डेमोक्र्याटिक पार्टीको आन्तरिक चुनावमा काला जातिको विजय र त्यसको चुनौती

करिव दुइ वर्षा अघिको रास्ट्रपतिय चुनावमा हिलारी क्लिन्टनले जित्ने अनुमान ग रिएको थियो । लाभाग हरेक सर्भेक्षणहरुले त्यस्तै देखाउँथे । तर निर्बाचन परिणाम आउँदा सबै तीन छक परे । हिलारी हारिन । गम्भीर चारित्रिक बिचलन र आर्थिक अपचलनको पर्याय बनेका डोनाल्ड ट्रंपले चुनाव जिते । त्यसको कारण हरेक बिषयमा उनले व्यक्त गरेका अतिबादी विचारहरु नै थिए । देव्रे र दाइने कतै नलागी बिचमा बस्दा हिलारीले पराजय भोगिन । उनले अलिकति देव्रे च्यापेको भए पक्कै परिणाम पक्कै अर्कै आउने थियो ।

Candidate for Florida Governor Andrew Gillum with his family

ट्रंप निर्बाचित भएको दुइ बर्ष पछि पहिलो पटक अमेरिका फेरी मद्याबधि निर्बाचनमा जाँदैछ । आगामी नोभेम्बर महिनामा प्रतिनिधिसभाको सबै सदस्यहरु र सिनेटको एक तिहाइ सदस्यहरु र ६ वटा राज्यका गभर्नरहरुको निर्बाचन हुँदैछ । त्यसको लागि राज्य तहमा पार्टी भित्रको आन्तरिक निर्बाचन भैराखेको छ । यिनै बिजयी उम्मेदवारहरु फेरी डेमोक्र्याट र रिपब्लिकन पार्टीको तर्फबाट चुनाव लड्नेछन ।
यो आन्तरिक निर्बाचनको क्रममा एकाध बाहेक सबै ट्रंपको समर्थन प्राप्त व्यक्तिहरुले मात्र रिपब्लिकन पार्टीको टिकेट पाएका छन् । डेमोक्र्याट तर्फ भने खिचडी देखिन्छ । कतै संस्थापन पक्ष, कतै ओबामा पक्ष र कति बर्नी स्याण्डर्स पक्षबीच त्रिपक्षिय भिडन्त छ । यी तिनै पक्ष कसरी एकै ठाउँमा आउँछन भन्ने कुराले नै डेमोक्र्याट पार्टीको अबस्था निर्धारण गर्नेछ ।
यहि आन्तरिक प्रतिष्पर्धाको क्रममा फ्लोरिडा राज्यमा हिजो अर्थात् अगस्त २८ मा भएको निर्बाचनमा ३९ बर्षीय एक काला जातिका युवक एण्ड्रियु गिलमले सबैलाई छक्क पार्दै डेमोक्र्याटिक पार्टीको मनोनयन प्राप्त गरेका छन् । यो आश्चर्यचकित पार्ने विजयले डेमोक्र्याटिक पार्टीभित्र नयाँ बहस समेत शुरु गरेको छ । ५४ प्रतिसत गोरा, १७ प्रतिशत काला र २६ प्रतिशत हिस्प्यानिक जनसंख्या भएको फ्लोरिडा रिपब्लिकन पार्टीको पकड भएको राज्य मानिन्छ । तर त्यो पकड त्यति फराकिलो हुने गरेको छैन ।

Ron DeSantis who will face Andrew Gillam on November !!

२०१६ को चुनावमा ट्रंपले एक प्रतिशत भन्दा कम भोटले हिलारीलाई पराजित गरेका हुन् भने फ्लोरिडाका गभर्नर रिक् स्कट २०१४ मा पनि झिनो अन्तरले बिजयी भएका हुन् । थोरै स्वतन्त्र भोट मात्र तान्न सक्यो भने गिलमले जित्ने अनुमान गर्न थालिएको छ । टाल्लाहासि शहरका मेयर समेत रहेका गिलमलाइ प्रगतिशील राजनीतिज्ञ बर्नी स्याण्डर्सले समर्थन गरेका उम्मेदवार हुन् । डोनाल्ड ट्रंपका नीति र कार्यक्रमहरुका कटु आलोचक एबम सबैलाई निशुल्क स्वास्थ्य सेवा, निशुल्क कलेज तथा बाँच्न सकिने तलबको नारामा उनले पार्टीबाट जित्न सफल भएका छन् । आलोचकहरु भने उनी समाजबादी विचार राख्ने भएकोले अमेरिकीहरुमा रहेको समाजबाद बिरोधी जनमतलाई आफ्नो पक्षमा पार्न अप्ठेरो भएकोले उनको बिजय कठिन भएको तर्क राख्छन ।
गिलमले जिते पनि नजिते पनि अमेरिकाको केन्द्रिय राजनीतिमा भने यसले निकै असर पार्ने देखिन्छ । फ्लोरिडा जस्तो रिपब्लिकनहरुको राम्रो आधार रहेको ठाउँमा प्रगतिशील उम्मेदवारले जित्दा फ्लोरिडामा चुनावी अभियान चलाउने डेमोक्र्याटिक पार्टीको रास्ट्रपतिको उम्मेदवारलाइ असजिलो हुनसक्छ । बढी देब्रे जाँदा बिचको मत नपाइने र बिचको धारमा बस्दा देव्रेतिरको मत नपाइने खतरा रहन्छ । समग्र अमेरिकाभरको मतको प्रतिनिधित्व गर्नु पर्ने भएकोले राज्यको उम्मेदवारको रुची अनुसार नारा परिबर्तन गर्ने कुरा पनि सम्भव छैन ।

Analysis: Lekhnath Gautam

जे होस् ट्रंपको अतिबादी नीतिहरुका कारण डेमोक्र्याटिक पार्टीको राजनीति गर्न बिचमा बसेर अप्ठेरो पर्ने सम्भावना बढेको छ । सम्पूर्ण हत्कण्डा प्रयोग गरेर ट्रंपले आफ़ो समर्थकहरुलाइ आफूतर्फ आकर्षित गर्न सफल भएका छन् भने त्यहि तरिकाले उनको प्रतिबाद गर्दै बैकल्पिक तर समाजबादी लाग्ने खालको नारा नलगाउने हो भने ट्रंपको चुनावमा मतदातालाई उत्साहित बनाउन मुस्किल छ । तर गहिरो रातो राज्य भनेर चिनिने फ्लोरिडा र जर्जिया जस्ता राज्यहरुमा डेमोक्र्याटिक पार्टीको तर्फबाट काला जातिका उम्मेदवारहरु चुनावी मैदानमा आउँदा अमेरिकी रास्ट्रीय राजनीतिको अंकगणितमा उथलपुथल आउने सम्भावना समेत देखिएको छ । यस्तो अबस्थामा बिचको धार देव्रेतिर घल्किना नमान्ने अबस्थामा फेरी पनि ट्रंपले बाजी मार्ने त होइनन भनेर डेमोक्र्याट भित्रै चिन्ता बढ्न थालेको देखिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907