को हुन् रास्ट्रपति ट्रंपलाइ मेरो मृत्युमा मलामी नआउनु भन्ने जोन मेकेन ?

अमेरिकी राज्य एरिजोनाका सिनेटर जोन मेकेन हिजो अर्थात् अगस्त २५ सनिबार यो संसारबाट अलबिदा हुनु भएको छ । आक्रामक ब्रेन क्यान्सरबाट पिडित हुनु भएका मेकेनको अस्ति मात्र उपचार बन्द गरिएको थियो । आक्रामक ब्रेन क्यान्सरबाट पिडित भएकोले उनको मृत्यु आकस्मिक थिएन । तर यतिबेला अमेरिका शोकमा छ ।
जोन मेकेनले केहि महिना वर्तमान रास्ट्रपति डोनाल्ड ट्रंप आफ्नो मृत्यु पछि मलामी नहुन चाहेको बताएका थिए । यसको मुख्य कारण एक रास्ट्रपतिको रुपमा उच्च नैतिक मर्यादा कायम गर्न नसकेको मानिसहरु बताउँछन् । ओबमकेयर भनिने ओबामाले ल्याएको स्वास्थ्य बिमाको खारेजीको क्रममा मेकेनले त्यसको बिरुद्ध सिनेटमा मतदान गरेका थिए । ओबमकेयर जसले लाखौँ गरिब अमेरिकीहरुलाई स्वास्थ्य बिमा लिन सजिलो पारेको थियो, त्यसलाई उल्टाउन ल्याइएको उक्त प्रस्ताव अस्विकार गरेर मेकेनले डोनाल्ड ट्रंपलाइ थप चिढ्याएका थिए । त्यसबाहेक उनका चारित्रिक उदण्डताहरुको उनी कटु आलोचक थिए ।

ओबामाकेयर उल्टाउने मतदानमा हुन्न भनेर मतदान गर्दै गर्दाको ऐतिहासिक दृश्य

जोन मेकेन १९३६ अगस्त महिनाको २९ गते पनामाको कोको सोलो भन्ने ठाउँमा जन्मिएका थिए । उनका बुबा र हजुरबुवा दुवै जना अमेरिकी सेनाको उच्च तहमा थिए । उनी बम खसाल्ने सानो जहाज चलाउँथे । भियतनाम युद्धमा उनी सोहि काममा रहंदा १९६७ मा गोलि लागेर गम्भीर घाइते भए । त्यसपछि उनी युद्ध बन्दीको रुपमा १९७३ सम्म रहे । युद्ध बन्दीको रुपमा रहंदा उनलाई धेरै यातना दिइयो । भियतनामी प्रोपोगान्डा अनुसार उपयोग गर्न उनलाई धेरै पटक जेलबाट छुट्न अवसर पनि दिइयो तर उनले युद्ध बन्दीको मनोबल खसाल्ने नियत बुझेर त्यसलाई अस्विकार गरे । शारीरिक र मानसिक रुपमा बिक्षिप्त मेकेन १९७३ मा जेलबाट छुटे । बर्षौंसम्मको उपचार पछि उनी सामान्य जीवनमा फर्किए । यसकै कारण उनलाई धेरै अमेरिकीहरु युद्ध नायकको रुपमा सम्मान गर्छन ।
सन् १९८१ मा मेकेन क्याप्टेनको रुपमा अमेरिकी सेनाबाट निबृत भए । १९८२ देखि उनले एरिजोना राज्यबाट राजनीति शुरु गरे । जहाँ उनी दुइ पटक प्रतिनिधिसभा सदस्य र ६ पटक सिनेटर निर्बाचित भए । सन् २००० मा सम्पन्न अमेरिकी रास्ट्रपतिको निर्बाचनमा उनी रिपब्लिकन पार्टीभित्रको चुनावमा टेक्सासका गभर्नर जर्ज डव्लु बुश संग प्रतिष्पर्धा गरे तर पराजित भए । त्यसपछि २००८ मा भने पार्टीको तर्फबाट टिकेट पाउन सफल भए तर बाराक ओबामासंग पराजित भए । त्यसपछिका दिनहरुमा उनले रिपब्लिकन पार्टीको उदारवादी धारको नेतृत्व गरे । रिपब्लिकन पार्टी भित्र बढ्दै गएको अतिबादी धारको कटु आलोचक रहेका मेकेनलाइ कतिपयले रिपब्लिकन पार्टीको डेमोक्र्याट समेत भन्ने गर्छन ।


२०१६ मा ट्रंप रास्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन पार्टीले प्रमाणपत्र दिंदै गर्दा क्लिभ्ल्यांडमा भएको सम्मेलनमा उनी जान अस्विकार गरे । तर उनले पार्टीको उम्मेदवारलाइ सहयोग गर्ने बताए । त्यसपछि डोनाल्ड ट्रंपले दिएका अभिव्यक्ति र उनका कामहरुको एक कटु आलोचकको रुपमा उनी रहे । बिशेष गरी इराक युद्धमा मारिएका अमेरिकी मुस्लिम सेनाका परिवारलाइ ट्रंपले व्यक्त गरेका विचार, रसियासंग ट्रंपको अति सदासयता, महिला र अल्पसंख्यक माथिको ट्रंपको आक्रमण, आप्रबासीमाथिको ट्रंपको अनुदारबादी दृस्टीकोण, न्याय प्रणाली माथि ट्रंपको हस्तक्षेपकारी मानसिकता जस्ता धेरै मुद्धाहरुमा उनले ट्रंपको खुलेर आलोचना गरे । अमेरिकी प्रजातन्त्रका यी सबै आधारभूत मुल्य र मान्यता प्रति प्रहार भैरहंदा अधिकांश रिपब्लिकन पार्टीका नेताहरु ट्रंप कै लाइनमा रहेर समर्थन गरिरहँदा उनी भने रिपब्लिकन पार्टीको बिद्रोही बनेर भूमिका खेलेका थिए । उनको मृत्युसंगै रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रंपको एकतर्फी कब्जा सुनिस्चित भएको छ ।
उनको मृत्युमा समबेदना प्रकट गर्दै उनी संगै प्रतिष्पर्धा गरेका पुर्ब रास्ट्रपति बाराक ओबामाले उनको मुक्तकण्ठले प्रशंशा गरेका छन् । अलग पार्टी, अलग पृष्ठभूमि र अलग युगको प्रतिनिधित्व गरे पनि जोन मेकेन र हामीले संसारभर एउटै अमेरिकी नागरिकको प्रतिनिधित्व गर्छौं । हामी प्रतिष्पर्धीको रुपमा राजनीतिमा रहे पनि दुवै जना त्यहि उद्देस्यमा सहमत छौं जुन हाम्रा अग्रजहरु र आप्रबासीहरु लडेका थिए । यो पीडाको घडीमा म र मिसेल दुवै जनाले सिन्डी मेकेन र परिवारप्रति हार्दिक समबेदना व्यक्त गर्न चाहन्छौं । मलामीमा नआउन अनुरोध गरिएका वर्तमान रास्ट्रपति डोनाल्ड ट्रंपले पनि मेकेनको परिवारलाई समबेदना प्रकट गरेका छन् । प्रस्तुति: लेखनाथ गौतम

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907