प्रतिनिधिसभामा डेमोक्र्याटको बहुमतसंगै भिडन्तको तयारी शुरु

अघिल्लो हप्ता मंगलबार अमेरिकामा मध्यावधि निर्बाचन सम्पन्न भयो । निर्बाचनमा मिश्रित नतिजा आयो । ब्लु वेभ अर्थात् निलो तरंगले अमेरिका बढार्छ भन्ने कतिपय राजनीतिक पण्डितहरुको अनुमान सम्पूर्ण सत्य सावित हुन सकेन । २०१० मा गुमेको प्रतिनिधि सभाको नेतृत्व डेमोक्र्याट पार्टीको हातमा भने आयो । निकै असजिला सिनेटर पदका निर्बाचनका कारण सिनेटमा भने डेमोक्र्याटहरुले केहि सिट गुमाए । प्रतिनिधिसभाको नेतृत्व डेमोक्र्याटहरुको हातमा आए पछि भने अमेरिकाको “शक्ति सन्तुलन” मा ब्यापक परिबर्तन आएको छ । नोभेम्बर ६ बिहान सरकारका तिन वटै शाखामा बर्चस्व राखेर बिगत २ बर्षदेखि मनपरी शासन चलाउँदै आएका रास्ट्रपति ट्रंप नोभेम्बर ७ बिहान उठ्दा भने निकै कम्जोर भैसकेका थिए ।
अमेरिकाको संबिधान निर्माता तानासाहको जन्म हुने कुरामा निकै सचेत् थिए । उनीहरुले अमेरिकी प्रजातन्त्रले कहिल्यै पनि यस्ता तानासाह उत्पादन नगरोस भन्ने तर्फ धेरै समय खर्चेका थिए । फलस्वरूप शासन व्यवस्थाका हरेक अंगलाई “चेक एण्ड ब्यालेन्स” को सिद्धान्त अनुसार अर्को अंगले अंकुश लगाउन सक्ने व्यवस्था गरेका थिए । जसले गर्दा राज्यको कुनै अंगले मनपरी गर्न पाउने अवस्था हुँदैन । तर रिपब्लिकन पार्टीको पकडमा रहेका प्रतिनिधिसभा र सिनेटले ट्रंपको मनपरी बिरुद्ध केहि गर्न नसके पछि कुनै न कुनै रुपमा रास्ट्रपतिलाइ अंकुस लगाउने सरकारी अंगको अभाव महसुश गरिएको थियो ।


अमेरिकाको राजनीति अत्यन्त विभाजित छ । २०१६ मा ट्रंपको उदय पछि त झन् यो बिभाजन झन् गहिरिएको छ । अति दक्षिणपन्थी नाराको कारण ट्रंप रास्ट्रपतिमा निर्बाचित भएका थिए । “रास्ट्रबादी” नारा यतिबेला निकै दक्षिणपन्थिहरु बीच निकै लोकप्रिय बनेको छ । यस्ता अतिबादी बिचारहरु पक्कै समाजमा थिए तर ट्रंपको उदय पछि भने ओभल अफिस बाट नै यसको पक्षपोषण हुनाले देश हिंसा तर्फ जाने खतरा बढेको स्वतन्त्र पर्यबेक्षकहरुले चिन्ता जाहेर गरेका छन् ।
एकातिर ट्रंपको मनपरी बिरुद्ध कदम चाल्न सक्ने प्रतिनिधि सभाको निर्माणले कतिपयलाई राहत महशुस भएको छ भने अर्कोतिर त्यसै पनि कुनै काम हुन नसक्ने अमरिकी राजनीतिमा सरकार “डेडलक” हुने आशंका पैदा गरेको छ । डेमोक्र्याटहरुले प्रतिनिधिसभामा बहुमत हाँसिल गरेकै दिन सम्भावित सभामुख नेन्सी पेलोसीले त्यसको स्पस्ट संकेत दिएकि छन् । कतिपय मुद्धाहरुमा ट्रंपसंग काम गर्न सकिने कुरा उल्लेख गरे पनि डेमोक्र्याटहरुलाई जिताउन भूमिका खेलेको ठुलो अमेरिकी जनताको जमात ट्रंपसंग भिड्नु पर्ने पक्षमा नै देखिन्छ । सन् २०२० रास्ट्रपतिय चुनावमा आफ्नो “आधार” लाइ सक्रिय र जिवन्त राख्न पनि डेमोक्र्याटहरु मिलेर भन्दा भिडेर जाने मानसिकतामा देखिन्छन ।
बिगत दुइ बर्षमा ट्रंपले संबिधान र कानुन बिपरित गरेका निर्णय र कामहरु डेमोक्र्याटहरुले छानबिन गर्ने तयारी गरेका छन् । लामो समय देखि रास्ट्रपति बिरुद्ध महाअभियोग लगाउने बिषयमा मौन रहेका डेमोक्र्याटिक पार्टीका माथिल्लो तहका नेताहरु समेत स्पेसल काउन्सल रोबर्ट मुलरको प्रतिबेदन हेरेपछि त्यसको लागि आधार तयार हुने विचार व्यक्त गर्न थालेका छन् । त्यस्तै लामो समय देखि ट्रंपले आफ्नो कर सम्बन्धि कागजात सार्बजनिक गर्न मानेका छैनन् । प्रतिनिधिसभाले ट्रंपको कर सम्बन्धि कागजात सार्बजनिक गर्न बाध्य गर्ने निश्चित छ ।

Analysis: Lekhnath Gautam

डेमोक्र्याटहरुले रास्ट्रपति ट्रंपको बिरुद्ध छानबिन गर्न लामै लिस्ट समेत तयार छ । उनीहरुले सार्बजनिक रुपमा व्यक्त गरेका बिचारहरुको शृंखला हेर्दा एफबिआइ प्रमुख जेम्स कोमीको बर्खास्ती, महान्यायधिबक्ता जेफ सेसंसको बर्खास्ती, मुस्लिमहरुको यात्रा प्रतिबन्ध, सीमामा बालबालिकाहरु माथिको दुर्ब्यबहार, साउदी अरेबिया र उत्तर कोरिया जस्ता देशहरुको ट्रंप हिमचिममा आर्थिक चलखेल जस्ता दर्जनौं कुराहरु डेमोक्र्याटहरुले छानबिनको दयारामा ल्याउने अवस्था देखिन्छ ।
निर्बाचनको अर्को दिन नोभेम्बर ७ गते गरेको पत्रकार सम्मेलनमा ट्रंपले व्यक्त गरेका बिचारहरुले पनि आगामी दुइ बर्ष भिडन्तमै जाने देखिन्छ । डेमोक्र्याटहरुले छानबिनमा लागे आफुले पनि त्यस्तै गर्ने चेतावनी दिंदै त्यसको दोष डेमोक्र्याटहरुलाई नै आफुले लगाउने स्पस्ट पारेका छन् । उनका यस्ता कामलाई सघाउन अति दक्षिणपन्थिहरु पनि हातमा पन्जा लगाएर तम्तयार बसेका छन् । यस्तो अबस्थामा आगामी दुइ बर्ष अमेरिकी राजनीति रोलर कोस्टरको यात्रा शुरु भएको अनुमान गर्न सकिन्छ । आफ्ना आफ्ना राजनीतिक नाराहरु लगाएर आफ्नो आधारलाई मजबुत गर्ने काम त यसले होला तर अमेरिकी जनताका आधारभूत समस्या समाधानमा भने बिगतमा जस्तै यतिबेला पनि सरकार, संसद र सिनेट सफल हुनेमा आम अमेरिकी जनतामा आशंका रहेको देखिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907