डालसमा “नाइँ नभन्नु ल” को पाँचौं शृंखला सेप्टेम्बर ७ देखि प्रदर्शनमा आउने
डालस, टेक्सास । नेपाली सिनेमाको विकास र विस्तार संगै बिदेसमा बस्ने नेपालीहरुले समेत त्यसमा लगानी गर्ने परम्परा बढ्दै छ । सोहि परम्परा अनुरुप टेक्सास क्षेत्रमा ब्यबसाय गरेर बस्ने गौरी राज जोशी र हरिबोल भण्डारीले “नाइँ नभन्नु ल” को पाँचौं शृंखलामा लगानी गरेका छन् । उक्त चलचित्रको निर्माण सम्पन्न भै नेपालमा प्रदर्शनमा आइसकेको र अमेरिकामा पनि आगामी सुक्रबार देखि प्रदर्शनमा आउंदैछ ।
यो कुरा जानकारी गराउन अगस्त २६ आइतबार डालस नजिकै रहेको बेड्फ़ोर्ड सिटी स्थित स्थानीय फिस्टेल रेस्टुरेन्टमा एक “पत्रकार भेटघाट तथा बिशेष प्रदर्शनी” सम्पन्न भयो । उक्त भेटघाट कार्यक्रममा लगानीकर्ता गौरी राज जोशी र हरिबोल भण्डारीले चलचित्रको निर्माण र कथाबस्तु बारे जानकारी गराउंदै यसले व्यापारिक सफलता पाउने विश्वास व्यक्त गर्नु भएको थियो । उहाँहरुले प्रबासी नेपालीहरुको लगानीमा बनेको चलचित्र भएकोले प्रबासी नेपालीहरुले यसलाई हेरेर उत्प्रेरणा दिनु हुने विश्वास व्यक्त गर्नु भयो । यो पाँचौं शृंखलामा दिलिप रायमाझी, केकी अधिकारी, प्रियंका कार्की, बुद्धिमान तामांग लगायतका चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
त्यसै गरी “नाइँ नभन्नु ल-५” लाई अमेरिकामा वितरण र प्रदर्शनको जिम्मेवारी नेपल११ इन्टरनेसनलले पाएको छ । अमेरिकाभरी रहेका बिभिन्न सहरहरुमा प्रदर्शन गरिने जानकारी नेपल११ इन्टरनेसनलका प्रतिक सुबेदीले जानकारी गराएका छन् । चलचित्र डालस नजिकै रहेको रिचर्ड्सन र अर्भिंगमा सिटीमा प्रदर्शन हुने जनाइएको छ । यो चलचित्रको निर्देशन विकास राज आचार्यले गरेका छन् ।