नेपालिज अमेरिकन च्याम्बर्स अफ कमर्सको बार्षिक भेटघाट कार्यक्रम सम्पन्न

डालस, टेक्सास ।  सनिबार साँझ नेपालिज अमेरिकन च्याम्बर्स अफ कमर्सको चौथो बार्षिक भेटघाट तथा भोज कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा डालस वरपर रहेका ब्यबसायी तथा अन्य सामाजिक व्यक्तिहरुको उपस्थिति रह्यो ।
नेपालिज अमेरिकन च्याबर्स अफ कमर्स स्थापनाको लागि लामो समय देखि चर्चामा रहे पनि २०१४ मा यसको बिधिबत स्थापना भयो । डालस वरपर रहेका नेपाली व्यापारीहरुलाई एकै ठाउँमा ल्याएर उनीहरुको शिप विकास गर्दै सफलतासम्म पुर्याउन सहयोग गर्ने उद्देस्यले यसको स्थापना गरिएको हो । यसको लागि आबस्यक साधन, श्रोत, सूचना, जानकारी र हौसला प्रदान गर्न यसले काम गर्दै आएको छ ।


सोहि उद्देस्य अनुरुप हिजोको कार्यक्रममा पनि केहि बक्ताहरु निम्त्याइएको थियो । उनीहरुका विचार सुन्ने र उनीहरुका संघर्षका कथाहरुबाट केहि सिक्ने उद्देस्यले एसबि इन्टरनेसनलका प्रमुख सतिस गुप्तालाई निम्त्याइएको थियो । एक सामान्य परिबारको पृष्ठभूमिमा भारतबाट अमेरिका आएको एक व्यक्तिले कस्ता चुनौती सामना गरेर एउटा अमेरिकाकै सम्बृद्ध कम्पनी निर्माण गर्न सफल भयो भन्ने आफ्नो करिव ४० बर्षे अमेरिकी यात्राको कथा उनले सुनाए । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका बोर्ड अफ ट्रस्टिका अध्यक्ष बिनय अर्यालले नेपाली मन्दिरको सन्क्षिप्त परिचय दिंदै प्रमुख अतिथि तथा बक्ता समेत रहेका सतिस गुप्तालाई दर्शकसामु परिचय गराउनु भएको थियो ।


कार्यक्रमको संचालन संस्थाका महासचिव बाल जोशीले गरेका थिए । छोटो, मिठो, रमाइलो र सुचनामुलक सामग्रीसाथ जोशीले कार्यक्रम संचालन गरे । कार्यक्रममा सम्पूर्ण आगन्तुकहरुलाई स्वागत अध्यक्ष मनोज सिग्देलले गरेका थिए । त्यस्तै संस्थापक अध्यक्ष बासुदेव भण्डारी, नेपाली समाज टेक्सासका अध्यक्ष सुमन थापा, अमेरिका-भारत च्याम्बर्स अफ कमर्सकी अधय्क्ष नील गोनुगुण्टला, रिचल्याण्ड कलेजका निर्देशक बान ह्युन र एभरेस्ट फेडेरल युनियनको तर्फबाट बिराज रिजालले मन्तब्य व्यक्त गरेका थिए ।
अर्को बक्ताको रुपमा निम्त्याइएकी बिओके फाइनान्सलकी उपाध्यक्ष जोन्ना लेसीले बोलिद्वारा कसरी अरुसंग जोडिन सकिन्छ र बोलीले ब्यबसायमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने कुरा बैज्ञानिक तथ्यहरुद्वारा प्रस्ट पारेकी थिइन । खानपिनको कार्यक्रम संगसंगै प्रायोजकहरुलाई आफ्नो उत्पादन वा सेवाहरु बारे जानकारी दिन समय उपलब्ध गराइएको थियो । कार्यक्रम भव्य रुपमा सम्पन्न भए पनि जोन्ना लेसीले लामो समय लिएर बोले पछि कार्यक्रम तन्किन पुगेको थियो ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907