नेपाली विद्याथीहरुको लागि टेक्सासको अर्लिङ्ग्टनमा सेमिनार हुने

डालस, टेक्सास । नेपाली समाज टेक्सास र अर्लिङ्ग्टनमा रहेको टेक्सास बिस्वबिद्यालका नेपालीहरुको बिद्यार्थी संगठनको संयुक्त आयोजनामा एफवान बिद्यार्थी सेमिनार हुने भएको छ । सेमिनार कार्यक्रमकी संयोजक श्रद्धा श्रेष्ठका अन्सुअर २५ अगस्त सनिबार ६ देखि ९ बजेसम्म उक्त सेमिनार सम्पन्न हुनेछ ।

टेक्सासको डालस नेपाली बिद्यार्थीहरुको लागि पहिलो गन्तब्य बनेको छ । सोहि अनुसार लगभग हरेक कलेज र बिस्वबिद्यालयहरुमा नेपाली बिद्यार्थीहरुको राम्रो संख्या रहेको छ । संख्यामा वृद्धि अनुसार उनीहरुले व्यहोर्ने समस्या र त्यसका नकारात्मक असरहरु समेत बढ्दै गएका छन् । सोहि समस्याहरुलाइ ध्यानमा राखी नेपाली समाज टेक्सासको वर्तमान कार्यसमितिले निर्बाचित भएको अर्को हप्ता नै एक यस्तै खाले सेमिनार नेपाली समाज टेक्सासको हलमा सम्पन्न गरेको थियो । त्यसैको निरन्तरता स्वरुप यो सेमिनार गर्न लागिएको छ ।
सेमिनारले धेरै कुरा कभर गर्ने छ । टेक्सास बिस्वबिद्यालय आर्लिङ्ग्टन लगायत वरिपरिका अन्य बिस्वबिद्यालयहरुमा भर्ना हुँदा, ट्रान्सफर हुँदा वा अन्य अबस्थामा गर्नु पर्ने कामहरुबारे जानकारी गराइनेछ । एक एफवान बिद्यार्थीले थाहा पाउनु पर्ने सामान्य जानकारी, अपनाउनु पर्ने कानुनी सजगताहरु, आफ्नो बिद्यार्थी स्टाटस कायम राख्न गर्नु पर्ने कामहरु लगायतका अत्यन्त महत्वपूर्ण बिषयहरु सेमिनारमा समेटिनेछन् ।

यी सुचनामुलक र जानकारी मुलक कार्यक्रमको साथसाथै कला प्रदर्सनी, सांस्कृतिक प्रस्तुति, रमाइला साना खेलहरु समेत प्रस्तुत गरिनेछ । त्यो मात्र होइन केहि उपहारहरु पनि दिने कार्यक्रम छ । ठाउँ भने अर्लिङ्ग्टनमा रहेको टेक्सास बिस्व बिद्यालयमा रहेको लोन स्टार अडिटोरियममा हुनेछ । बर्तमान अमेरिकी सरकारको आप्रबासी र बिदेसी बिद्यार्थीहरु माथिको नकारात्मक नियम कानुनहरु कडा रुपमा लागु गर्ने नीति रहेको अबस्थामा यो सेमिनार नेपाली बिद्यार्थीहरुको लागि यो सेमिनार अत्यन्त उपयोगी हुने देखिन्छ । निशुल्क उपलब्ध यो अवसर उपयोग गर्न नेपाली समाज टेक्सासकि बिद्यार्थी तथा युवा संयोजक श्रद्धा श्रेष्ठले सबै बिद्यार्थीहरुलाई आग्रह गरेकी छिन ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907