अमेरिकी मध्यावधि निर्बाचन: मूल्य मान्यता र नैतिक धरातलको परिक्षा

अमेरिकाको अर्थतन्त्र यतिबेला बलियो छ । बेरोजगारी दर इतिहासकै सबभन्दा थोरै छ । पछिल्ला तथ्यहरुले यहि देखाउँछन् । रास्ट्रपति डोनाल्ड ट्रंप र रिपब्लिकन पार्टीका नेताहरुले जनतासामु यहि कुरा भन्दै छन् । अर्थतन्त्र बलियो हुनु र बेरोजगारी कम भएकोले हाम्रो पार्टीलाइ भोट हाल्नु पर्छ । करिव दुइ महिना भन्दा अलि बढी अर्थात् आगामी नोभेम्बेर महिनामा हुन लागेको मध्यावधि निर्बाचनको लागि रिपब्लिकन पार्टीको अर्को नारा करमा दिइएको छुट हुनेछ ।
अर्थतन्त्रको एउटा फेरो समातेर यसलाई उपलब्धिको रुपमा जनतासामु जान लागेको रिपब्लिकन पार्टीको चुनौती भने डेमोक्र्याटिक पार्टी हुनेछ । ठिक यतिबेला नै निर्बाचन हुने हो भने १०% भन्दा बढी अमेरिकी जनता डेमोक्र्याटिक पार्टीको पक्षमा रहेको पछिल्ला सर्भेहरुले दर्साएका छन् । डेमोक्र्याट भन्छन अर्थतन्त्र त बलियो छ तर त्यसको लाभ अत्यन्त धनाढ्यहरुले मात्र लिएका छन् । बेरोजगारी दर कम भए पनि कामदारहरुको तलब बढेको छैन जसले उनीहरुको क्रय शक्ति राम्रो छैन । कर छुटको ८०% पैसा माथिल्लो एक प्रतिशतको पनि १०% ले मात्र लिएका छन् । लाखौँ अमेरिकीहरुले स्वास्थ्य बिमा गुमाएका छन् ।


त्यस्तै डेमोक्र्याट भन्छन, रास्ट्रपति जाति विभेदी छन् । उनी अल्पसंख्यक समूहमाथि अनुदार छन् । उनी संधै झुठो बोल्छन । उनले झुठो बोलेरै रास्ट्रपतिमा बिजयी भएका हुन् । उनका लामो समयसम्म अधिवक्ताको रुपमा काम गरेका माइकल कोहेनले डोनाल्ड ट्रंपकै आदेशमा चुनावी आर्थिक नियम उलंघन गरेको स्वीकार गरेका छन् । ट्रंपका चुनावी अभियानका प्रमुख पल म्यानाफ़र्ट संघीय अदालतमा दोषी पाइएका छन् । यति धेरै नैतिक पतन हुँदा पनि रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको कांग्रेसले उनलाई सचेत बनाउन कुनै काम गरेको छैन । त्यसैले सत्ता र शक्तिको चेक र ब्यालेन्सको सिद्धान्त अनुरुप यी सबै नराम्रा काममा रास्ट्रपतिलाइ जिम्मेवार बनाउन हामीलाई जिताउन जरुरी छ ।

दुवै पार्टी जनता देखाउँछन्। दुवै पार्टी आफ्ना एजेन्डामा जनताको समर्थन रहेको दावी गर्छन । दुवै पार्टी मध्यमबर्गको पक्षमा रहेको बताउँछन् । यसको कारण भोट मध्यम बर्गमा बढी छ । धनीको संख्या थोरै छ, गरिव भोट हाल्न जान सक्दैनन् । अलिअलि पैसा भएको, फुर्सद भएको र राजनीतिमा चासो भएको यो मध्यमबर्ग संसारका हरेक उथलपुथलको कारण हो । तर अमेरिकामा यो बर्गले धेरै संघर्ष गर्नु परेको छ । लामो समय देखि उनीहरुको आर्थिक अवस्था राम्रो छैन । धनीहरु बिभिन्न बहानामा कर तिर्दैनन । गरिबहरु कर तिर्न सक्दैनन् । कर तिरेर देश धान्ने र नेता पाल्ने यो बर्गको आम्दानी समय अनुसार बढेको छैन ।

(Photo by Spencer Platt/Getty Images)

रास्ट्रपति ट्रंप र रिपब्लिकन पार्टी गैर कानुनी आप्रबासीहरु माथि अनुदार हुन चाहन्छन । कानुनी रुपमा अमेरिकामा बस्ने आप्रबासीहरु माथि भिन्नै कानुन बनाएर लागु गर्न चाहन्छन । नागरिक भैसकेका आप्रबसीहरुका फाइल खोलेर फेरी जाँच्न चाहन्छन । आप्रबासीहरुका कारण कतिपय अमेरिकीहरुमा परेको नकारात्मक असरको छिद्रमा छिरेर समग्र आप्रबासीहरु बिरुद्ध जेहाद छेडेका छन् । कतिपय अमेरिकीहरुमा रहेको आप्रबासी बिरोधि मानसिकतालाई भजाएर सत्ताको साँचो आफु संगै राख्न चाहन्छन । आप्रबासीहरुले गरेका धेरै राम्रा कामहरु बिर्सेर केहि व्यक्तिहरुले गरेका गल्तिहरुलाई अतिरन्जित गरेर क्षणिक फाइदा लिन चाहन्छन ।
जे भए पनि आगामी मध्यावधि निर्बाचन वर्तमान रास्ट्रपति डोनाल्ड ट्रंप माथिको जनमत संग्रह हो । रास्ट्रपति ट्रंपका धेरै नराम्रा कामहरुलाई रिपब्लिकन पार्टीका नेता कार्यकर्ताहरुले ढाकछोप गर्दै आएका छन् । रास्ट्रपति कै उपलब्धिहरुलाई आफ्नो उपलब्धिसंग जोडेर अमेरिकी जनतासामु उनीहरु जाँदै गरेको अबस्थामा यो निर्बाचन बास्तवमै डोनाल्ड ट्रंप माथिको जनमत संग्रह हो । अर्कोतिर डेमोक्र्याटिक पार्टीका उम्मेदवारहरुले समेत डोनाल्ड ट्रंपका गल्तीहरुलाई लिएर जनतासामु गएका छन् ।

लेखक: लेखनाथ गौतम

अमेरिकाको दुइ पार्टी प्रणालीमा यो बिभाजन नयाँ होइन । बाराक ओबामाको ८ बर्षे रास्ट्रपतिकालमा रिपब्लिकन पार्टीले उनका हरेक काममा तगारो हालेको थियो । नीतिगत तहमा यो विभाजन लामो समय देखि चल्दै आएको थियो । तर डोनाल्ड ट्रंपको कालमा भने अमेरिकाका नैतिक धरातलहरु पनि कमजोर भएका छन् । यतिबेला केहि सर्बोच्च अदालतको पदमा नियुक्तिको लोभमा रिपब्लिकन पार्टीले लामो समय सम्म लिएका परम्परागत धारणाहरु पनि छोडेको देखिन्छ । जस्तो खराब भए पनि आफ्नै पार्टीलाइ भोट हाल्ने संस्कृति अमेरिकामा पनि छ । स्वतन्त्र मतदाताहरुको हातमा अबको निर्बाचन निर्भर रहनेछ । अधिकांश स्वतन्त्र मतदाता यतिबेला रिपब्लिकन पार्टी र रास्ट्रपति ट्रंपको आचरणबाट असन्तुस्ट भएको अबस्थामा निलो वेभ आउने सम्भावना अधिक देखिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907