रास्ट्रपति ट्रंप गम्भीर कानुनी संकटमा

२०१६ को अमेरिकी रास्ट्रपतिय निर्बाचनताका उम्मेदवारहरु बिचमा बिभिन्न संचार गृहहरुले गरेका सार्बजनिक बादबिबादमा हिलारी क्लिन्टन र ट्रंप बीच अलि नसुहाउँदो तहमा आलोचना हुन्थ्यो । अत्यन्त भित्तामा पुर्याइएको अबस्थामा बाहेक हिलारीले आफ्नो प्रतिरक्षामा सकेसम्म सभ्य भाषा नै प्रयोग गरिन । त्यहीं डोनाल्ड ट्रंपले अत्यन्त व्यक्तिगत गालीगलोजमा उत्रिने, बास्तविक भन्दा पनि बाहिरी हल्लाको भरमा निम्न स्तरको शब्द प्रयोगद्वारा हिलारी क्लिन्टनको आलोचना गर्थे । ट्रंपले प्रश्न सोध्न दुवै उम्मेदवार प्रति बराबर नगरेको आरोप लगाएर ट्रंप कै प्रचारमा लागेको फक्स न्युजकि प्रस्तोता मेगन केलिको समेत अत्यन्त तुच्छ र अस्लिल भाषामा आलोचना गरे ।

David Pecker, Donald Trump and Michael Cohen

१९९३ देखि २००१ सम्म ८ बर्ष अमेरिकाको रास्ट्रपति भएका हिलारीका श्रीमान बिल क्लिन्टनको छविलाइ पनि त्यति बेला ट्रंपले राम्रै संग भजाउन सफल भए । बिशेष गरी अमेरिकामा पुराना रास्ट्रपतिहरुले गरेका राम्रा कामहरु निकै कम बाहिर ल्याइञ्छन भने नराम्रा कामहरुलाई बिपक्षिहरुले संकलन गरेर बिभिन्न संचार मध्यम मार्फत उजागर गर्ने गर्छन । ओभल अफिसमा भएको बिल क्लिन्टन र मोनिका लेवेंसकी बिचको क्रियाकलापलाई ट्रंपले पटक पटक प्रयोग गरे । यद्यपि उनी डेमोक्र्याटिक पार्टीका राम्रै चन्दादाता थिए, त्यो कालमा समेत । त्यसपछि हिलारी क्लिन्टन र क्लिन्टन परिवार एक किसिमले राम्रै शक्तिमा डेमोक्र्याटिक पार्टीमा स्थापित थियो । तर लोकप्रिय भने थिएन । हिलारी त झन् अलोकप्रिय नै थिइन । हिलारीको चुनावी अभियानमा खासै उर्जा थिएन । धेरै स्वतन्त्र मतदाता कोहि भोट नै हालेनन भने कोहि ट्रंपलाइ भोट हाल्न पुगे । ट्रंपले त्यहि अलोकप्रियताको कारण चुनाव जिते ।

Analysis: Lekhnath Gautam

अहिले पनि ट्रंपका अनुयायीहरु भन्छन हामीले ट्रंपको नैतिक चरित्र देखि सकेका थियौं । हामीलाई थाहा थियो, उनी एक ब्यबसायी र मनोरंजन क्षेत्रका ब्यबसायी भएकोले उनीमा चारित्रिक बिचलन छ । अहिले उनको चरित्र हेरेर हामीले उनलाई मुल्यांकन गर्न आबस्यक छैन । अर्थतन्त्र ठिक छ, बेरोजगारी इतिहासकै होचो बिन्दुमा छ, त्यहि नै हाम्रो चाहना हो । उनको चरित्र थाहा पाएरै जनताले भोट दिएको हुनाले यसलाई उछाल्न जरुरी छैन ।

 

तर यतिबेला ट्रंप चरित्र भन्दा पनि बाहिर गम्भीर कानुनी उल्झनमा फसेका छन् । कसैको चरित्र ठिक भएन भन्दैमा उसलाई अपराधी घोषणा गरेर कारबाही गर्ने अवस्था नहुन सक्छ । तर खराव चरित्र संगै कुनै कानुन उलंघन गरेको छ भने त्यो पक्कै पनि कारबाहीको भागी हुनु पर्ने हुन्छ । यति बेला ट्रंपले गरेका केहि कामहरु कानुनको कठघरामा उभिनु पर्ने तरिकाले बाहिर आएका छन् । बिशेष गरी न्यु योर्कबाट संचालित ट्रंप फाउन्डेसनले गरेका कामहरुले उनलाई असजिलो बनाउने अबस्थामा पुगेको छ । बिगत एक दशक देखि ट्रंपको व्यक्तिगत अधिबक्ता बनेर काम गरेका माइकल कोहेनले उनका बिबाह भन्दा बाहिर गरेका प्रेम सम्बन्धहरु लुकाउन दिएको पैसा ट्रंप कै निर्देशनमा दिएको खुलासा गर्दै अदालतमा समर्पण गरे पछि ट्रंप अप्ठेरोमा परेका छन् ।

