डालस एभरेस्ट लायन्स क्लबको आठौँ प्रतियोगितात्मक कबि गोष्ठी अक्टोबर २८ गते

डालस, टेक्सास । नेपाली भाषा र साहित्यको बिकासमा समेत डालस एभरेस्ट लायन्स क्लबले उल्लेख्य काम गरेको छ । यतिबेला डालसमा अन्य साहित्यिक संस्थाहरु पनि खुलेका छन् तर डालस लायन्स क्लबले धेरै पहिले देखि आफुलाई नेपाली भाषा र साहित्यको सेवामा समर्पण गर्दै आएको छ । यहि क्रममा आठौँ प्रतियोगितात्मक कबि गोष्ठी समेत अक्टोबर २८ आइतबार अपरान्ह ३:३० बजे देखि आयोजना गर्दैछ ।


कार्यक्रम संयोजक शशि भट्टराईका अनुसार प्रतियोगिता खुल्ला हुनेछ भने प्रथम हुनेले एकसय पचास डलर, द्वितीय हुनेले एकसय डलर र तृतीय हुनेले पचास डलर नगद पुरस्कार समेत प्राप्त गर्नेछ । कबि गोष्ठी नेपाली मन्दिरको सभाहलमा सम्पन्न हुनेछ । उक्त कबि गोष्टिमा सहभागी भएर कविता बचन एबम श्रवण गर्नुहुन डालसबासिमा डालस एभरेस्ट लायन्स क्लबले हार्दिक अनुरोध गरेको छ ।

लायन्सले ग्राउलियर मार्गको स्वामित्व ग्रहण गर्ने

नेपालीहरुको बाक्लो बस्ति रहेको डालसमा धेरै संस्थाहरु छन् । ती संस्थाहरु मध्ये निकै पुरानो र सक्रिय संस्था डालस एभरेस्ट लायन्स क्लब हो । यसले नेपाल देखि अमेरिका सम्म बेलाबखत बिभिन्न सामाजिक कामहरु गर्दै आएको छ । डालस क्षेत्रमा त यसले लगभग हरेक महिना जसो केहि न केहि कार्यक्रम गर्दै आएको छ ।

बिशुद्ध रुपमा स्वयंसेवा गर्ने उद्देस्यले स्थापित यो संस्थाले फेरी अर्को जिम्मेवारी बहन गर्ने भएको छ ।
अर्भिंग सिटिसंग डालस एभरेस्ट लायन्स क्लबले एक सम्झौता गरेको छ जसमा नेपाली मन्दिर रहेको ग्राउलियर रोडको मन्दिर वरिपरिको आधा माइल क्षेत्रको सडकको स्वामित्व ग्रहण गरेको छ । सो सम्झौता अनुसार यो क्षेत्रमा प्रत्यक महिना सरसफाई कार्यक्रम देखि सो सडक वरिपरिका रुखहरुलाई साइजमा ल्याउने देखि मन्दिर परिसरको सरसफाई पनि यसै अन्तर्गत पर्दछ । उक्त सम्झौता पछि आगामी २८ एक कार्यक्रमका बीच अर्भिंग सिटिका मेयर रिक् स्टफ़रले रिबन काटेर सरसफाई कार्यक्रम शुरु गरिने क्लबका अध्यक्ष थलराज पन्तले जानकारी गराउनु भएको छ । यो कार्यक्रमका संयोजक हाइवे इन्जिनियर सुर्यनाथ भण्डारी हुनुहुन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907