पत्रकारमाथिको भौतिक आक्रमणको नेजाद्वारा भर्त्सना

अमेरिका जस्तो प्रेस स्वतन्त्रताको जननी मानिने मुलुकमा समाचार लेखेकै आधारमा भौतिक आक्रमण गरिएको छ । कोलोराडोबाट प्रकाशित हुँदै आएको बिआरटी नेपाल डट कमका सम्पादक लोकमणि राइ माथि उक्त आक्रमण गरिएको हो । उक्त घटनाको भर्त्सना गर्दै अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले एक बिज्ञप्ति प्रकाशित गरेको छ । युएसएंड नेपाल डट कम उक्त कार्यको निन्दा गर्दै आक्रमणकारी माथि आबस्यक कानुनि कारबाहीको लागि माग गर्दछ ।

महासचिव किरण मरहट्ठाद्वारा जारी नेजाद्वारा प्रकाशित बिज्ञप्ति जस्ताको तस्तै :

प्रेस बिज्ञप्ति

अमेरिकाबाट प्रकाशित हुँदै आएको बिआरटी नेपाल डट कम अनलाईनका सम्पादक लोकमणी राई माथि भएको भौतिक हमलाको नेपाल अमेरिका पत्रकार संघ घोर भर्स्त्सना गर्दछ । पत्रकार राइलाई अमेरिका भ्रमणको क्रममा रहेका नेपालका प्रदेश नम्बर १ का मुख्य मत्रिको बिआरटी नेपालमा समाचार लेखेको बिषयलाई लिएर न्यु योर्कमा उमेश राइले कुटपिट गरेका हुन् । बिहिबार राति साढे ११ बजे लोकमणि लाइ किरांत राई सोसाइटी अफ अमेरिकाको तिहार कार्यक्रमको कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा “हातमा कलम छ भन्दैमा जे पनि लेख्ने” भन्दै उमेश राइले मुक्का हानेका थिए  । मुक्काको कारण पत्रकार राइको नाकमा चोट लागेको छ।राइलाई प्रहरीले तत्काल अस्पताल लगेर उपचार गराएका थिए।

अमेरिका जस्तो उदाहरणीय प्रेस स्वतन्त्रता भएको मुलुकमा समाचार लेखेकै भरमा पत्रकार कुटिनु निक्रिस्ट अराजकता हो। यस्ता निन्दनीय हर्कतको नेपाल पत्रकार संघ घोर भर्त्सना गर्दै दोषी माथि तत्काल कारबाही माग गर्दछ । साथै अमेरिकामा हालैका दिनहरुमा बिभिन्न व्यक्ति तथा संस्थाहरुले सामाजिक संजालमा पत्रकारहरुको पेशागत मर्यादामाथि धम्कि दिंदै असोभनिय र निराधार लान्छना लगाउने कार्यहरु देखिएकोले त्यस्ता कार्यहरु समेत रोक्न नेजा ध्यानाकर्षण गराउन चाहन्छ
महासचिव
किरण मरहट्ठा

नोभेम्बर ०९, २०१८

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907