साथीको संझनामा तयार गीत सार्बजनिक गर्दा थामिएनन आँशु (भिडियो सहित)

संगीतकार शेषको गायनमा पुनरागमन

मान्छेको आयु जीवन छउञ्जेलमात्रै हुन्छ । तर, गीत–संगीतको आयु जीवन सकिएपछि पनि रहन्छ । गीतकार उमेशचन्द्र घिमिरेको शब्द गायक तथा संगीतकार लक्ष्मण शेषको स्वर र संगीतकार चक्रपाणि तिमल्सिना को संगीत रहेको ‘आजदेखि साथी मैले’ बोलको गीत अडियो भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियो सार्बजनिक कार्यक्रममा उपस्थित धेरैको आँखामा आशु भरिएको थियो ।
गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारीले सहजिकरण गरेको कार्यक्रममा गीतकार घिमिरेलाई संझदै बक्ताहरुले सर्जक सिर्जनामा सधै बाँचिरहने बताए ।
लामो समय देखि गीत नगाएका शेषले एक दशकपछि तिमल्सिनाले ले संगीत गरेको गीत गाएका हुन ।  घिमिरे जीवित छँदा सदैव गीत गुनगुनाइरहने र गीत रेकर्ड गराउने इच्छा रहेता पनि उनको असामयिक निधन भएकाले गीत रेकर्ड हुन सकेको थिएन ।
‘उमेश यो गीत बारम्वार गाएर मलाई सुनाउँथे, संगीतकार तिमल्सिना भन्छन्, ‘उमेशलाई यो गीत निकै मन परेको थियो त्यसैले मैले साथीको चाहनाअनुरुप संगीत भरेर उनको गीत रेकर्ड गर्ने जमर्को गरेको हुँ ।
तिमल्सिनाका अनुसार उमेश निकै अन्तर्मुखी स्वभावका थिए । उनी आफुले गरेको रचना कमै व्यक्तिलाई मात्रै सुनाउँथे । उमेशको गीत बजारमा ल्याएका तिमल्सिनाले असल साथीको भूमिका निभाएका छन् ।
गीतको म्युजिक भिडियोमा उमेशकी श्रीमती, छोरा र साथी उनै चक्रपाणिलाई देख्न सकिन्छ । गीतमा योगेश काजीले संगीत संयोजन गरेका छन् । मिक्सिङि प्रकाश खरेलको रहेको छ भने नारायणराज आचार्य र अनिल अधिकारी रेकर्डिष्ट रहेका छन् । गीत मञ्जु श्री रेकर्डिङ स्टिुडियो पुतलिसडकमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोको निर्देशन जीवन भट्टराईले गरेका छन् । क्यामरामा मनोज महर्जन, मेकअपमा शम्शेर लामा रहेका छन् भने भिडियो सम्पादन किशोर खनालले गरेका हुन् । उमेशकी श्रीमती सुनिताका अनुसार उनी जीवनका हरेक परिस्थितिलाई शब्दमा अभिव्यक्त गर्न सक्थे । सुनिता सम्झन्छिन्, ‘यो गीत पनि उनले विशेष परिस्थितिमा लेखेका हुन् ।’  ‘आजदेखि साथी मैले’ उनले आफ्नो विवाह हुनु पूर्व नै लेखिसेकेका थिए । पछि सुनितालाई पनि सुनाएका थिए ।
कथा, उपन्यासमा पनि कलम चलाउने उमेशका कुनै पनि रचनाहरु कृतिकारुपमा आजसम्म प्रकाशनमा भने आएका छैनन् । आगामी दिनमा उनका सबै रचनाहरुलाई संकलन गरेर प्रकाशन गर्ने परिवारको योजना छ ।
साथी तिमल्सिनालाई घिमिरेले २०६३ सालताका नै यो गीतलाई तपाईले नै संगीत भरेर गाउनु पर्छ है भनि आग्रह गरेकाले साथीलाई जीवनोप्रान्त पनि अमर राख्ने ध्येयका साथ उनले गीत रेकर्ड गरेका हुन् ।

यो गीतको शब्द उमेशको जीवनको वास्तविक घटनासँग जोडिएको थियो, त्यसो भएर उनी आफ्नै सुरमा प्राय यो गीत गाइरहन्थे ।
सुनिताका अनुसार, उमेशको यो भन्दा निकै सशक्त गीतहरु पनि डायरीमा कोरीएका छन् । यो गीतको प्रतिक्रियाका आधारमा अन्य गीत रेकर्ड गर्ने नगर्ने निर्णयमा पुग्ने परिवारले बताएको छ ।
उमेश सुनितालाई पनि सिर्जना गर्न उत्साहित गर्थे । तर उमेशको अनुपस्थितिमा उनले सृजना गर्न सकिनन् ।
त्यसो त बिहे हुनु अघि सुनितालाई सम्झिएर पनि उमेशले डायरी भरि कविता लेखे । तर सुनिता आएपछि उनको कविता ‘सम्बन्धमा’ बदलियो । तर गीत लेख्न र गुनगुनाउन भने छाडेनन् ।
उमेश सुनसान वा एकान्त ठाउँमा मात्र सृजना गर्थे । उनलाई हल्ला मन पर्दैन थियो । लेखेका रचना सबैजसो सुनितालाई सुनाउथें ।
संगीतकार तिमल्सिनाले साथी कै नाताले यो गीत गाउन आग्रह गरेपछि एक दशकपछि गायन क्षेत्रमा पुनरागमन हुन पुगेको बरिष्ठ संगीतकार लक्ष्मण शेष बताउँछन् । उनी प्रष्ट्याउँछन्– ‘गीत पनि साथीको संझनामा रहेको, साथीसँग सम्बन्धित र साथीले नै आग्रह गरेकाले पन्छन सकिनँ ।’साथीको साथ छुट्दा हर कोहीको जीवनमा पिडा हुन्छ, संगीतकार तिमल्सिनाले पनि आफ्नो असल साथी उमेशलाई गुमाएर एक्लो हुँदाको पीडा मनन गरेरै मलाई यो गीत गाइदिने प्रस्ताव गर्दा आफुले सहजै स्वीकार गरेको शेष ले बताए ।  यसअघि पनि करिव १६वटा जति गीतमा संगीत भरिसकेका तिमल्सिनाले साथीको सम्झना स्वरुप ल्याएको यो गीत ले धेरैको मन जित्ने बिश्वास छ ।

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907