भारतीय नेपाली साहित्यकारलाई नेपाल स्रष्टा समाजद्वारा सम्मान

पुष्पा खनाल, काठमाडौँ, कार्तिक १३ ।
नेपाल स्रष्टा समाजले भारतको असम, तेजपुर क्षेत्रका भारतीय नेपाली साहित्यकारहरुलाई सम्मान तथा अन्तत्र्रिmया कार्यक्रमको आयोजना गर्यो । अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यितामा सम्पन्न कार्यक्रममा अतिथि साहित्यकार ज्ञानबहादुर क्षेत्रीले नेपाली भाषा राष्ट्रको सीमा पार गरेर विश्वमा पुगिरहेको अवस्थामा नेपाली भाषा साहित्यको बारेमा केही जानकारी प्राप्त गर्ने उद्देश्यले आपूmहरु नेपाल आएको बताउनुभयो ।
प्रमुख अतिथि नगेन्द्रराज शर्माले हाम्रो देश सानो भए पनि यहाँको साहित्य कम नरहेको बताउँदै नेपाली साहित्यलाई विश्वमा पुर्याउनको निम्ति अनुवाद अत्यन्त महत्वपूर्ण रहेको विचार राख्नुभयो ।

विशिष्ट अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले अनुवाद साहित्यको महत्वमाथि प्रकाश पार्दै नोबेल पुरष्कार प्राप्त ११६ कृतिहरुमध्ये ३४ वटा मौलिक कृतिले मात्र नोबेल पुरष्कार प्राप्त गरेको र अरु बाँकी कृतिहरु सबै अनुवाद साहित्य रहेको उल्लेख गर्नुभयो । भारतमा पनि २७ जना नेपाली साहित्यकारले अनुवाद साहित्यमा नै पुरष्कार प्राप्त गरेको जानकारी दिँदै नेपाली साहित्यलाई अनुवाद गरेर विश्व सामु पुर्याउनु अत्यावश्यक रहेकोले आफुले नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा अनुवादक परिचय कोषको कार्य गर्दैआएको बताउनुभयो ।
कार्यक्रममा समापन मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष, नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले नेपालका नेपालीले, भारतका विभिन्न प्रान्तमा रहेका नेपालीले र अन्य मुलुकमा बसेका नेपालीहरुले गरेको साहित्यको तुलना र स्तर निर्धारण गर्नु अन्याय हुने बताउँदै नेपालभन्दा बाहिर रहेका नेपाली भाषी नेपालीहरुले गरेको साहित्यको बेग्लाबेग्लै परिवेशमा मुल्याङ्कन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाली नाट्य सम्मेलनका अध्यक्ष चन्द्रमणि उपाध्यायले पूर्वाञ्चल भारतमा नेपाली नाट्य विकास बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो.। कार्यक्रममा अतिथि कविहरु विष्णु शास्त्री, माधव भट्टराई, छत्रमान सुब्बा र प्राञ्जल प्रतीम बोरा र नेपालका साहित्यकारहरु विजयराज न्यौपाने, विष्णु राई तथा प्रभा भट्टराईले कविता वाचन गर्नुभएको थियो.।

कार्यक्रममा मन्तब्य प्रस्तुत गर्दै नेपाल स्रष्टा समाजका निवर्तमान अध्यक्ष पवन आलोकले असमका विभिन्न साहित्यिक संस्थाहरुसँग मिलेर नेपाली भाषा साहित्यको विकासको निम्ति आपसी सहयोगलाई अझ विस्तार गर्ने नेपाल स्रष्टा समाजको उद्देश्य रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल स्रष्टा समाजकी महासचिव पुष्पा खनालले स्वागत मन्तव्य राख्नुभएको थियो । सो क्रममा उहाँले समाजका गतिविधिहरुको जानकारी दिँदै र नेपाली वाङ्मयको विकास र विस्तारमा समाजले खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो ।


नेपाल स्रष्टा समाजकी सचिव जानु धितालले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष नवराज तिमिल्सिना ‘अवदोशी’ले कार्यक्रममा उपस्थित सबैमा कृतज्ञता प्रकट गर्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरु पुस्कर लोहनी, शैलेन्द्र साकार, रमेश खकुरेल, रोचक घिमिरे, राधेश्यााम लेकाली, ठाकुर शर्मा भण्डारी, वासुदेव अधिकारी, नारायण तिवारी, विश्वबिमोहन श्रेष्ठ, गणेश रसिक, खेमराज पोखरेल, सरिता अर्याल, दिब्य गिरी, काशीराज आचार्य, सिल्की मून, आदिको उपस्थिति रहेको थियो.।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907