जमाल खसोग्गीको हत्या, साउदी राजकुमार र सिआइएको निष्कर्ष

खाडी क्षेत्रमा बस्ने धेरैलाई थाह छ, साउदी अरेबियामा कस्तो सम्म हुन्छ भनेर । कट्टर मुस्लिम राष्ट्र र त्यसमाथि राजतन्त्र छ त्यहाँ । राजदरबारबाट गरिने जस्ता कामहरु पनि स्वीकार गर्नु पर्ने बाध्यता छ साउदीका जनतालाई । अमेरिकाको नजिकको सहयोगी राष्ट्रको रुपमा रहेकोले छिमेकी राष्ट्रहरु समेत साउदी अरेबियासंग पौंठेजोरी खेल्न चाहंदैनन ।
त्यहाँका राजकुमार मोहम्मद बिन सलमान हुन् जसलाई एमबीएस पनि भनिन्छ । उनको अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपका ज्वाईं जरेड कुसनरसंग राम्रो सम्बन्ध छ । ट्रंप र कुसनरले ठान्छन कि सोहि सम्बन्धका कारण साउदी अरेबिया र अमेरिका बिचमा करिव एकसय दस बिलियन डलरको हतियार सम्झौता सम्पन्न हुन सकेको हो । एमबीएसको उमेर जम्मा ३३ बर्ष छ र उनले साउदी अरेबियाका ठुलाठुला पदहरुमा नेतृत्व गर्छन । बढी कडा नियम भएको मानिने साउदी अरेबियामा त्यसलाई अलि समयानुकुल गराउन उनको भूमिका छ भन्ने कतिपयले विश्वास गर्छन । महिलाहरुलाई गाडी चलाउन पाउने कानुन उनैको अग्रसरतामा निर्माण भएको मानिन्छ ।

विश्लेषण: लेखनाथ गौतम

एमबीएसले जेजति गरेको भनेर प्रचार गरिए पनि उनी धेरै कारणले आलोचित छन् । बिशेष गरी यमनमा गरिएको हमला र त्यसले सिर्जना गरेको त्रासदीले उनलाई मानव अधिकार उल्लङ्घन गर्नेहरुको सुचिमा राखिएको छ । एम्नेस्टी इन्टरनेसनलले साउदी अरेबियामा हुने मानव अधिकारका घटनाहरुमा परोक्ष रुपमा यिनै राजकुमारलाइ दोषी ठहर्याउने गरेको छ ।
२०१७ मा एमबीएस राजकुमार घोषित भए पछि अमेरिकी रास्ट्रपति ट्रंपले उनलाई फोन गरेर बधाई दिएका थिए । वर्तमान अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंप परिवार र साउदी राजाको परिवार बीचको सम्बन्ध शंकास्पद रहँदै आएको छ । टर्की स्थित साउदी दुताबासमा वासिंटन पोस्टका पत्रकार जमाल खसोग्गीको दर्दनाक तरिकाले हत्या गरिए पछि पनि अमेरिकी रास्ट्रपति ट्रंपले साउदी राजकुमारको पक्षमा आफ्नो विचार राख्दै आएका थिए ।
यतिबेला अमेरिकी संचार माध्यममा खसोग्गी हत्याको खुलासाले भरिएको छ । एउटा व्यक्ति दुताबास भित्र सरकारी कामले छिर्छ तर उसलाई त्यहीं भित्र मारेर टुक्रा टुक्रा पारेर फालिन्छ भने पक्कै त्यसमा ठुलै माछाको हात हुन्छ । सानोतिनो गिरोह वा समुहले त्यस्तो हर्कत गर्न सक्ने कुरै भएन । साउदी जस्तो अत्यन्त अनुदार शासन प्रणालीमा राजा वा राजकुमारको जानकारी बिना विदेश स्थित दुताबास भित्र मान्छे हत्या हुन सक्ने कुरामा कसैलाई विश्वास थिएन ।
आफ्नी हुनेवाली पत्नीलाई बाहिरै छोडेर भित्र पसेका जमाल लामो समय बाहिर ननिस्केपछि मंगेतरले टर्कीका प्रहरीलाई खबर गरेकी थिइन । शुरुमा खसोग्गी सेवा लिएर बाहिर निस्केको जिकिर गरियो । उनीजस्तै शारीरिक बनावटको मान्छेलाई बाहिर निस्केको भिडियो समेत सार्बजनिक गरियो । त्यसपछि पनि पटक पटक दुताबास भित्र हत्या गरिएको कुरा लुकाइयो । अन्त्यमा टर्की सरकारले यसलाई आफ्नो हातमा लियो र यसको छानबिन शुरु गर्यो । त्यसपछि जमाललको हत्या दुताबास भित्र भएको कुरा पुस्टि भयो । साउदी अरेबियाबाटै जमाललाई मार्न १५ जनाको टोली अंकारा पुगेको थियो ।
धेरै प्रमाण र प्रश्नहरुले यो हत्यामा राजकुमार एमबीएसको संलग्नता देखाएका थिए । तर साउदी सरकार र अमेरिकी रास्ट्रपतिले यसलाई अस्विकार गर्दै आएका थिए । साउदी राज परिवारको आलोचना गरेका जमालको हत्यामा एमबीएसको संलग्नता नरहेको भन्दै अरुलाई नै बलिको बोको बनाउने रणनीति अनुसार दुताबासका साना कर्मचारीहरुलाई कारबाहीको नाटक समेत मन्चन गर्न शुरु गरिसकिएको थियो ।
घटनामा संलग्न भए नराम्रो हुने चेतावनी दिए पनि अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले उनीहरुलाई बचाउन हरदम प्रयास गरेका थिए ।


तर यतिबेला भने परिस्थिति पुरै बद्लिएको छ । अरुलाई बलिको बोको बनाउने अभियानमा रहेको साउदी राजपरिवारलाइ सीआइएको रिपोर्टले बज्रपात गरिदिएको छ । केहि दिन अघि मात्र वासिंगटन पोस्टलाइ आफ्नो छानबिनको निस्कर्ष उपलब्ध गराउंदै सीआइएले उक्त घटनाको योजनाकार एमबीएस नै रहेको जनाएको छ । टर्कीका अधिकारीहरुले उपलब्ध गराएका प्रमाण र अमेरिकी सुरक्षा अधिकारीहरुको हवाला दिंदै सीआइएले उक्त निर्क्यौल निकालेको हो । अमेरिकी रास्ट्रपतिले यो रिपोर्टलाइ अपरिपक्व भनेर आलोचना गरेका छन् भने साउदी सरकारले यसलाई झुठो भएको जनाएको छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907