जोन मेकेनको मृत्यु संस्कार ट्रंप बिरुद्ध “बिद्रोह” मा परिणत

सामान्यतया कसैको मृत्यु संस्कारको अबसरमा कसैलाई गाली गरिन्न । हत्या नै भएको छ भने पनि हत्यारालाई गाली नगरी मृतकको चिर शान्तिको कामना गर्दै विचार प्रस्तुत गरिन्छ । मरेर केहि लानु छैन भन्ने बुझाउन अनेक प्रकारले दार्शनिक तर्कहरु प्रस्तुत गरिन्छ । मृतकले गरेका राम्रा कामहरु र बाँचेको जीवनको सार्थकता प्रस्तुत गर्दै परलोकमा पनि शान्ति होस् भनेर कामना गरेर मृत्यु संस्कार समापन गरिन्छ ।
गत हप्ता अमेरिकाको एरिजोना राज्यका सिनेटर जोन मेकेनको मृत्यु भयो । ८१ बर्षीय युद्ध नायक, प्रतिनिधिसभा सदस्य, सिनेटर र रास्ट्रपतिका उम्मेदवार मेकेनको मृत्युमा अमेरिका स्तब्ध बन्यो । उनको परिवार संगै विभाजित अमेरिकामा सहि कुरा परेको बेलामा बोल्न सक्ने हिम्मत भएको नेताको रुपमा नाम कमाएका मेकेनको मृत्यु र त्यसको वरिपरि गरिएका संस्कारहरुमा भने परम्परागत रुपमा भन्दा अलि भिन्न तरिकाले अभिव्यक्तिहरु आए । पूर्व रास्ट्रपतिहरु देखि मेकेन कै छोरीको बक्तब्य सुन्ने हो भने उनको मृत्यु वर्तमान रास्ट्रपति डोनाल्ड ट्रंप र उनका अतिबादी अभिव्यक्तिहरुको “प्रतिबाद” गर्ने स्थलको रुपमा मेकेनको अन्त्यस्टि सम्पन्न भयो ।


आइतबार सेप्टेम्बर २ मा मेरिल्याण्डको अन्नापोलिस स्थित नभल एकेडेमीमा अन्तिम संस्कार सम्पन्न भयो । अगस्त २५ मा एरिजोनास्थित आफ्नै घरमा मृत्यु भए पछि अमेरिकी राजनीतिमा एउटा तरंग उत्पन्न भयो । मृत्युको बेला उनको अन्तिम इच्छामा डोनाल्ड ट्रंपलाइ मलामी जान प्रतिबन्ध लगाए पछि उनी कतैबाट अति प्रसंसित बने भने कतैबाट आलोचित समेत बन्न पुगे । जोन मेकेनको मृत्यु एक साधारण मृत्यु र त्यसको संस्कारबाट माथि उठेर वर्तमान रास्ट्रपति डोनाल्ड ट्रंपको रबैयाको बिरोधको सुरुवात समेत बन्न पुगेको अनुभूति गरियो ।
रिपब्लिकन पार्टी अहिले सम्पूर्ण रुपमा रास्ट्रपति डोनाल्ड ट्रंपको पकडमा छ । उनले समर्थन गरेका उम्मेदवारहरुले जित्ने सम्भावना अत्यधिक छ रिपब्लिकन पार्टी भित्रको आन्तरिक निर्बाचनमा । रिपब्लिकन पार्टी भित्र को बढी ट्रंपको अनुयायी भनेर होडबाजी नै चलेको छ । ट्रंपको नजिक भएर चुनाव जित्न खोज्नेहरु आफ्नो योजना भन्दा पनि ट्रंपको समर्थनको मापदण्डलाइ बिजयको आधारको रुपमा आत्मसात गरेका छन् । २०१८ को मध्यावधि निर्बाचन आउन दुइ महिना भन्दा केहि दिन बढी बाँकी रहंदा ट्रंपको नामको व्यापार कति फलदायी हुन्छ भन्ने अनुमान गर्न गाह्रो छ ।


मेकेनको यो अन्तिम संस्कारको बेला पूर्व रास्ट्रपतिहरु, उपरास्ट्रपतिहरु, सिनेटरहरु, प्रतिनिधिसभा सदस्यहरु लगायत धेरै उच्च पदस्थ कर्मचारीहरु बोलाइए । तर बहालवाला रास्ट्रपति भने मृतकको चाहना बमोजिम बोलाइएन । यो नै एक रास्ट्रपतिको लागि हिनताबोधको प्रयाप्त कारण हुनु पर्छ । त्यसमाथि उनले कटु आलोचना गर्दै आएका पूर्व रास्ट्रपति बाराक ओबामालाई बक्ताको रुपमा छानिनु ट्रंपको लागि अर्को झड्का हो । त्यसमा ओबामाले व्यक्त गरेका विचारहरुले ट्रंपको नाम नलिए पनि उनलाई अमेरिकी मूल्य र मान्यता बिरोधि व्यक्तिको रुपमा प्रस्ट रुपमा चित्रित गरिएको छ । मेकेनको छोरीले गरेको सम्बोधनले रिपब्लिकन पार्टीभित्रको सुसुप्त अबस्थामा रहेको ट्रंप बिरोधि धारलाइ मलजल गर्ने विश्वास गरिएको छ ।

विचार: लेखनाथ गौतम

यहि हप्ता ट्रंपको कामको मुल्यांकन गर्ने सर्भेक्षणले उनी निकै अलोकप्रिय भएको देखाएको छ । करिव ३०% को संख्यामा रहेको ट्रंपको अन्ध समर्थकहरुको बाहेक अरुको ट्रंपमाथि भरोशा नभएको उक्त सर्बेक्षणले देखाएको छ । यहि हप्ताको मेकेनको मृत्युको वरिपरी व्यक्त बिचारले ट्रंपको अलोकप्रियता अझै बढ्ने, रिपब्लिकन पार्टीभित्र मूल्य र मान्यताको पक्षमा रहेकाहरु खुलेर ट्रंपको बिरोध गर्ने अबस्थामा आउने आंकलन संगै आगामी दुइ महिना पछि हुने निर्बाचनमा कमसेकम प्रतिनिधिसभामा डेमोक्र्याटहरुले बहुमत ल्याउने अनुमानलाई मुर्त रुप दिन सहयोग मिल्ने आशा गर्न थालिएको छ ।

 

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907