नेपालको राजनीति अमेरिका नल्याउन मन्त्रि ज्ञवालीको आग्रह

डालस, टेक्सास । नेपाली नेताहरु अमेरिका आउने बढ्दो क्रमको शृंखलामा यतिबेला नेपाल सरकारका प्रधानमन्त्रि र पररास्ट्र मन्त्रि अमेरिकाको भ्रमणमा छन् । संयुक्त राष्ट्र संघको ७३औं सभामा भाग लिन यो टोली यतिबेला अमेरिकामा छ । ब्यस्त समयको बाबजुद पररास्ट्र मन्त्रि प्रदिप ज्ञवाली टेक्सास आएका छन् । नेपाली नेताहरु आउँदा असाध्य उत्साहित हुने नेपाली समुदाय प्रदिप ज्ञवालीको आगमनले पनि उत्साहित छ । नेपाल प्रतिको गहिरो चासोको कारण उनीहरु नेपालका नेताहरु आउँदा उनीहरुका कुरा सुन्न मरिहत्ते गर्छन । सूचना र संचारको यो युगमा सबै कुरा थाहा पाउँदा पाऊदै पनि ढुक्क हुन उनीहरुका मुख बाटै कुरा सुन्न चाहन्छन ।


केहि समय अघि नेपालका पूर्व प्रधानमन्त्रि बाबुराम भट्टराई पनि यहाँ आएर अन्तरक्रिया गरेर गए । प्रदिप ज्ञवाली पनि एकदुई दिन डालसका केहि कार्यक्रमहरुमा भाग लिए र लिंदैछन् ।
प्रदिप ज्ञवाली नेपाली राजनीतिमा विवादरहित नेता मानिन्छन । उनको बोली मात्र होइन व्यवहार पनि कसैले प्रश्न गर्न नसक्ने खालको छ । त्यसैले पनि डालसको नेपाली समुदाय उनको उपस्थिति प्रति सकारात्मक र उत्साहित थियो ।
सेप्टेम्बर २९ मा दुइ वटा बिशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भए । एउटा नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा स्थानीय फिस्टेल रेस्टुरेन्टमा र अर्को प्रबासी नेपाली मंच, नेपाली समाज टेक्सास र एनआरएन टेक्सास च्याप्टरको आयोजनामा नेपाली मन्दिरको सभा हलमा । दुवै कार्यक्रम अत्यन्त जानकारीमुलक र फलदायी रहे । पहिलो कार्यक्रममा पत्रकारहरुले नेपाली समुदायका चासोहरु र पत्रकारहरुका चासोहरु प्रस्तुत गरे । दोश्रो कार्यक्रममा समग्र नेपाली समुदायले आफ्ना गुनासाहरु व्यक्त गरे । दुइवटा कार्यक्रममा मन्त्रि ज्ञवालीले करिव ९० मिनेट आफ्नो भनाइहरु राखे ।

बुँदागत रुपमा केहि प्रश्नहरु र उत्तरहरु :

