कसरी गरियो जमाल खसोग्गीको साउदी दुताबास भित्र हत्या
साउदी अरेबिया यतिबेला बिस्व समाचारको केन्द्रबिन्दुमा छ । यसको कारण कुनै राम्रो कामको कारण होइन । टर्कीको राजधानी इस्तानाबुल स्थित साउदी दुताबासमा घटेको एक निन्दनीय घटनाको कारण साउदी अरेबिया र यसका राजा अनि राजकुमार आलोचित बनेका छन् । यो घटना यति क्रुर देखिन्छ कि यसले साउदी अरेबियाको सत्ता नै हल्लने अवस्था सिर्जना भएको छ ।
अक्टोबर २ दिउसो करिव सवा एक बजे जमाल खसोग्गी भिसा सम्बन्धि कागजात लिन दुताबास पुग्छन । मूल गेटबाट भित्र छिरेका जमाल त्यसपछि कहिल्यै फर्किदैनन । उनलाई त्यहीं भित्रै यातना दिएर मारिएको, मृत शरीरलाइ टुक्रा टुक्रा पारेर फालिएको जस्ता रिपोर्टहरु आइरहेका छन् । यो घटनालाई दुनिया सामु प्रस्तुत गर्न वासिंगटन पोस्ट र न्यु योर्क टाइम्स जस्ता संचार माध्यम लागिपरेका छन् भने आफ्नै देशमा घटेको यस्तो जघन्य अपराधको कारण टर्की समेत यसमा लागिपरेको छ ।
पछिल्लो रिपोर्ट अनुसार जमाललाई मार्न अक्टोबर २ मा १५ जनाको टोलि इस्तानाबुल आइपुग्यो । उनीहरु दुताबास नजिकैको होटेलमा बसे । १५ जना मध्ये ५ जना साउदी अरेबियाका युबराज मोहम्मद बिन सलमानको नजिकका थिए । १५ जना नै साउदी अरेबियाका सुरक्षा निकायसंग सम्बद्ध व्यक्तिहरु थिए । ३ दिनको लागि होटेल बुक गरेका ती १५ जना सोहि दिन अर्थात् अक्टोबर २ मंगलबार नै आएकै बिमानहरु मार्फत साउदी अरेबिया पुगे ।
फ़ियान्से हेटिस सेंगिजलाइ बाहिर कुर्न भनेर भित्र गएका जमाल नफर्के पछि उनले खोजीनिती शुरु गरिन । जमाल वाशिंटन पोस्टका रिपोर्टर भएको र अमेरिकाको ग्रिनकार्ड समेत भएकोले यो कुरा छिट्टै फैलियो । शुरुका केहि दिन साउदी अरेबिया र टर्कीस्थित दुताबासले जमाल दुताबासबाट निस्केको जिकिर गरे । उनी भित्र छिरेको भिडियो सार्बजनिक भयो तर बाहिर निस्केको भिडियो नआए पछि जमालको हत्या दुताबास भित्रै गरिएको आंकलन गर्न शुरु गरियो ।
विदेश स्थित दुताबास भित्रै यसरी व्यक्तिको हत्या भएको बिषयले छिट्टै अन्तररास्ट्रिय ध्यान आकर्षण गर्यो । टर्कीका अधिकारीहरुले अनुसन्धान गर्न दुताबास भित्र जान अनुमति मागे । तर साउदीहरुले अस्विकार गरे । अन्त्यमा अन्तररास्ट्रिय दवावमा परे पछि दुताबास भित्र खानतलासी र अनुसन्धान गर्न टर्कीका अधिकारीहरुलाई अनुमति दिए । पछिल्ला रिपोर्ट अनुसार टर्कीका अनुसन्धानकर्ताहरुले उनको हत्या दुताबास भित्रै भएको पुस्टि गरेका छन् । खसोग्गीलाइ यातना दिएर मारिएको अडियो समेत लिक भएको छ जसमा उनको हत्या क्रुर तरिकाले गरिएको सुनिएको न्यु योर्क टाइम्सले जनाएको छ ।
यता अमेरिकी रास्ट्रपति ट्रं पले साउदी राजा र राजकुमारको पक्षमा आफ्नो विचार राख्दै आएका छन् । साउदी अरेबियाले किन्ने भनिएको ११० बिलियन डलरको हतियारको सम्झौताको हवाला दिंदै ट्रंपले एक साउदी नागरिकको मृत्युमा यति ठुलो आर्थिक कारोबारमा असर पर्ने काम गर्न नहुने धारणा सार्बजनिक गरेका छन् । ट्रंपले त्यस्तो अडियो छ भने उपलब्ध गराउन टर्की समक्ष माग गरेका छन् । तर साउदीका राजा र राजकुमारले यसबारेमा जानकारी नभएको कुरा आफुसंग गरेको कुरा उनले बताउने गरेका छन् ।
अमेरिकी मिडिया र दुवै पार्टीका नेताहरुले तिब्र प्रतिक्रिया जनाए पनि ट्रंप प्रशासन घटनालाई सामान्यकरण गर्न लागिपरेको देखिन्छ । भिसा लिन गएको व्यक्तिलाई सोधपुछको नाममा यातना दिएर हत्या गर्नु, हत्या पछि टुक्रा टुक्रा पारेर दबाउने काम गर्ने जस्तो क्रुर र अमानविय कार्य पक्कै पनि ट्रंपको समर्थनले मात्र सजाय भोग्नु पर्ने अवस्थाबाट साउदी शासनले मुक्ति पाउछन वा पाउदैनन हेर्न भने केहि दिन कुर्ने पर्ने छ ।