महान्यायधिबक्ता जेफ सेसंस पदमुक्त
वाशिंटन डिसी, अमेरिका । मध्यावधि निर्बाचन समाप्त भएको चौबिस घण्टा नबित्दै महान्यायधिबक्ता जेफ सेसंस पदमुक्त भएका छन् । रास्ट्रपतिको अनुरोधमा राजिनामा बुझाएको जनाउंदै जेफ सेसंस न्याय मन्त्रालयबाट बाहिरिएका छन् ।
जेफ सेसंस २०१६ मा भएको रास्ट्रपतिय निर्बाचनमा ट्रंपलाइ समर्थन गर्ने पहिलो सिनेटर हुन् । २०१६ को चुनावमा रसियाद्वारा गरिएको आक्रमण र त्यसमा ट्रंप क्याम्पेनको भूमिका बारे छानबिन गर्न बिशेष समिति गठन गरिएको थियो । तत्कालिन एफबीआइ प्रमुख जेम्स कोमिलाई ट्रंपले पदबाट निकाले पछि रड रोजिन्स्टाइनले यस्तो बिशेष समिति गठन गरेका थिए । त्यसपछि जेफ सेसंसले रसिया सम्बन्धि अनुसन्धानको कुनै कुरामा सम्बद्ध नहुने घोषणा गरेका थिए । जसका कारण ट्रंप सेसंस संग क्रुद्ध भएका थिए ।
नोभेम्बर ६ गते भएको निर्बाचनमा प्रतिनिधिसभामा डेमोक्र्याट पार्टीले बहुमत हाँसिल गरेको छ भने सिनेटमा भने रिपब्लिकन पार्टीले आफ्नो बहुमत कायम राख्न सफल भएको छ ।