डालसमा नेजा एनआरएन अन्तरक्रिया सम्पन्न: पत्रकारसंग समुदायको अपेक्षा

डालस, टेक्सास । एनआरएन अमेरिकाले डालसमा अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजासंग एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न आयोजना गर्यो । बेड्फ़ोर्ड स्थित स्थानिय फिस्टेल रेस्टुरेन्टमा सम्पन्न उक्त अन्तरक्रियामा अमेरिकाका विभिन्न राज्यबाट आउनु भएका एनआरएनका पदाधिकारीहरु, नेजाका नबनिर्बाचित पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको उद्देस्य समुदायसंग नेजाको अन्तरक्रिया गर्नुको साथै नेजाको सियाटलमा सम्पन्न अधिबेशनबाट निर्बाचित पदाधिकारीहरुसंग परिचय गर्नु पनि थियो ।
एनआरएन अमेरिकाका कार्यबाहक अध्यक्ष सुनिल शाहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेजाका अध्यक्ष सुदिप पन्त र नेपाल सरकारका पूर्व सिंचाई मन्त्री दिपक गिरी लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति थियो । 


समुदायका अगुवाहरुले के भने ?
कतिपयले पत्रकारहरुका समस्या बुझे पनि धेरैले पत्रकारहरुसंग समुदायको अपेक्षा र गुनासा व्यक्त गरे । उनीहरुले सकारात्मक समाचार सम्प्रेषणको आशा गरे । त्यति मात्र होइन “हाम्रो र राम्रो” लेखिएको समाचार मात्र प्रकाशित गर्नु पर्ने धेरैको अपेक्षा देखियो । नकारात्मक समाचारले समाज नबन्ने उल्लेख गरे उनीहरुले । यसो गर्नु पर्छ र उसो गर्नु ठिक हुन्छ भनेर उनीहरुले पत्रकारहरुलाई सुझाव दिए । कतिपयले पत्रकारहरुले आफ्नो नियमित कामका बाबजुद समुदायमा भैरहेका गतिबिधिहरुका समाचार सम्प्रेषण गरेर समाजलाई गुन लगाएकोमा धन्यवाद दिए । यसरी आफ्नो विचार व्यक्त गर्नेहरुमा क्यालिफोर्नियाबाट उमा थापा देखि टेक्सासबाट यमुना भट्टराई समेत हुनुहुन्थ्यो । त्यस्तै टेक्सास कै समाजसेवी धनन्जय ढकाल देखि अर्जुन बन्जाडे, कपिल अधिकारी, बिएन पन्त र थलराज पन्त समेतले आफ्ना गुनासा र सुझाव प्रस्तुत गर्नु भएको थियो ।


पत्रकारहरुले के भने ?
पत्रकारहरुका आफ्नै उत्तरहरु थिए । हामी पूर्णकालीन पत्रकारिता गर्दैनौ, हामी पनि समाजसेवा गरेका छौं । हामी संग साधन र श्रोत को कमि छ । हामी न त सबै ठाउँमा पुग्न सक्छौं न त सबै ठाउँका समाचार प्रेषित गर्न । हामीलाई बुझ्नुस र हामीलाई समाजसेवा गर्न सहयोग गर्नुस । कमसेकम तपाईंहरुका संघ संगठन र संस्थाहरुले गरेका काम र गर्न लागेका गतिबिधिहरुबारे जानकारी दिनुस । त्यस संग सम्बन्धित सम्पूर्ण सूचना उपलब्ध गराउनुस । हामीले सकेसम्म सबैका कुरा हाम्रा संचार मध्यममा प्रसार गर्छौं । तपाईंहरुले गर्ने कार्यक्रममा उपस्थित हुनको लागि निमन्त्रणा गर्नुस । तपाईंले गरेका कार्यक्रम प्रचार गर्न तपाईंहरुलाई आबस्यक हो, पत्रकारहरुलाई होइन । औपचारिक रुपमा निमन्त्रणा गर्दा उनीहरुलाई पनि आफुलाई सम्मान गरिएको अनुभव गर्छन र त्यहाँ आएर तपाईंहरुका कुरा समाज सामु ल्याउन आफ्नो समय र उर्जा खर्च गर्न तयार हुन्छन । फेसबुकमा स्टाटस हालेको भरमा पत्रकारहरु आएनन र समाचार हालेनन भनेर गुनासो नगर्नुस ।


समाचार र बिचारमा इधर उधर गरिएको गुनासो पनि त्यहाँ गरियो । कमसेकम कुन समाचार हो र कुन विचार हो छुट्ट्याउन गाह्रो भएकोले त्यो स्पस्ट हुन जरुरी रहेको भन्ने कुरा पनि त्यहाँ आयो । यो बास्तवमा निकै कठिन कुरा हो । अहिलेको बिस्वमा प्रसारित र प्रकासित समाचारहरुमा विचार समेत घुसाइएको हुन्छ । एउटै घटनाको रिपोर्टिंग फरक समाचार माध्यममा फरक तरिकाले विश्लेषण गरिन्छ । घटनालाई कुन कोणबाट रिपोर्टिंग गर्ने भन्ने कुराले पनि त्यसको निर्धारण गरेको हुन्छ । बिशुद्ध समाचार मात्र भेट्टाउन अहिले निकै मुस्किल छ ।
त्यस्तै मेडियाको काम जस्ताको तस्तै रिपोर्टिंग मात्र गर्दैन, त्यहाँ भएका कमी कमजोरीहरु समेत औंल्याउने गर्छ । यो गर्छु र त्यो गर्छु भनेर चुनाव जितेको नेताले भनेको किन गरिनस भनेर प्रश्न गर्ने पत्रकारलाई मन पराउने कुरै भएन । आजकै कार्यक्रममा विचार व्यक्त गरेका एक व्यक्तिले आफ्नो नराम्रो समाचार मात्र प्रसारण गरेकोमा पत्रकारहरुलाई गाली गर्दै अरु कसैको बारेमा नराम्रो समाचार लेख्न अनुरोध गरे ।
जसले जे भने भए गरेका सबै कुरा समाचार बन्दैनन् । सबै समाचारहरु पत्रकारहरुले पनि लेख्दैनन । उनीहरुले त्यसमा पक्कै केहि न केहि सेन्सर गर्छन भन्नेमा भ्रममा पर्नु जरुरी छैन । त्यस्तै समाचार बनाउने व्यक्तिहरु पनि आफ्नो मात्र समाचार लेखोस र राम्रो मात्र लेखोस भन्ने चाहन्छन । आफ्नो कमजोरी लेख्यो भने कित्ता काटेर डांडो कटाउने र आफ्नो प्रशंसामा लेख्यो भने जाती मान्नेहरुको बिचमा बसेर आफ्नो व्यक्तिगत पहिचान जोगाएर अघि बढ्नु भने पत्रकारहरुको लागि ठुलो चुनौती हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907