बिदेसमा बस्ने नेपालीहरुबारे सरकारी धारणा के छ ?
बिगत केहि समय देखि नै नेपालबाट आउने नेपाली नेताहरुले तपाईंहरु नेपाल फर्केर केहि गर्नु पर्छ भन्न छाडेका छन् । ६० लाख भन्दा बढी जनता बिदेसमा रहेको अबस्थामा सबै फर्के भने के गर्ने भन्ने चिन्ता सरकारमा वा सत्तामा रहेकाहरुलाई रहनु अस्वाभाविक होइन । पररास्ट्र मन्त्रि ज्ञवालीले त्यो कुरा लुकाएनन । प्रबासी नेपालीहरुलाई नेपालमा लगानी गर्न आबस्यक सबै कुरा गर्न तयार रहेको उनले प्रस्ट पारे । नेपाललाई सहयोग गर्न भौतिक रुपमा नेपालमै हुनु पर्छ भन्ने छैन भन्दै ज्ञान, शिप र आर्थिक लगानी नै प्रबासी नेपालीहरुबाट नेपालले अपेक्षा गरेको मन्त्रि ज्ञवालीले प्रस्ट पारे । यी काम गर्न बृहद नेपाली परिवारको रुपमा प्रबासी नेपालीहरुलाई स्वीकार गर्न अप्ठेरो नहुने मन्त्रीको भनाइ थियो ।
नेपालले अहिले लिएको बाटो, वर्तमान अवस्था र भविस्य प्रति प्रबासी नेपालीहरुमा देखिएको चिन्ता बारे ज्ञवालीको भनाइ :
अहिले नेपालले लिएको बाटो नेपालको मौलिक बाटो हो । १० बर्षे सशस्त्र द्वन्दको हामीले सफलतापुर्बक ब्यबस्थापन गर्यौं । संबिधान सभा मार्फत संबिधान बनायौं । संबिधान अनुसार तीनै तहको निर्बाचन मार्फत देशलाई राजनीतिक अस्थिरताबाट मुक्त गर्यौं । अब हाम्रो राजनीतिक परिवर्तनको पाटो सकिएको छ । हामी आर्थिक सम्वृद्धिको यात्रामा अघि बढेका छौं । सरकार बनेपछि बर्षौं देखि बिग्रेका कुराहरु ठिक ठाउँमा ल्याउन हामीलाई केहि समय लाग्यो । त्यसले गर्दा यति मजबुत सरकारले पनि काम गर्न सकेन भन्ने जनगुनासो देखिए पनि छिट्टै देखिने गरी सरकारले गरेको कामको नतिजा आउने छ । यो सरकारलाई असफल हुने छुट छैन । हामीले नेपाली जनतालाई निरास पार्दैनौं । देश सम्वृद्धि, शान्ति र विकासतर्फ अघि बढ्छ । चिन्ता लिनु पर्ने कुनै कारण छैन ।

