रेडक्रसले बाँड्यो अपाङ्गता सहयोगी सामग्री

रामेछाप, पुष १२ गते । रामेछाप जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ र मन्थली नगरपालिका वडा नं. १ का अपाङ्गता भएका व्यक्तिहरूलाई नेपाल रेडक्रस सोसाइटीले १४ प्रकारका ५२ सेट सहायता सामग्री वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री रेवरत्न धाख्वाले २९ जना लाभान्वितहरूलाई ती सामग्रीहरू वितरण गर्नुभएको हो ।

भूकम्प प्रतिकार्यमार्फत् रामेछाप जिल्लामा सञ्चालित संरक्षण, लैङ्गिकता तथा समावेशीकरण कार्यक्रमअन्तर्गत् अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री वितरण गरिएको हो ।

भूकम्पबाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज रूपमा यापन गर्न सहयोग पुयोस् भन्ने उद्देश्यले उनीहरूको आवश्यकताका आधारमा सहयोगी सामग्री प्रदान गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचानका लागि यसअघि दुई पटक आवश्यकता छनौट स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । जसमा हाडजोर्नी, आँखा, नाक, कान, घाँटीलगायत मनोपरामर्श, सामान्य चिकित्सा तथा फिजियोथेरापीसम्बन्धित चिकित्सकहरूले स्वास्थ्य जाँच गरी आवश्यकताको पहिचान गरेर आवश्यक सहयोगी सामग्रीको सिफारिस गर्नुभएको थियो । सोही सिफारिसका आधारमा नेपाल रेडक्रस सोसाइटीले सामग्रीहरू खरिद गरी उपलव्ध गराएको हो ।  यस कार्यका लागि इम्प्याक्ट नेपाल तथा प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीसँग सहकार्य गरिएको थियो ।

यस्तै रामेछाप जिल्लाको रामपुर ५ मा निर्माण गरिएका बाल, लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय पनि आजै विद्यालयलाई हस्तान्तरण गरियो । रामेछाप जिल्लामा नेपाल रेडक्रस सोसाइटीले पाँच वटा यस्ता सार्वजनिक शौचालयहरू निर्माण गरेको छ ।

सोही अवसरमा रामपुरका लक्षित ३१ अति सङ्कटासन्न (एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका र जेष्ठ नागरिक जस्ता घरमुली रहेका) परिवारमध्ये हिजो २३ जनालाई नेपाल रेडक्रस सोसाइटीले प्रति परिवार थप ५० हजारका दरले आवास निर्माणका लागि थप सहयोग प्रदान गरेको छ ।

यस्तै रामपुरमा लिफ्टिङ प्रविधिबाट निर्माण गरिएको आइतबारे खानेपानी आयोजनाको पनि महामन्त्रीबाट अवलोकन भ्रमण सम्पन्न भयो । सो खानेपानी आयोजनाको मर्मत् सम्भारका लागि उपभोक्ता समितिलाई तालिम प्रदान गरी मर्मत् सम्भारका लागि आवश्यक पर्ने सामग्री पनि हस्तान्तरण गरियो ।

संरक्षण, लैङ्गिकता तथा समावेशीकरण कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र अस्टे«लियाली रेडक्रसको आर्थिक सहयोग रहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907