अक्टोबर १४ मा भास्तिका-डालस गुर्खा फुटबल क्लब दशैं कप हुने

डालस टेक्सास । बिजय दशमीको अवसर पारेर डालसमा लामो समय देखि गरिंदै आएको दशैं कप फुटबल प्रतियोगिता यो बर्ष पनि आयोजना गरिने भएको छ । हिजो अर्भिंग स्थित रमाइलो रेस्टुरेन्टमा आयोजित घोषणा कार्यक्रममा डालस गुर्खा फुटबल क्लबले उक्त जानकारी गराएको हो । सो अबसरमा क्लबका अध्यक्ष विनोद बिस्टले समग्र कार्यक्रमको उद्देश्य सहित कार्यक्रमको खाका प्रस्तुत गरेका थिए । उनले भनेका कुरा जस्ताको तस्तै :

हामीले बिगत ७ बर्ष देखि दशैंको अबसरमा फुटबल प्रतिष्पर्धा आयोजना गर्दै आएका छौं । आउँदो अक्टोबर १४ गते डालस नजिकै रहेको ग्रेपभाइन तालको छेउमै यो खेल आयोजना गरिएको छ । यसलाई हामीले दशैंको अवसरमा हुन लागेकोले यसलाई पर्बकै रुपमा मनाउने योजना गरेका छौं । त्यसको लागि साना बालबालिकाहरुको लागि खेल्ने, रमाउने साधनहरुको व्यवस्था गरेका छौं भने नेपाली परम्परागत खानको समेत त्यहाँ व्यवस्था गरिएको छ ।
यो बर्ष बिगत जस्तै एउटा साइडमा ५ जना खेलाडीले नै खेल्नेछन । बिगतमा जस्तै १४ बर्ष मुनिकाको लागि पनि खेलहरु हुनेछन । तर यो बर्ष ३५ बर्ष काटेका प्रौढहरुको लागि पनि खेल आयोजना गरेका छौं । स्थानीय र राज्य बाहिरका जो कसैले पनि यो अबसरमा आफ्नो टीम बनाएर खेल्न सक्नेछन । यो बर्ष टुर्नामेन्ट जित्ने टीमलाई पछिल्ला बर्षहरुमा भन्दा बढी पुरस्कार दिइएको छ । यो पन्ध्र सय डलरबाट दुइ हजार डलर बनाइएको छ । प्रौढहरुको भने एक हजार डलर छ ।


हामीले लामो समय सम्म दशैंको अबसरमा फुटबल टुर्नामेन्ट गरे पनि नेपाली समुदायका डालसमा सक्रिय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति कमै पाउने गर्छौं । आर्थिक रुपमा हामीलाई पक्कै समस्या छ तर त्यो हामी जेनतेन जोहो गर्दै आएका छौं । तर हाम्रो टुर्नामेन्टमा समुदायको उपस्थिति पनि एउटा ठुलो उत्प्रेरक तत्व हो । खेलाडीहरु दर्शक रुचाउँछन् । तर धेरै खेलहरुमा दर्शक नहुने समस्या हाम्रोमा छ । आम दर्शकहरुको उपस्थिति के कस्तो हुन्छ त्यो त अन्य धेरै कुराहरुले असर पर्छ तर कमसेकम समुदायका अगुवाहरुको उपस्थिति आबस्यक हुन्छ । तर सानोतिनो रमाइलोको लागि घन्टौं टाढा गाडी रिजर्ब गरेर जाने हाम्रा अगुवाहरु १५ मिनेटको दुरीको फुटबल खेल हेर्न आउनु हुन्न । आजको घोषणा कार्यक्रमको लागि सबिनय अनुरोध गरेका कतिपय व्यक्तिहरु आउनु भएन । तर हामी यो कार्यक्रमलाई सफल बनाउन कटिबद्ध छौं । त्यसको लागि हामीलाई आम समुदायको सहयोग भने अत्यन्त खाँचो छ ।
साँझ ८ बजे शुरु गर्ने भनिएको उक्त घोषणा कार्यक्रम समयमै शुरु भएर समयमै अन्त्य भएको थियो भने त्यसलाई डालस देखि भर्जिनियाका केहि अनलाइनहरुले प्रत्यक्ष प्रशारण समेत गरेका थिए । डालसमा कार्यरत कतिपय अनलाइनहरुका प्रतिनिधिहरु भने निमन्त्रणाको बाबजुद उपस्थित भएका थिएनन ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907