साम्यवादी जोगीको शासन
राजनीतिबारे ओसोकोे चर्चित भनाइ छ– राजनीति उसका लागि मात्र हुन्छ जससँग अरु केही गर्ने क्षमता छैन । जो मूर्ति बनाउनसक्दैन, जो चित्रमा रंग भर्न सक्दैन, जो गीत गाउन सक्दैन, जो केही पनि गर्नसक्दैन उसकालागि राजनीति सहज हुन्छ । जसमा अरु कुनै योग्यता हुँदैन, ती सबैकालागि राजनीति हुन्छ । आखिर अयोग्यकालागि पनि त केही चाहियो । राजनीतिकालागि बुद्धि चाहिँदैन । किनभने बुद्धिमान मानिस यतिविधि बेइमानी गर्नसक्देैन, यतिविधि धोका दिन सक्दैन, यतिविधि झुट बोल्नसक्दैन । राजनीतिमा सफल हुन अत्यन्त निदाएको चेतना हुनुपर्छ । राजनीति त झुटको पुलिन्दा हो।
ओसोको यो भनाइ शतप्रतिशत सही नहुन सक्छ । सिर्जनशील, कलाकार, खेलाडी क्षमता भएका ऊर्जावान्हरू पनि राजनीतिमा छन् । उनीहरू कति सफल हुन्छन् त्यो फरक कुरा हो तर राजनीतिमा सफल हुन झुट बोल्ने, बेइमानी गर्ने र धोका दिने क्षमता अनिवार्य देखिँदै आएको छ । जसले जनतालाई बढी भ्रमित तुल्याउनसक्छ त्यो सफल राजनेता हुँदै गएको छ । हाम्रा प्रधानमन्त्री खड्गप्रसाद ओलीका हिजोका बोली, आजका गराइ र शायद भोलिकालागि बोलिएका दिव्यवाणी केलाउने हो भने ओसोको भनाइको धोका, झुट र बेइमानीको आरोप स्वीकार्नुपर्ने हुन्छ।
केही दिनपहिले भावुक भएर प्रधानमन्त्रीले झापामा भन्नुभएछ–‘म राजनीतिको जोगी हुँ । मलाई केही पनि चाहिएको छैन ।’जोगीको शाब्दिक अर्थ हुन्छ– समग्र व्यावहारिकताका सुख–दुख, प्राप्ति–अप्राप्ति, शोक, सन्ताप, सत्ता सबैबाट विरत सांसारिक आशाहरूबाट मुक्त । योगी शब्दको अपभ्रंश हो जोगी । योगी त्यसलाई भनिन्छ जो यथार्थमा जीवात्मा र परमात्मा जोड्न सफल तत्वज्ञानी हुन्छ। परब्रह्मसँग आफ्नो समग्र चेतना जोड्न समर्थहरू नै योगी हुन् । के हाम्रा प्रधानमन्त्री सुख,दुःख, वासना, लोभ, भय, आकांक्षा, प्रतिशोधमुक्त भइसक्नुभएको हो त रुउहाँले आफूलाई जोगी बताइरहनु हुँदा दुइटा महल, अरु श्रीसम्पत्ति, प्रधानमन्त्री पद र पार्टीको पद, विपक्षीमाथि निरन्तर प्रहार गर्ने निर्लज्ज, तर्कहीन शब्दवाण, जनतालाई निरन्तर ढाँटिरहेका वाणी, निर्माण गरिरहेको सत्ताकुण्डली, प्रतिशोधपूर्ण व्यवहार सबैलाई पूर्ण परित्याग गरेको सन्देश दिनुभएको हो ।
तर राजनीतिमा हल्ला चलाइन्छ । एकताका पुष्पकमल दाहालले बुद्ध दर्शन र माक्र्सवाद समान हुन् भन्ने दिव्यवचन प्रवाह गर्नुभएको थियो । केही समयपछि बाइबल र माक्र्सवादमासमानता देख्नुभयो र पूर्वीय आध्यात्मिक दर्शन समाजसापेक्ष नभएको व्याख्या गर्नुभयो ।अहिलेसाम्यवाद पनि धर्ममा रूपान्तरित हुँदैछ । कुनै दिन यस्तो पनि आउनेछ कार्ल माक्र्सलाई ईश्वरको अवतार ठानिनेछ, धर्म गुठी निर्माण हुनेछन्, पुजारी नियुक्त हुने छन्, उनका मूर्तिमा पूजा हुनेछ र साम्यवादलाई पुराण बनाइनेछ ।लेनिन र माओलाई शक्तिको प्रतीक मान्दै उनीहरूका नाममा निर्मित मठमन्दिरमा बलि चढाइनेछ । टीकाटालो गर्दै प्रसाद ग्रहण गर्ने परम्परा बस्नेछ । कतिपय व्रतसमेत बस्नेछन् ।धेरै पण्डितको जीविका चल्नेछ । केही सुरुवात त भइसकेको छ।
