टेक्सास रातो राज्यबाट कसरी निलो राज्य बन्दैछ ? बेटो र टेड के भन्दैछन् ?

७० बर्ष अघि टेक्सास राज्यमा पुरा डेमोक्र्याट पार्टीको पकड थियो । रिपब्लिकन पार्टी सान एण्टोनियो नजिकै रहेको जर्मन काउन्टी स्थित कार्यालयको वरिपरि सिमित थियो । पछि डालस र ह्युस्टनमा अलि अलि बिस्तारित भयो । चुनाबी प्रतिष्पर्धा डेमोक्र्याट बीच हुन्थ्यो । कन्जरभेटिभ डेमोक्र्याट र लिबरल डेमोक्र्याट बीच तिब्र प्रतिष्पर्धा हुन्थ्यो । पछि उक्त बिभाजन बढ्दै जाँदा कन्जरभेटिभ डेमोक्र्याटहरु रिपब्लिकन पार्टी तिर पुगे । फ्र्यांकलिन रुजबेल्टले डेमोक्र्याटिक पार्टीको नेतृत्व गर्थे जसलाई हराउन डेमोक्र्याटिक पार्टी कै कन्जरभेटिभहरु लागे । तिनी कन्जरभेटिभहरुले ड्वाइट आइसेनहावरलाइ समर्थन गरे । टेक्सास रिपब्लिकन पार्टीको हातमा पुग्यो । केहि दशक अघि सम्म नामोनिसान नभएको रिपब्लिकन पार्टी करिव ३ दशक देखि सत्ता र शक्तिमा छ ।
त्यतिबेला भर्खर अमेरिकाका काला जातिहरु स्वतन्त्र हुनुपर्छ भन्ने अवाज जोडदार रुपमा उठ्न थालेको थियो । मार्टिन लुथर किङ्ग अमेरिकाका बिभिन्न राज्यहरुमा बिभिन्न खाले मानव अधिकारबादी गतिविधिहरुमा सहभागी थिए । टेक्सासमा रहेका जमिन्दारहरुका धेरै काला जातिका दासहरु थिए । डेमोक्र्याटिक पार्टीको लिबरल धार दासको मुक्तिको पक्षमा थियो । त्यति बेलासम्म दासहरुको मुक्तिको पक्षमा रहेको रिपब्लिकन पार्टीले अमेरिकाको दक्षिणी भाग कब्जा गर्न आफ्नो नारा फेरेर जमिन्दारहरुको पक्षमा लाग्यो । विभाजित डेमोक्र्याटको लिबरल धार त्यस पछि संधै पछि पर्यो ।


त्यस पछि लगातार टेक्सास रिपब्लिकनहरुको पक्षमा गए पनि यति बेला फेरी डेमोग्राफिक परिबर्तन संगै डेमोक्र्याटिक पार्टीको हातमा आउने सम्भावना प्रबल बनेको छ । टेक्सासमा यतिबेला रिपब्लिकन पार्टीबाट टेड क्रुज र डेमोक्र्याट पार्टीबाट बेटो ओ’राउरके बीच कडा प्रतिष्पर्धा हुँदैछ । पछिल्ला सर्भेक्षणहरुले उनीहरु बीच झिनो अन्तरले टेड क्रुजले जित्ने देखाएका छन् जुन एरर मार्जिन भित्र पर्छ । अर्थात् सर्भेक्षणहरु सतप्रतिसत सहि हुँदैनन् । करिव ४ वा ५ प्रतिसतको अन्तरले हार्ने भनिएको मान्छे जित्ने सम्भावना रहन्छ । त्यसैले यतिबेला बेटोले टेड क्रुजलाइ हराउन सक्ने अनुमान गरिएको छ भने क्रुज पनि हडबडाएको देखिन्छ ।

