एनआरएन अमेरिकाको आगामी निर्बाचनमा टेक्सासमा मात्र चार प्रतिष्पर्धीको चर्चा

एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको पदावधि सकिन करिव ६ महिना जति छ । एनआरएन अमेरिकाको नयाँ कार्यसमितिको कुरा शुरु हुने बित्तिकै टेक्सासको चर्चा शुरु भएको छ । ठुलो राज्य र धेरै नेपालीहरु भएको मात्र होइन एकढिक्का र सक्रिय समाज भएको कारणले अन्य राज्यका मान्छेहरु पनि टेक्ससमा को उम्मेदवार हुँदैछ भन्ने चासो राख्ने गर्छन । यतिबेला फेरी टेक्सास चर्चामा आउन थालेको छ ।
गत निर्बाचनमा वर्तमान अध्यक्ष केशब पौडेल र नर्थ अमेरिकाका क्षेत्रिय संयोजक गौरी राज जोशीबिचको “गन्धा खेल” ले टेक्सासलाई निकै चर्चाको शिखरमा पुर्याएको थियो । मुद्धा मामिला देखि सम्झौतासम्मको नाटक मन्चन भए पछि केशव पौडेल अध्यक्ष बने । क्षत्रिय संयोजक बनेर गौरी जोशी थन्किए पछि यतिबेला टेक्सासबाट अध्यक्षमा को उठ्ला भन्ने प्रश्न उठ्न थालिसकेको छ । को मात्र होइन को को उठ्लान भन्ने कुराको चर्चा परिचर्चा संगै केहि नामहरु अगाडी आइसकेका छन् ।
सुनील शाह


वर्तमान कार्यसमितिमा बरिस्ठ उपाध्यक्ष रहेका सुनील शाहले केहि समय अघि मसंगको भेटमा आफु उम्मेदवार हुने जानकारी गराएका थिए । अध्यक्ष पदको लागि चाहिने सम्पूर्ण योग्यता पुगेको र नेतृत्व क्षमता समेत रहेको समेत उनले उल्लेख गरेका छन् । एनआरएन को अभियानमा गहिरो गरी लागेको र अमेरिकामा नेपालीहरुका समस्या राम्रोसंग बुझेको हुनाले आफ्नो नेतृत्व पाएमा एनआरएनको उद्देस्य पुरा गर्न सहायता पुग्ने उनको विश्वास छ ।
सुनील शाह कम बोल्ने तर काम गर्ने व्यक्तिको रुपमा डालस क्षेत्र र अमेरिकाभर चिनिन्छन । डालस क्षेत्र मात्र होइन अमेरिकाभरि आयोजना हुने महत्वपूर्ण कार्यक्रमहरुमा सुनील शाहले भौतिक उपस्थिति नै जनाउने गरेका छन् । “मर्दा र पर्दा” को साथीको रुपमा परिचय बनाएका शाह नेपाली कांग्रेस सम्बद्ध जनसम्पर्क समितिमा पनि लामो समय काम गरिसकेका छन् । एक सफल ब्यबसायी, मृदु भाषी व्यक्तित्व र निस्कलंक समाजसेवीको रुपमा आफ्नो पहिचान बनाएका सुनील शाहको उम्मेदवारीलाई निकै महत्वका साथ हेरिएको छ ।
 कृष्ण लामिछाने


एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिमा बोर्ड अफ डाइरेक्टर पदमा कार्यरत छन् कृष्ण लामिछाने । नेपाली समाज टेक्सासको २०१५-१७ को कार्यसमितिको अध्यक्ष रहेका लामिछाने डालस क्षेत्रमा निकै लोकप्रिय छन् । नेपाली समाज टेक्सासलाई सक्रियताको हदसम्म पुर्याएर प्रबासमा रहेका नेपाली संस्थाहरुमा अग्रस्थानमा ल्याएको जस कृष्ण लामिछानेलाई नै जान्छ । दुर्घटना देखि व्यक्तिगत समस्याहरुमा समेत नेपाली समाज टेक्सासले त्यतिबेला निकै सक्रिय रुपमा काम गरेको थियो । लामिछाने जनसम्पर्क समिति अमेरिकाको संस्थापक मध्यका एक समेत हुन् ।
हरेक समस्याको बखत सजिलै उपलब्ध हुने लामिछानेको व्यवहार कै कारण उनी एक कुशल समाजसेवीमा दर्ज भएका छन् । त्यसमाथि उनको परिवारका सबै सदस्यहरु कुनै न कुनै रुपमा समाजको सेवामा सक्रिय देखिन्छन । प्रबासीहरुको समस्या स्थानीय संस्थाहरुमा बसेर काम गरेकाले गहिरो रुपमा बुझ्ने भएकोले र एनआरएनको उद्देस्य पनि प्रबासी नेपालीहरुका समस्या समाधान नै रहेको सन्दर्भमा लामिछानेको उम्मेद्वारीले एनआरएन थप सबल हुने देखिन्छ ।
“समाज सेवा मेरो उद्देश्य हो । एनआरएनमा मेरो आबस्यकता छ वा छैन भन्ने कुरा नेपाली समुदायले निर्णय गर्ने कुरा हो । पक्कै पनि म एनआरएन अमेरिकाको नेतृत्व गरेर एनआरएन अभियानलाई अझ उचाइमा पुर्याउन चाहन्छु तर म एक्लै भन्दा सबै साथिभाइहरुको सल्लाह र सुझाव अनुसार नै अघि बढ्नेछु”, आफ्नो उम्मेद्वारी बारेको जिज्ञासामा लामिछानेले भने । एउटा समाज बुझेको र समाजको नेतृत्व समेत गरेको व्यक्तिको रुपमा प्रमाणित भैसकेका लामिछानेको उम्मेद्वारीको चर्चाले नेपाली समुदायमा तरंग पैदा भएको छ ।

अर्जुन बन्जाडे र राम पोख्रेल


सुनील शाह र कृष्ण लामिछाने बाहेक अर्जुन बन्जाडेको समेत चर्चा टेक्सासमा छ । भद्र र बौद्धिक व्यक्तित्व बन्जाडे वर्तमान कार्यसमितिमा बोर्ड अफ डिरेक्टरमा सबभन्दा बढी मतले निर्बाचित हुनु भएको थियो । एनआरएन अमेरिकाले संचालन गरेका महत्वपूर्ण योजनाहरुमा नेतृत्वदायी भूमिकामा रहेर सक्रिय बन्जाडे अमेरिकाको नेपाली समाजमा चिरपरिचित नाम हो । बन्जाडेले एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेद्वारी दिने चर्चाले यतिबेला टेक्सासको चिसो मौसम राजनीतिक रुपमा भने तातेको महसुस गरिंदैछ ।
त्यस्तै एनआरएन अमेरिकाको गत कार्यसमितिका उपाध्यक्ष राम सी पोख्रेल पनि अध्यक्षमा उम्मेदवार हुने चर्चा टेक्सासमा गाइगुइ सुनिन थालेको छ । गत निर्बाचनमा करिव एक हजार मत ल्याएर पराजित पोख्रेल नेपाली समाज टेक्सासको पूर्व अध्यक्ष समेत हुन् ।
यसरी टेक्सासमा एनआरएन अमेरिकाको अध्यक्ष पदका आकांक्षीहरुको लर्को संगै एनआरएन को आगामी चुनाव निकै चासोको बिषय हुने देखिएको छ । टेक्सास बाहेक अन्यत्रबाट उम्मेदवारी दिनेहरु समेत राम्रै संख्यामा हुन सक्ने अबस्थामा आगामी एनआरएन अमेरिकाको निर्बाचन निकै प्रतिष्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । प्रस्तुति: लेखनाथ गौतम

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907