सरकारी संचार माध्यमको पक्षमा डोनाल्ड ट्रंप

जसरी प्रजातन्त्र र लोकतन्त्रका धेरै कमजोरीहरु भए पनि यो संसारमा विकल्परहित छ, कतिपय संचार माध्यमहरु भरपर्दो सूचनाका बाहक नहुँदा नहुँदै पनि अहिलेको बिस्वमा स्वतन्त्र मिडियाको भूमिका अपरिहार्य छ । प्रजातन्त्र बलियो भएका सम्बृद्ध मुलुकहरुमा त स्वतन्त्र प्रेस निकै शक्तिशाली छ । अमेरिका त्यसको उदाहरण हो । संबैधानिक रुपमा मात्र नभएर अमेरिकाको प्रेस संस्थागत रुपमा पनि निकै शक्तिशाली मानिन्छ । संविधानको पहिलो संविधानले स्पस्ट रुपमा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको ब्याख्या गरेर अमेरिकाको प्रेसलाई काम गर्न सजिलो बनाएको छ ।
प्रेसको काम शक्तिमा रहेकाहरुलाई जिम्मेवार बनाउन प्रश्न गर्नु हो । उनीहरुले गरेका राम्रा कामहरुको मात्र कुरा गरेर भजन गाउने प्रेसको काम पक्कै होइन । गर्छु भनेका कामहरु के के गरे के के गरेनन भनेर प्रश्न गर्नु प्रेसको आफ्नो धर्म हो । शक्ति र सत्ताको दम्भमा राजनीतिक नेतृत्व निरङ्कुश हुन जहिले पनि प्रयास गर्छ । त्यस्ता गतिबिधिहरुलाई जनता सामु लैजानु प्रेसको कर्तब्य हो । प्रजातन्त्रमा विश्वास गर्नेहरु प्रेसको स्वतन्त्रतामा पनि विश्वास गर्छन ।


प्राय जसो सत्तामा बस्ने निरङ्कुश सोंच भएका मान्छेहरु प्रेसलाई बैरी ठान्ने गर्छन । निरङ्कुश शासन भएका देशहरुमा प्रेसलाई नियन्त्रण गरिन्छ । सरकारकै हातमा संचार माध्यमहरु हुन्छन । ती संचार माध्यमहरुलाइ आफ्नो भजन गाउन प्रयोग गर्छन ।
२ बर्ष अघि अमेरिकामा भएको रास्ट्रपतिको निर्बाचनमा डोनाल्ड ट्रंप निर्बाचित भए पछि उनले प्रेस माथि लगातार आक्रमण गरिरहेका छन् । प्रेसलाई जनताको शत्रुको रुपमा चित्रित गर्नु, उनीहरुले प्रशारण गरेका सामाग्रीहरु आफ्नो पक्षमा नभएकै आधारमा झुठो समाचार भनेर दैनिक आलोचना गर्नु उनको दिनचर्या जस्तै भएको छ । सिएनएन, न्यु योर्क टाइम्स, वाशिंटन पोस्ट, एमएसएनबिसी जस्ता मुलधारका संचारमाध्यम र यिनका रिपोर्टरहरुको नामै किटेर ट्रंपले आक्रमण गर्ने गरेका छन् । अघिल्लो हप्ता मात्र सीएनएनका व्हाइट हाउस स्थित सम्बाददाता जिम अकोस्टालाइ व्हाइट हाउसमा छिर्न प्रतिबन्ध समेत लगाइएको थियो ।
नोभेम्बर २६ मा उनले अर्को बिबादास्पद ट्विट गरे । जसमा अमेरिका बारेको संचार अन्य देशमा सिएनएन मार्फत सुनिने तर सीएनएन अमेरिका प्रति बफादार नभएको भन्दै अमेरिकाले पनि राज्यकै निजी संचार माध्यम शुरु गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । अमेरिकाले सरकारी संचार माध्यम संचालन गरेको खण्डमा अमेरिकाको राम्रो कुरा मात्र बिस्वसामु लैजान सकिने उनको तर्क छ । अनाबस्यक, तुकरहित र बिबादास्पद ट्विट गरेर चर्चामा रहन प्रयास गर्दै आएका ट्रंपको यो संदेशले अमेरिकी मिडियालाई फेरी झस्काउने काम गरेको छ । संविधानत: यो काम सम्भव त छैन तर यसले संचार माध्यमहरुलाइ प्रतिरक्षात्मक अबस्थामा पुर्याउन सक्ने देखिन्छ । विश्लेषण: लेखनाथ गौतम

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907