जरो किलो महाअभियान र यस्को अपरिहार्यता!
January 13, 2019 | 11:03 pm    
भर्खर मात्रै पुस २७ गते पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिबस केहि नेपालीहरुले देश भित्र अनि बाहिर पनि धुमधाम सँग मनाए । त्यसै गरी जनवरी १ लाई टोपी दिबस को रुपमा पनि मनाए । टोपी नेपालीको पहिचान थियो भने पुस २७ गते एकता दिबस तथा पृथ्वी जयन्ती! त्यसैले अहिले नेपालीले आफ्नो जरो पक्डिएर पृथिबी जयन्ती तथा एकता दिबस मनाएका हुन् तर नेपालमा सरकारी तहमा यस सम्बन्दि कुनै कार्यक्रम किन भएन? पृथबी नारायण शाहले एकीकरण गरेर नेपाल नबनाएको भए के आज हामी नेपाली हुन पाऊथियौ र? किन आजपृथ्वी नारायण शाहलाई सम्झन कन्जुसाई गरेका छौ हामीले? के उनी राजा हुन् भनेर? राम्रो काम को लागि चाहे राजा हुन् या रैती वा जोगी आखिर उनी नेपाली नै हुन् राजाकै कारण हो भने भगवान गौतम बुद्ध पनि त कुनै जमानाका हाम्रै लुम्बिनिका राजा थिए। के उनलाई पनि हामी नसम्झने? हाम्रो यस्तै पनले गर्दा शान्तिका प्रतिक भगवान बुद्ध लाई पनि नेपालका होइनन भन्न थाली सके अरुले! पहिले युगौ युग देखी मनाई आएको एकता दिबस र त्यो दिन बिदा दिने चलन अहिले आएर किन एका एक रोकियो? किन अहिले हामीले आफ्नो धर्म जति भाषा र संस्कृती लाई छोड्दै अरुको धर्म भाषा र संस्कृति लाई अपनाउदै आएका छौ? तर अरुले हाम्म्रा तिनै संस्कृत र बेद गीता आदिको ग्रन्थबाट बिज्ञान का ठुल्ठुला आविस्कार गरेका कुराहरु अभिमुल्यन गरी फेरी हामी तेसै लाई अपनाई रहका छौ। हामीले आफ्नो जरो पक्डेर त्येसको उत्पति र स्थान अथार्त किलो र थलो किन नखोज्ने? यिनै बिषयको अनुसन्धान गर्नु र त्यसलाई अपनाउनु नै हो जरो किलो महाअभियान।
हामी सँग के कमी छ ? खोज्नु मात्र जान्नु पर्छ र यसलाई युग अनुसारको बैज्ञानिक र बिकसित गर्दै लैजानु पर्छ। हामी सँग संसारकै पुरानो बैदिक सनातन धर्म संस्कृति छ, संसारकै सर्ब श्रेष्ठ ग्रन्थ बेद गीता छ संसारकै जेष्ठ भाषा संस्कृत लगायत अरु सहायक भाषा छन् । थुप्रै जनजाति र पेशा कर्मी छन भरिपूर्ण प्राकृतिक सम्पदा छ हामी सँग धेरै कुरा छ । तेसैले अब हामीले आफ्नो राज्य ब्यबस्था पनि देश सुहाउदो मौलिक रैथाने राज्य ब्यबस्था बनाउनु पर्छ। अब नेपालीले आफ्नो पहिचान खोज्ने बेला आएको छ हाम्रो देशभित्र युगौं युग देखी भएको हाम्रो धर्म, भाषा, जाति, संस्कृती र आफ्नै पनलाई बिकसित र बैज्ञानिक गर्दै अघाडी बढ्यौ भने मात्र हाम्रो संसारमा उच्चा सम्मान र हामी बिकसित हुने छौ र हाम्रो पहिचान रहने छ अन्यथा हामी हाम्रो नेपाल र पछि नेपाली दुवै गुमाउने छौ!
पृथ्वी नारायण शाहले नै भनेका थिए नेपाल एउटा चार जात ३६ बर्ण को सिंगो फुलबारी हो! त्यसैले नेपाल कुनै एक जात जाति वा जनजातिको कुनै एक वर्ग बिशेषहरुको मात्र देश नभएर बिबिधताहरुको समिष्ट रुप हो तापनि ति सबैको संयोजन भैसकेर एउटा राज्य रास्ट्र (state nation) को रुपमा विकसित भैसकेको हुँदा सम्पूर्ण जाति समुदाय, सारा भाषिक समुदाय, सबै धार्मिक समुदायको सहभागिता बाट निर्मित सिंगो नेपाल हो र यस प्रति इमन्दार रहनु नै रास्ट्रियता हो! नेपालमा रहेका प्रतेक जातीय समुदाय प्रति राज्यको दायित्व समान छ र प्रतेक जातीय समुदायको रास्ट्र प्रतिको दायित्व पनि समान छ ! नेपाल सृष्टिकाल देखिनै सामाजिक सांस्कृतिक विविधता भयको हिमवत खण्डको देश हो। हाम्रै पुर्खाहरूले यो देशको माटो र समाजमा सुरू गरेका र आफ्नै सांस्कृतिक मौलिकता र सभ्यता भयका मौलिक रैथाने धार्मिक सांस्कृतिक समुदायहरू हाम्रा जीवन्त परिचय हुन्। बैद्धिक सनातन हिन्दु, बौद्ध, मुन्धुम (किराँत), जैन, र बोन्पो साथै अन्य प्राकृति पुजक समुदायको उद्गम स्थल अर्थात जन्मभूमि नेपाल भएकोमा हामी गर्व गर्दछौं। यी धर्म संस्कृति र सभ्यता नेपालबाट मासियभने यीनको जाने ठाउँ कही कतै छैन। यीनको जरो किलो उखल्ने प्रयास भैई रहेको छ नेपालमा। त्यसको प्रमाण हो युनिभर्शल पीस फेडेरेशनको भख्खरै सम्पन्न कार्यक्रम।यी हाम्रा आफ्ना मौलिक भाषा, धर्म संस्कृति र सभ्यता मासिनु भनेको हामी पनि सकिनु हो।
यिनै बिषय को वृहत अध्ययन र अनुसन्धान गर्न भनि २०७२ साल देखी नेपालमा शुरु गरिएको जरो किलो माहाअभियान अहिले आएर यसको अपरिहार्यता झन अझ बड्दै गएको छ । (धनन्जय ढकाल)
(लेखक धनन्जय ढकाल जरो किलो अमेरिकाका संयोजक हुनुहुन्छ)