राजनीतिमा सफल हुन झुट बोल्ने, बेइमानी गर्ने र धोका दिने क्षमता अनिवार्य देखिँदै आएको छ । जसले जनतालाई बढी भ्रमित तुल्याउनसक्छ त्यो सफल राजनेता हुँदै गएको छ। यो राजनीतिको दुरुह कला सबैसँग हुँदैन । नेपालका साम्यवादी र त्यसमा पनि शासनमा बस्नेले यस्तो कला आविष्कार गरिरहेका छन् । तपोभूमि, आध्यात्मिक दर्शनको उद्भवभूमि, साधनाभूमि भनेर परिचित नेपालभूमिबाट नै अब माक्र्स, लेनिन र माओलाई ईश्वरको अवतार घोषणा गर्दै संसारभर विस्तार गरिनेछ । मन्दिरका ढोकामा साम्यवादका नयाँ भाष्यकार जोगी प्रधानमन्त्री वा पुष्पकमल दाहालहरूका ससाना मूर्ति राखिनेछन् र अक्षता पाती, धूप चन्दन आदि चढाइनेछ।
अहिलेका जनताले राम्रो सडकमा हिँड्न नपाए पनि, एकछाक भात खान नपाए पनि, खाडीको तातोमा पिल्सिनुपरे पनि, बेरोजगार भएर संसारमा विचरण गर्नुपरे पनि, रातदिन पानीजहाज, रेलका सपना देख्दै समृद्धिको आकांक्षा राख्नुपरे पनि, बूढाबूढीले ५ हजारको काकाकुलीय तिर्खा सहनुपरे पनि अब माक्र्सवादी झोलबाट पेट सहज बनाउने दिन आएका छन् । साम्यवादी समृद्धि निकट भविष्यमा नै आउनेछ । यसको पहिलो चरणमा साम्यवादी दलका प्रधानमन्त्रीले आफूलाई जोगी घोषणा गरी नयाँ सत्य आविष्कार गरिसक्नुभएको छ।
नैपालमा धेरै शासक थिए जोसँग काठमाडौँमा झुपडी पनि थिएन । उनीहरूले घरगृहस्थीसमेत गरेका थिएनन् । कतिपयलेसत्तासमेत अस्वीकार गरेका थिए । डेढ दशकसम्म जेलनेल भोगेर शासनको कुर्सीमा दुईपटक बसेका कृष्णप्रसाद भट्टराईसँग एउटा थोत्रो टिनको बाकस, माटोको सुराही, छाता र केही जोर लुगा अनि गीताको पुस्तकमात्रै थिए । उहाँ अरुले स्नेहपूर्वक दिएको एक कोठामासमय व्यतीत गरेर परमार्थ लाग्नुभयो । सुशील कोइरालाले नेपालगन्जमा भएको केही सम्पत्तिसमेत त्याग्नुभयो।
प्रधानमन्त्री भएर पनि उहाँको राजधानीमा घर थिएन । डेराबाट नै उहाँको पार्थिव यात्रा हुन पुग्यो । एकताकाका शक्तिशाली प्रधानमन्त्री गिरिजाप्रसाद आफैँले कुनै सम्पत्ति थुपारेको सुनिएन । केही समय प्रधानमन्त्री हुनुभएका मनमोहन अधिकारीमापनि सम्पत्तिको भोक देखिएन । २०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंहलाई राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि उहाँले मान्नुभएन ।नारायणमान बिजुक्छेले सत्तामा बस्न गरिएको आग्रह स्वीकार्नुभएन ।बिपी कोइराला पनि कि जेल कि डेरामैबस्नुभयो । राजधानीमा उहाँको घर थिएन।
तपोभूमि, आध्यात्मिक दर्शनको उद्भवभूमि, साधनाभूमि भनेर परिचित नेपालभूमिबाट नै अब माक्र्स, लेनिन र माओलाई ईश्वरको अवतार घोषणा गर्दै संसारभर विस्तार गरिनेछ। सत्ताकोतीव्र भोक, राजधानीमा सुविधायुक्त जीवन, नेपालीले धान्नै नसक्ने शैली भोग गर्ने व्यक्तिले आफूलाई जोगीभनेको सुन्दा नेपाली दंग छन् । जोगीका राजमा प्रतिदिन बालिका बलात्कारको सिकार भइरहेछन्, न्याय माग्ने समूहमाथि गोलीका पर्रा छुट्छन्, अशक्त–बिरामीलाईप्रदान गरिएका सुविधा खोसिँदैछन् । संविधानका अक्षर र भावनामाथि खेलवाड हुँदैछ, न्यायालयलाई निरीह बनाइएको छ।
