युएसएंडनेपाल डट कमका प्रधान सम्पादक अधिकारी अन्तररास्ट्रिय पुरस्कारबाट सम्मानित
राप्ती समाज अष्ट्रेलियाको आयोजनामा भएको “बाबा राप्ती अन्तरास्ट्रिय अवार्ड २०१८ मा रुपै मोहनी बाट गीतकार लोकराज अधिकारी ले चलचित्र गीतकार को अन्र्तरास्ट्रिय अवार्ड चुम्न सफल भएका छन्। अधिकारी को यो गीत युटुब मा २४ घन्टामा सबै भन्दा धेरै ८ लाख ४२ हजार पटक हेरिएको रेकर्ड राख्ने गीत पनि हो। अस्ट्रेलियामा ८ सेप्टेम्बर २०१८ शनिवार सम्पन्न अवार्ड कार्यक्रममा चारसय भन्दा बडी दर्शकहरुको उपस्थिति रहेको थियो। प्रमुख अथिति कन्सुलर जनरल दीपक खड्काको उपस्थितिमा अस्ट्रेलिया मै पहिलो पटक अवार्ड कार्यक्रम भएको हो।
‘तिम्ले पराई ठाने पछि’, ‘मर्छु बरी छटपटीमा सारा सारा दिन’, ‘रुपौली रानी’ जस्ता दर्जन बढी हिट गीत दिएका अधिकारीले अवार्ड पाएपछि खुसी हुदै सम्र्पुण दर्शक तथा श्रोतालाई धन्यवाद दिएका छन्। एउटा गीतकारले अन्तर्राष्ट्रिय नेपाली अवार्डबाट म्युजिक अवार्ड पाउनु खुशीको कुरो भएको बताउदै गीतकार अधिकारीले रुपै मोहनी टिम विशेष गरी सिनेमा शत्रु गतेका समस्त परिवार मदनकृष्ण श्रेष्ठ,हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौलालाई विशेष धन्यवाद दिएका छन्।राप्ती समाज अष्ट्रेलियाका अध्यक्ष नरेश रेग्मीका अनुसार म्युजिक अवार्ड हरु बिदेश मा आयोजना हुने गरेपनि बिदेश मै दर्ता भएको सस्थाले म्युजिक अवार्ड गरेको यो पहिलो हो। अवार्डमा सम्मानित श्रस्टा,सर्जकहरुको नामावली यस प्रकारको रहेको छ।
सर्बोत्कृस्ट अभिनेता ः पल शाह, सर्बोत्कृस्ट चलचित्र गीतकार ः लोकराज अधिकारी , सर्बोत्कृस्ट गायक सुगम संगीत ःप्रकाश रेग्मी सर्बोत्कृस्ट गायक लोकदोहोरी – कृष्ण रेउले , सर्बोत्कृस्ट गायिका सुगम संगीत ःसिन्धु मल्ल , सर्बोत्कृस्ट गायिका लोकदोहोरी ःराधिका हमाल सर्बोत्कृस्ट संगीत संयोजक ःझलक संगीतम सर्बोत्कृस्ट संगीतकार सुगम संगीत ः सन्तोष श्रेष्ठ , सर्बोत्कृस्ट चलचित्र संगीतकार ः संतोष रजौरे सर्बोत्कृस्ट चलचित्र गायिका ः बिन्दु परियार, सर्बोत्कृस्ट गीतकार सुगम संगीत ः प्रबल बिस्ट, सर्बोत्कृस्ट भिडियो निर्देशक ः बब्बु थापा, सर्बोत्कृस्ट मोडल ः बिक्रम बुढाथोकी सर्बोत्कृस्ट रेकर्डिस्ट ः कुमार राना, अवार्डका बिजेतालाई हार्दिक बधाई दिदै रेग्मीले अस्ट्रेलिया आउन नसक्नु भएका बिजेताहरुलाई नेपालमा अवार्डको आयोजना गरि अवार्ड वितरण गरिने बताएका छन् । साभार: (www.eenter10.com)