेत गर्ने सोंच उनमा पलाएन । आफुले पाएको तलबले औषधि किनेर उनी कहिले पहाडका बिकट बस्तिहरुमा त कहिले तराइमा पुगे । एकातिर उनले आफ्नो गास काटेर बिरामीको उपचार गर्न गाउँगाउँ पुग्दै थिए भने यता शहरतिर भने गाउँबाट शहर पसेका केहि नब धनाढ्यहरु उनले काम गर्ने अस्पतालहरु भित्र पसेर व्यापार शुरु गरिसकेका थिए ।
नेपालमा प्रजातन्त्र आए पछि अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि व्यापारीकरण शुरु गरियो । स्वास्थ्य जस्तो संबेदनशील र जनताको आधारभूत अधिकारको कुरालाई पनि मेडिकल माफियाले आफ्नो अधिनस्थ बनाए । बिस्तारै त्यो राजनीतिक नेतृत्वसम्म पुग्यो । सत्तासिन दलका ठुला नेताहरु मेडिकल कलेज खोल्ने नाममा स्वास्थ्य क्षेत्रको व्यापारीकरणलाइ संस्थागत गर्न पुगे । बिस्तारै स्थिति यस्तो आयो, मेडिकल माफियाहरुले सरकार नै ढाल्न सक्ने क्षमता राख्न थाले ।
यसै बीच २०१२ देखि स्वास्थ्य क्षेत्रको घटिया व्यापारीकरण बिरुद्ध डाक्टर गोविन्द केसीले हस्तक्षेप शुरु गरे । उनको अनसनमा अपार जनसमर्थन थियो । उनले जथाभावी मेडिकल कलेज खोल्ने स्वीकृति दिन नहुने, स्वीकृति दिएका कलेजले मापदण्ड नपुर्याएमा खारेज गर्नु पर्ने, मेडिकल कलेजको स्थापना सुबिधासम्पन्न ठाउँमा मात्र नभई स्थानिय तहमा गर्नु पर्ने, स्वास्थ्य क्षेत्रका प्रसासनिक पदहरु राजनैतिक भागबन्डाको आधारमा नभई क्षमता र योगदानको आधारमा गरिनु पर्ने जस्ता माग राखेर आमरण अनसन गरेका थिए । यी मागहरुमा केहि मेडिकल माफिया र मफियाद्वारा पालिएका व्यक्तिहरु बाहेक अन्य सबै नेपाली जनसमुदायको अपार समर्थन रहँदै आयो ।
नेपालको वर्तमान संविधानले स्वास्थ्यलाइ जनताको आधारभूत अधिकारको रुपमा ब्याख्या गरेको अबस्थामा डाक्टर गोविन्द केसीले यस्ता माग राखेर अनसनमा बस्नु पर्ने कारण थिएन । केहि व्यक्ति र माफियाको हातमा गएको स्वास्थ्य क्षेत्रलाइ पुन जनताको पहुँच भित्र ल्याउन अहिलेको सरकारले चाहे पक्कै सक्ने थियो । तर पटक पटक गरिएका सम्झौता बिपरित नीति नियम पारित गरिए पछि डाक्टर केसी १६औ पटक अनसन बस्न बाध्य भए । उनको अनसन कुनै सरकारको बिरुद्ध होइन, माफियाको बिरुद्ध हो । सरकार माफियाको नियन्त्रणमा छैन भने पक्कै गोविन्द केसीको विजय हुनेछ ।
पक्कै पनि लामो समय बिग्रेको स्वास्थ्य क्षेत्र केहि समयमै छुमन्तर गरेर ठिक हुन सक्दैन । यसको लागि धैर्यता जरुरी छ । तर यात्रा सुधारतर्फ हुनुपर्छ । झन् बर्बादी तर्फ यात्रा गरियो भने कहिल्यै लक्षमा पुग्न सकिन्न । वर्तमान सरकार गलत दिशा तर्फ लाग्नबाट बचाउन डाक्टर केसीको दवाव अत्याबस्यक छ । जनताको खबरदारी झन् महत्वपूर्ण छ । उनको मानमर्दन गर्न कुनै पराजित पार्टीको बिल्ला लगाएर एकछिन तुस्टि लिन त सकिएला तर जनताको जीवनसंग प्रत्यक्ष गासिएको स्वास्थ्य क्षेत्रको बिकृतिले सिमा नाघ्दा अर्को चुनावमा जनताको सामना गर्नु पर्छ भन्ने हेक्का पनि राख्नु उचित देखिन्छ ।
बिदेशमा बसेर गोविन्द केसीको खेदो खन्नेहरुलाई त जनताको सामना गर्नु नपर्ने भएकोले जति बिषबमन गर्दा पनि फरक नपर्ला । आए आँप, गए झटारो । गोविन्द केसीलाई गालि गरेकै भरमा के थाहा कुनै दिन राजदुतको पद पो पड्काउन पाइन्छ कि । नत्र बिदेसमा गुलामी गर्न त मज्जाले पाइएकै छ ।