२००८ सालमा प्रहरिको गोली लागेर मरेका चिनियाकाजीलाई पञ्चायतकालभर शहीद भनेर नथाक्ने र कांग्रेसविरुद्ध निरन्तर प्रहार अस्त्र बनाउने साम्यवादी नेतृत्वको सरकार कञ्चनपुरमा मारिएका सन्नी खुनाबारे के भन्छ होला रु अनुमानमात्रै गरौँ । त्यसबेला बिपीले गृहमन्त्रीबाट नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो । अहिले त्यस्तो नैतिकता कता खोज्नु रुभ्रष्टाचारको त कुनै तर्क हुँदैन । यो परम्परा नै भएको छ । जनप्रतिनिधिको गोजी खर्च भर्न आमनागरिकले चर्को करको भारी बोक्नुपरिरहेको छ । तर प्रधानमन्त्री भनिरहेछन्– दक्षिण एशियामा नै नेपाल कम कर लगाउने देश हो ।राजनीतिमा झुटको पुलिन्दा निकै ठूलो हुनुपर्छ । सुन निल्ने ठूला माछा अनुसन्धान रोक्न सफल भएका छन्, सडक ठेकेदारका घरमा नेताको बास छ, कामै नगरे पनि भुक्तानी हुन्छ, कारबाही हुँदैन । गज्जब छ जोगीको शासन।
पाकिस्तानका चर्चित क्रिकेटर इमरान खान लामो प्रयत्नपछि प्रधानमन्त्री भएका छन् । उनी धेरैका मनमा क्रिकेटकै कारण विराजमान छन् । करिब दुईदशकको राजनीतिक यात्रामा सफल हुनासाथ उनले केही निर्णय गरे– यसअघि प्रधानमन्त्रीका ५२४ सदस्यीय सहयोगीको सट्टा २ जनामात्र राख्ने, प्रधानमन्त्री निवासलाई विश्वविद्यालयका रूपमा विकास गर्ने घोषणासाथ आफू सामान्य तीन बेडको घरमा बस्ने, प्रधानमन्त्रीका लागि राखिएका ३३ वटा बुलेट प्रुफ कार र ८० वटा गाडी बिक्री गरी विद्यार्थीकालागि खर्च जुटाउने, प्रधानमन्त्रीका लागि राखिएको हेलिकप्टर बेचेर मातृशिशु कल्याणमा खर्च गर्ने आदि । यी उदाहरणसँग नेपालका जोगी प्रधानमन्त्रीको व्यवहार तुलना गरियो भने के भन्नुपर्ने हुन्छ रुतर इमरान खानले आफूलाई जोगी घोषणा गरेको सुनिएको छैन।
नेपालको शासनमा कुनै असाधारण महापुरुष बस्नुपर्छ भन्ने चाहना नेपालीको छैन होला । कुनै चमत्कारिक नेता हुन्छ र हुनुपर्छ भन्ने पनि छैन । सामान्यतः नेपालीको दुरुह जीवनलाई अलिकति उकास्न सक्ने कल्पनाशील नेता भए पुग्छ । सपनाको चाङमा नेपाली सुत्ने चाहना राख्दैनन् होला । यथार्थ बुझ्ने, बुझाउनसक्ने र इमान्दारीपूर्वक काम गर्न सक्ने, जनतालाई झुट बोलेर दिनहुँ नहँसाउने नेता भएपुग्छ।
आकाश–पातालका सपना देखाउने र आफूलाई महान् सन्तको श्रेणाीमा परिभाषित गर्दै हिँड्ने नेतृत्वको खोजी होइन अहिले । सबैलाई थाहा छ, विपन्न देश एकैपटक समृद्ध हुनसक्दैन । तर मान्छे एकैपटक इमान्दार हुनसक्छ । राजनीतिमा एउटा यस्तै इमान्दार नेता भए पुग्छ । उसले संन्यास लिनु आवश्यक हुँदैन । ओसोले भनेजस्तो राजनीतिलाई बेइमान सिद्ध गर्नुहुँदैन । त्यस्तै नेतृत्व भए पुग्छ नेपालीलाई। साभार: हरेकपल डट कम