Michael Cohen with his attorney

माइकल कोहेन मात्र होइन ट्रंप फाउन्डेसनका प्रमुख आर्थिक अधिकारी एलेन वाइसेल्बर्ग र नेसनल इङ्क्वाएरर भन्ने पत्रिकाका मालिक तथा ट्रंपका लामो समय सम्मका साथि डेभिड पेकरले इम्युनिटि सहित कानुनी अधिकारीहरुसंग कुरा गरिरहेका छन् । नेसनल इङ्क़्वाएररले ट्रंपका नराम्रा कुराहरु प्रचारमा आउन नदिन क्याच एंड किल को नीति अपनाएको थियो । जतिपनि नराम्रा संचार प्रकाशनको लागि आउंथ्यो, उक्त पत्रिकाले पैसा दिएर त्यो समाचार वा सामग्री त्यतिकै थन्काउने गर्थ्यो । एडल्ट फिल्मकि नायिका स्टोर्मी ड्यानिएललाइ पैसा दिएर चुप हुन लगाइएको थियो भने प्लेब्वाई मोडेल केरेन म्याकडुगलले प्रकाशित गर्न लागेको सामग्री उक्त पत्रिकाले एकलाख पचास हजार डलरमा किनेर रद्दीको टोकरीमा फालिदिएको थियो ।

यी र यस्ता अन्य आर्थिक अनियमितताका कारण यतिबेला ट्रंप अत्यन्त ठुलो कानुनी लफडामा फसेका छन् । उनी यदि रास्ट्रपति नभएको भए पक्कै यतिबेला जेलमा हुने सम्मको अपराध गरेको स्पस्ट देखिएको छ तर बहालवाला रास्ट्रपतिलाइ कारबाही गर्न नमिल्ने न्याय मन्त्रालयको नियमका कारण ट्रंप बचेका छन् । अर्को तिर रोबर्ट मुलरको अनुसन्धान पनि आफ्नै गतिमा अघि बढिरहेको छ जसको ट्रंपले हरेक दिन आलोचना गर्ने गरेका छन् । तर अत्यन्त विभाजित अमेरिकी समाजले यतिबेला सेतोलाई सेतो र कालोलाई कालो भन्ने अबस्थामा छैन । पार्टीगत रुपमा विभाजित अमेरिको राजनीति भने यतिबेला कानुनी क्षेत्रमा समेत ट्रंपले घुसाउन खोजेका छन् । उनले कानुनलाई आफ्नो हातमा लिएर आफ्ना बिपक्षिहरु माथि हमला गर्न चाहेको देखिन्छ ।

Chief Financial Officer of Trump Organization Allen Weisselberg

२०१६ को चुनावमा सबभन्दा पहिले ट्रंपको समर्थन गर्ने बहालवाला सिनेटर जेफ सेसन्स जो यतिबेला कानुन मन्त्रि छन्, उनीमाथि ट्रंपले धेरै पटक हमला गरिरहेका छन् । बिशेष गरी चुनावमा रसियाले गरेको हमलामा अमेरिकी नागरिक सम्मिलित छ वा छैन भन्ने बारेमा भैरहेको अनुसन्धानको बिषयमा सेसन्सले उक्त समग्र प्रक्रियाबाट आफुलाई अलग भएको घोषणा गरे पछि ट्रंप उनी प्रति रुस्ट हुँदै आएका छन् । हालै फक्स न्युज संगको अन्तरबार्तामा ट्रंपले सेसन्सको चर्को आलोचना गरे पछि सेसन्सले एक बिज्ञप्ति प्रकाशित गरेर आफु कुनै राजनीतिक हतियार नबन्ने भनेर ट्रंपलाइ जवाफ फर्काएका छन् ।
यी र यस्ता थुप्रै काण्डहरुका कारण ट्रंपको सिंहासन हल्लेको प्रतित हुन्छ । यतिबेला धेरैको आँखा भने आगामी नोभेम्बर महिनामा हुने मध्यावधि निर्बाचनमा गएको छ । तल्लो सदनमा डेमोक्र्याट पार्टीको बहुमत आउने सम्भावना रहेको बिभिन्न सर्बेक्षणहरुले देखाएका छन् भने डेमोक्र्याट प्रतिनिधि सभामा आएको खण्डमा ट्रंपका धेरै काण्डहरुको जांच गर्न सजिलो हुने धेरैको बुझाइ रहेको छ । उनी माथि कारबाही भए पनि नभए पनि यतिबेला भने ट्रंप अत्यन्त गम्भीर कानुनी र राजनीतिक झन्झटमा फसेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907