ट्रंपको टाउको दुखाउने ओमारोसा को हुन् ?

ओमारोसा यतिबेला अमेरिकाका हरेक समाचार माध्यमहरुको मसला हो। खलपात्रको रुपमा होस् वा पात्रको रुपमा उनी जताततै छाएकी छन् । दक्षिणपन्थी विचार राख्ने फक्स न्युज र रास्ट्रपति ट्रंपले जे गरे पनि ठिक भन्नेले उनको बिस्वस्नियता माथि प्रश्न उठाउंदै उनलाई उनी एक खलपात्र भएको, बिस्वस्घात गरेको र झुठो बोलेको, व्हाइट हाउसमा गरेको कामलाई भजाएर पैसा बटुल्न खोजेको आरोप लगाउंदै उनलाई चित्रित गरेका छन् । उक्त लाइनमा सबभन्दा पहिले उभिएका छन् रास्ट्रपति ट्रंप जसले उनलाई “कुकुर” नाम दिएर पछिल्लो ट्विट गरेका छन् । अर्को लाइनमा छन् मुलधारका मिडियाहरु जसले उनलाई प्रशस्त समय दिएर सहयोग गरिरहेका छन् । जसका कारण “द एप्रिण्टाइस” नामक रियालिटी शो कि खलपात्र ओमारोसा यत्रतत्र सर्बत्र फैलिएकी छिन । यो सबैको कारण उनले प्रकाशित गर्न लागेको नयाँ पुस्तक “अन्हिञ्ज्ड” हो ।

चुनावी अभियानमा ट्रंपको प्रचार गर्दै ओमारोसा

को हुन् ओमारोसा ?
बोलाउंदा ओमारोसा भनिए पनि उनको वास्तविक पुरा नाम ओमारोसा मनिगल्ट न्युम्यान हो । उनी ओहायो राज्यको योंग्सटाउनमा जन्मेकी हुन् । ओमारोसा ७ बर्षको हुँदा उनका बुबा थोमस मनिगल्टको हत्या भयो । हवार्ड बिस्वबिधयालयबाट बिद्याबारिधी गरेकी ओमारोसाले आम संचारमा स्नातकोत्तर गरेकी छिन । बिल क्लिन्टन रास्ट्रपति हुँदा उनी उप रास्ट्रपति अल गोरको कार्यालयमा काम गरिन । उनि २००४ मा एनबिसी टेलिभिजनको द एप्रेण्टाइस नामक रियालिटी शो बाट चर्चामा आइन । २०१३ मा फेरी डोनाल्ड ट्रंपद्वारा संचालित अर्को रियालिटी शो “अल स्टार सेलिब्रिटी एप्रिण्टाइस” मा संलग्न भईन । जुनसुकै कार्यक्रममा पनि उनी राम्रो वा नराम्रो जे भए पनि केन्द्रबिन्दुमा रहिन । त्यहि चर्चाकै कारण डोनाल्ड ट्रंपले ३ पटक सम्म कार्यक्रममा राखे र निकाले । तर ट्रंपको चुनावी अभियानमा काला जातिको भोट जित्नको लागि उनले फेरी उनलाई जागिर दिए । रास्ट्रपतिमा जिते पछि पनि ट्रंपले बार्षिक एकलाख उनानअसी हजार डलरको व्हाइट हाउस सहयोगीको जागिर दिए । व्हाइट हाउसको पश्चिमी भागमा उनलाई आवतजावत खुला थियो जहाँ रास्ट्रपति ट्रंप बस्थे ।
त्यतिबेला व्हाइट हाउसमा रायन प्रिबस प्रसासन प्रमुख थिए । उनी व्हाइट हाउसबाट बाहिरिए पछि जोन केली चिफ अफ स्टाफ नियुक्त भए । त्यसपछि मात्र ओमारोसाका दिन गन्ति शुरु भएको मानिन्छ ।


ट्रंप राम्रो काम भन्दा पनि आफु प्रति बफादार मान्छे राख्न रुचाउछन । ट्रंपका विरोधीहरुले ट्रंपको सामु शिर निहुर्याउनु पर्छ भन्ने अभिव्यक्ति दिएर ट्रंपलाइ उनले हदै सम्मको साथ दिएकि थिइन जतिबेला ट्रंपमाथि चौतर्फी आक्रमण भैराखेको थियो । तर जोन केलीले ट्रंपको बिरुद्धमा गएर ओमारोसालाइ व्हाइट हाउसबाट बिदा गरे । यो कुरा ओमारोसाले सार्बजनिक गरेको अडियो रिकर्डिङ्गबाट समेत प्रस्ट हुन्छ । बर्खास्त भएको अर्को दिन डोनाल्ड ट्रंप ओमारोसासंग कुरा गर्दै आफुलाई यो कुरा थाहा नभएको र उनी व्हाइट हाउस छोडेको आफुलाई मन नपरेको कुरा ओमारोसासंगको फोन कुराकानीमा ट्रंपले व्यक्त गरेका छन् ।
पक्कै पनि ओमारोसाको बिगत हेर्दा उनको बिस्वस्नियता निकै कम छ । तर ट्रंप र उनको प्रसासनको काम गर्ने तरिकाको भने यसले राम्रै संग उजागर गरिदिएको छ । हरेक कुरामा आफुलाई मात्र केन्द्रबिन्दुमा राख्ने ट्रंपले आफ्नो व्यक्तिगत फाइदाको लागि जसलाई पनि जागिर दिने तर आफ्नो व्यक्तिगत फाइदा नहुने अबस्थामा अत्यन्त तल्लो स्तरमा झरेर गालि गर्ने गर्छन ।
जे भए पनि ओमारोसाद्वारा लिखित “अन्हिञ्ज्ड” पुस्तक संगै उनको चर्चा अमेरिकामा चुलिएको छ । उनले दिएका हरेक अन्तरबार्तामा डोनाल्ड ट्रंप हरेक तरहले रास्ट्रपति हुन अयोग्य रहेको जिकिर गर्दै आएकी छिन । अर्को आस्चर्यचकित पार्ने कुरा त के छ भने उनले पुस्तकमा उल्लेख हरेक कुराको प्रमाण आफु संग रहेको उल्लेख गरेकी छन् । पक्कै पनि उनको काम राम्रो त छैन तर ट्रंपको दुनियामा भने यो सामान्य हो । प्रोपोगान्डा, झुठ, व्यक्तिगत आक्रमणको जगमा निर्मित ट्रंपको रास्ट्रपतिको आसनमा ओमारोसालाई गलत बनाउने कुनै नैतिक आधार छैन । प्रस्तुति: लेखनाथ गौतम

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907