गएको रास्ट्रपतिको चुनावमा टेड क्रुज रास्ट्रपतिका उम्मेदवार थिए । उनी र वर्तमान रास्ट्रपति डोनाल्ड ट्रंप बीच सार्बजनिक रुपमा भनाभन भयो । ट्रंपले टेड क्रुजको नाम नै “ढटुवा टेड” भनेर राखेका थिए भने फक्स न्युजसंगको अंतर्बर्तामा टेड क्रुजका बुवालाइ जोन एफ केनेडीको हत्याको मतियारको आरोप लगाएका थिए । त्यस्तै आफ्नी पत्नी मेलानिया ट्रंप र टेड पत्नी हाइडी क्रुजको फोटो संगै राखेर हाइडी “कुरुप” भएको भन्दै अपमान गरेका थिए । टेड क्रुजले पनि ट्रंप जन्मसिद्ध ढटुवा भन्दै प्रतिबाद गर्ने गरेका थिए ।
यतिबेला परिस्थिति परिबर्तन भएको छ । टेड क्रुज ती सबै अत्यन्त व्यक्तिगत हमलाको घाउ बिर्सेर ट्रंपको सहयोगको भिख माग्दैछन । पदको लागि आफ्नै परिबारको मान र मर्यादामाथि हमला गर्नेसंग सहयोगको भिख माग्ने क्रुज झन् आलोचित बन्न पुगेका छन् । टेड क्रुज व्यक्तिगत हमलामा पनि ट्रंपको सिको गर्दैछन् । प्रत्यासी बेटो हरेक सहर र गाउँमा पुगेका छन् भने क्रुज ट्रंपलाइ ल्याएर छोटो बाटोबाट गन्तब्यमा पुग्ने दाउ खेल्दैछन् ।


अर्को तिर बेटो ओ’ राउरके मुद्धाहरु सहित जनतामा पुगेका छन् । टेक्सासको मेक्सिकोसंग जोडिएको सहर एल्पासोमा १९७२ मा जन्मेका बेटो टेक्सासको राज्य प्रतिनिधिसभामा २०१२ मा निर्बाचित भएका थिए । उनी सानो परिणाममा गाँजा बोक्दा हुने सजाय रोक्नु पर्ने धारणा राख्छन । अपराध प्रणालीमा सुधार गर्नु पर्ने माग गर्छन जसमा पैसा दिएर मान्छे छोडिन्छ । यस्तो प्रणालीले पैसावाला हत्याराहरु खुलेआम हिड्ने र जेलहरु गरिबले मात्र भरिने हुँदा यसलाई परिबर्तन गर्नु पर्ने बेटोको धारणा छ ।

Analysis: Lekhnath Gautam

बेटोको अर्को मुद्धा गर्भपतनलाइ कानुनी मान्यता दिनुपर्छ भन्ने हो । आमाको ज्यान जोखिममा भएमा, बच्चा नबाच्ने देखिएमा वा हाडनाता करणीबाट गर्भ बसेमा आमाको सहमतिमा गर्भपतन गर्न पाउनु पर्छ भन्ने उनको भनाइ छ । त्यसै बिबाह आफुले मन परेको व्यक्तिसंग गर्न पाउनु पर्छ भन्दै समलिंगी बिबाहलाइ कानुनी बनाउनु पर्ने उनको तर्क छ । आप्रबासीहरु प्रति उनी सकारात्मक धारणा राख्छन । उनी आफै चार पुस्ता अघि आयरल्याण्डबाट आएका आप्रबासी परिवारका सदस्य हुन् । उनी स्वास्थ्य सेवा सरकारले दिनु पर्छ भन्ने र अमेरिकामा समाजबादी बिल्ला भिराइएको मुद्धाको पक्षमा छन् । बन्दुक किन्दा कडाई गर्नुपर्ने उनको भनाइ छ ।
एकातिर यति धेरै गम्भीर मुद्धा लिएर बेटो अगाडी आएका छन् भने टेड क्रुज ट्रंपको फेरो समातेर बैतरणी तर्ने अभियानमा छन् । टेक्सासका जनताले भोगेका घरघरका मुद्धाहरुमा बेटो क्रुज भन्दा धेरै अगाडी छन् । तर आम जनता भोट हाल्न नजाने अमेरिकी चुनावहरुमा यसपाला भने निलो छाल अर्थात् डेमोक्र्याटहरुको बाढीले टेड क्रुज बग्ने सम्भावना निकै प्रबल देखिन्छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907