नेपाल स्रष्टा समाजद्वारा विभिन्न सम्मानहरूको घोषणा

पुष्पा खनाल, काठमाडौँ, भाद्र ५ गते । नेपाल स्रष्टा समाजले तीनवटा सम्मानहरू आगामी भाद्र ३० गते समाजको साधारण सभा सम्पन्न हुने दिन मै एक बेग्लै र विशेष समारोहका बीच प्रदान गर्ने निर्णय गरेको छ ।

सुभद्रा–विश्वराज स्रष्टा सम्मान यस वर्ष शास्त्रीय शैलीमा साहित्य रचना गर्ने तथा पर्याप्त मात्रामा साहित्य साधना भए तापनि अपेक्षित रूपमा ओझेलमा परेका साहित्यकार स्व. नारायणदत्त शास्त्रीलाई मरणोपरान्त प्रदान गरिने छ ।

दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान लामो समयसम्म साहित्य र सञ्चारका क्षेत्रमा सक्रिय रहनुभएकी श्री सिर्जना शर्मालाई प्रदान गरिने छ । यसैगरी प्रसिद्ध कँडेल स्मृति युवा स्रष्टा सम्मान समकालीन पुस्ताका प्रखर युवा कवि श्री रमेश शुभेच्छुलाई प्रदान गरिने छ ।

प्रत्येक वर्ष प्रदान गरिने यी तीनवटै सम्मानहरू सम्मानपत्रसहित नगद रू. ११,१११÷– (एघार हजार एक सय एघार) राशिका छन् ।

सुभद्रा–विश्वराज स्रष्टा सम्मान गत वर्षबाट प्रदान गर्न सुरु गरिएको हो भने दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान र प्रसिद्ध कँडेल स्मृति युवा स्रष्टा सम्मान यस वर्षबाट प्रदान गर्न लागिएको हो । सोही समारोहमा केही कृतिहरूको लोकार्पणसमेत गरिने समाजले बताएको छ ।


नेपाल स्रष्टा समाजले स्थापना गरेका योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान गत साउन सात गते क्रमशः नीलम कार्की निहारिका र ज्ञानमणि नेपाललाई प्रदान गरिएको थियो ।

नेपाल स्रष्टा समाजले आफ्नो स्थापनाको दशौँ वर्ष यसै वर्ष सम्पन्न गरेको छ । हाल समाजमा देशभित्र र बाहिर गरी एक सय साठी जना विभिन्न प्रकारका सदस्यहरू रहेका छन् ।

आगामी भाद्र ३० गते हुने साधारण सभामा नयाँ कार्यसमितिको निर्वाचनसमेत हुने समाजका अध्यक्ष पवन आलोकले बताउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907