मिस नेपाल युएस छैठौं शृंखला र समुदायबाट अपेक्षा

“कति धेरै कार्यक्रमहरु हुन थाले, सबैमा जानै सम्भव छैन” एकजना लगभग सित्तैमा पाएको अबस्थामा बाहेक पैसा तिरेर कुनै पनि कार्यक्रममा नजाने महानुभावले गुनासो गरे । नेपालबाट काम नलाग्ने एक दुइ जना ल्याउने, उफार्ने र पैसा कमाउने धन्दा धेरै भयो, उनी जंगिए । दुख गरेर कमाएको पैसा त्यस्तामा किन खर्च गर्ने ? उनको भनाइले लाग्थ्यो, उनको धेरै पैसा यस्ता कार्यक्रमहरुमा खर्च हुन्छ ।
हो, टेक्सासको डालसमा धेरै कार्यक्रमहरु हुन्छन । कहिले काहीं मैले पनि यस्ता अबसरमा समय, उर्जा र पैसा खर्च गरेको छु । तर ३०/४० हजारको हाराहारीमा नेपाली छन् भनिएको डालसमा हुने अधिकांश कार्यक्रमहरु घाटामा जाने गरेका छन् । मानिसहरु सोध्ने गर्छन, “घाटा हुने जान्दा जान्दै किन अघि सर्ने त यस्तो काम गर्न ?”  मेरो उत्तर हुन्छ ” समाज गतिशील बनाउन कसैले न कसैले केहि गर्नै पर्छ, संधै पैसामा तौलेर समाज बन्दैन र अघि बढ्न सक्दैन “। समाज, संस्कार र समुदाय प्रति अलिकति पनि जिम्मेवार हुने हो भने डालसमा हरेक दिन एउटा कार्यक्रम भब्य रुपमा सम्पन्न हुनसक्ने नेपालीहरुको संख्या छ ।

प्रबासमा हाम्रो पहिचान कायम गर्न, हाम्रो धर्म, संस्कृति र भाषाको संरक्षण र प्रबर्धन गर्न यस्ता कार्यक्रमहरु हुने गर्छन । व्यक्तिगत फाइदालाई नै केन्द्रबिन्दु मान्ने अमेरिकी संस्कारमा अभ्यस्त कतिपय नेपालीहरु पैसा, समय र उर्जा खर्च गरेर यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिएका छन् भन्दा विश्वास गर्दैनन् । स्वार्थको गुलियोमा लुट्पुटिएका तिनीहरु आफ्नो सानो “कोठरी” भित्र दुइ चार बोत्तल रक्सी खाएर संसार देखेको गुड्डी हाँकेर बस्छन ।
तर सबै मानिस निदाएर मात्र बस्दैनन् । उनीहरु समाजलाई गतिशील बनाउन आफ्नो सर्बस्व लगानी गर्न पछि पर्दैनन् । यहि शृंखलाको रुप अर्को हप्ता आइतबार फेरी अर्को कार्यक्रम छ । अबसरको खोजीमा अमेरिका आए पनि आफ्नो भाषा, संस्कृति र कला प्रति कतिपय नेपालीहरु आफ्नै तरिकाले सक्रिय छन् । व्यक्तित्व विकाससंगै नेपाली कलाको विकास गर्न नेपाली युवाहरुले बिगत लामो समय देखि “मिस नेपाल युएस” शृंखलाबद्ध रुपमा चलाउँदै आएका छन् । छैठौं संस्कर ण १९ अगस्तमा हुँदैछ । नेपाल११ को आयोजनामा हुन लागेको यो कार्यक्रम अमेरिकामा बसेर आफ्नो भबिस्य कोर्दै गरेका नेपाली युवतीहरुले आफुलाई संसारसामु प्रस्तुत गर्दैछन । बाहिरी सुन्दरताको साथै भित्री गुणहरु समेत प्रस्तुत गर्नु पर्ने उक्त प्रतिष्पर्धामा १८ जना युवतीहरु छन् । उनीहरुले लामो समय देखि सामाजिक संजालहरुमा आफ्ना कुराहरु व्यक्त गरि सकेका छन् ।

२०११ देखि संचालनमा आएको मिस नेपाल युएसका संस्थापक तथा अध्यक्ष अमित शाहले सुन्दरी युवतीहरुलाई सम्बोधन गर्दै बाहिरी आवरणमा राम्री हुनु मात्र सुन्दरी हुनु नभएको विचार व्यक्त गर्दै यो प्रतिष्पर्धाले उनीहरुको भविस्य उज्ज्वल हुनुको साथै त्यसबाट समाज समेत सकारात्मक रुपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नु भएको छ ।
डालस नजिकै रहेको प्लानो सिटिमा हुन लागेको यो कार्यक्रम आइतबार बेलुकी ५:३० देखि शुरु हुनेछ । यतिबेला नेपालबाट आउनु भएकी पूर्व मिस नेपाल २०११ मलिना श्रेष्ठले प्रतियोगीहरुलाई प्रतिष्पर्धा जित्न आबस्यक कुराहरु र आफ्नो जिन्दगीमा आइपर्ने जिबनोपयोगी कुराहरु सिकाइरहनु भएको छ । सुप्रशिद्ध कोरियोग्राफर सुरेश मानन्धर, सुप्रशिद्ध फोटोग्राफर राजिव श्रेष्ठ समेतको कला यो कार्यक्रममा देख्न पाइनेछ । नेपाली कला, भाषा र संस्कृतिको माया गर्ने सम्पूर्ण डालसबासी नेपाली दाजुभाइहरुलाई आयोजक नेपाल११ का प्रतिक सुबेदीले उपस्थितिको लागि बिनम्र अनुरोध गर्नु भएको छ । सकेसम्म समय मिलाएर हामी सबै त्यो कार्यक्रममा गएर रमाइलो गरौँ । (प्रस्तुति: लेखनाथ गौतम)

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907