असन्तुलित बैदेशिक सम्बन्धको बारेमा वर्तमान सरकार के गर्दैछ ?
छिटो छिटो सरकार परिबर्तनले गर्दा हाम्रो बैदेशिक नीति स्थिर थिएन । कतै बढी ढल्किने र कतै बढी बम्किने काम अस्थिर सरकारहरुबाट भएकै हो । अब हामी नयाँ दिशामा अघि बढेका छौं । हाम्रो सैन्य क्षमता लड्न सक्ने खालको छैन । हामी सबै देशहरु प्रति मित्रवत व्यवहार गर्न चाहन्छौं । सबैसंग मित्रवत सम्बन्ध स्थापित गरेर हाम्रो हितहरुको रक्षा गर्न चाहन्छौं । भारत र चीनसंग बराबरीको सम्बन्ध राख्छौं । बिगतमा देखिएका समस्याहरु धेरै समाधान भैसके, बाँकी पनि छिट्टै समाधान हुन्छन । चीनसंग पनि पारबहन सम्झ्यौता गरिसक्यौं । अब नेपालले नाकाबन्दीको बेदना कहिल्यै खेप्नु पर्दैन । भारतसंगको सिमा सम्बन्धि समस्याहरु पनि हल हुने क्रममा छन् । सुस्ता र कालापानी बाहेक अन्य कुराहरुमा छिट्टै कुराहरु टुंगिने अबस्थामा हामी छौं ।
सिके राउत र उनका गतिबिधिहरु बारे प्रबासीहरुको चासोलाई उनले के भने ?
सरकारका दुइ प्रमुख कामहरु देशको सीमाको रक्षा र जनताको रक्षा गर्नु हो । सिके राउतका गतिबिधिहरुबारे हामी अनभिज्ञ छैनौं । सुस्म तरिकाले यी गतिविधिहरुलाई नियालिरहेका छौं । स्थापनाकाल देखि खुकुरीको भरमा हामीले हाम्रो सिमा रक्षा गरेका छौं र हाम्रो भूभाग रक्षा गर्न हामी सक्षम छौं, चिन्ता लिनु पर्दैन । बेला आए पछि सरकारको कारबाही देख्नु हुनेछ ।
एनजीओ, आइएनजिओ मार्फत बिदेसीहरुले नेपालभित्र गरिरहेका गतिविधिहरु कसरी नियन्त्रण गर्नु हुन्छ ?
हाम्रो देशभित्र को आएर के गर्दैछ भन्ने हामीले थाहा पाउनु पर्छ । कसले कहाँ कस्तो पैसा ल्याएर खर्च गर्दैछ भन्ने कुरा हामीलाई थाहा दिनु पर्छ । अहिले सम्म अस्थिर सरकार भएको कारणले उनीहरुले पनि मनपरी गर्दै आए । अब हामी पारदर्शिता र जवाफदेहिता खोज्छौं । त्यसो गर्न हामी नियमावली बनाउंदै छौं । छिट्टै त्यस्ता अवान्छित गतिबिधि गर्ने छाडा एनजीओ आइएनजीओहरु सरकारी दयारा भित्र आउछन ।
प्रबासमा गरिने नेपाली राजनीति र बिरोधको संस्कृति बारे मन्त्रि ज्ञवालीले के भने ?
तपाईंहरु प्रबासमा झगडा गर्न छोड्नुस । नेपालका नेतालाई सिकाउन छोड्नुस । नेपालको राजनीतिक दलको नाता लगाएर संगठन खोल्न छोड्नुस । यहाँ तपाईंहरुलाई एकताको खाँचो छ । नेपालबाट सिकेर आएको बिरोधको संस्कृति अब बन्द गर्नुस । यो वा त्यो नाममा नेपालका राजनीतिक दलसंग सम्बद्ध संस्था खोलेर झगडा नगर्नुस । धर्म, कर्म र संस्कृतिको रक्षा गर्नुस । अमेरिकामा तपाईं नेपालीहरुको अवैतनिक राजदुत हो, राम्रो काम गरेर नेपाललाई चिनाउनुस । सक्नु हुन्छ नेपालमा पैसा पठाएर लगानी गर्नुस होइन भने नेपालका नेतालाई गालि गर्ने काम बन्द गर्नुस ।

भाषामा केहि तलमाथि भए पनि मन्त्रि ज्ञवालीको डेढ घण्टाको मन्तव्यको सार यहि नै हो । नेपालमा रहंदा एमाले सम्बद्ध रहेका मान्छेहरु रहेको संस्था प्रबासी नेपाली मंचको समेत आयोजनामा यो कार्यक्रम भएको भए पनि उनले यसलाई घुमाउरो पारामा अनाबस्यक रहेको कुरा स्पस्ट पारे । डालसमा नेपाल सरकारको स्थायी नियोग स्थापना गर्नु पर्ने मागमा भने यहाँका नेपालीहरुलाई कति आबस्यक छ भन्दा पनि नेपाललाई कति फाइदा छ, त्यहि अनुरुप निर्णय हुने जानकारी गराए । असल र बुद्धिजीवी नेताको छबि बनाएका मन्त्रि ज्ञवालीले प्रश्नोत्तरको क्रममा सोंचे जस्तो नभए पनि सबै प्रश्नका उत्तर दिएर करिव करिव सबैलाई सन्तुस्ट पारे । कार्यक्रममा अमेरिकामा बस्ने नेपालीहरुले नेपाल सरकारको तर्फबाट अपेक्षा गरिएका कुराहरुलाई लिपिबद्ध गरिएको अनुरोध पत्र समेत पररास्ट्र मन्त्रि ज्ञवालीलाइ बुझाइएको थियो । सो अबसरमा मन्त्रि ज्ञवालीले नेपाली मन्दिरका मूल पुजारी श्री शेखर पण्डितद्वारा लिखित “सुदामाका कनिका” नामक पुस्तकको बिमोचन समेत गरेका थिए। समाचार तथा समिक्षा: लेखनाथ गौतम

उक्त अबसरमा लिइएका केहि तस्विरहरु :

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907