डालसमा नेजा र एनआरएन अमेरिकाका प्रतिनिधि बीच अन्तरक्रिया हुँदै

ड्यालस (टेक्सस) – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नयाँ कार्यसमितिसँग गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले आउँदो आइतबार ड्यालसमा सामुदायिक अन्तरकृया सहितको कार्यक्रम राख्ने भएको छ ।
एनआरएन अमेरिकाले आउँदो आइतबार बिहान ११ बजेदेखि युलेसको फिस्टेल रेस्टुँरामा नेजाका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा वधाई सहित परिचयात्मक कार्यक्रम राखेको हो । सो अवसरमा एनआरएन र नेजाका पदाधिकारी लगायत स्थानीय समुदायका नेतृत्वहरुबीच पनि अन्तरकृया हुनेछ।
एनआरएनका सञ्चार संयोजक बाल जोशीका अनुसार त्यस अवसरमा एनआरएन र नेजा बीच ‘समुदाय र सञ्चारको भूमिका’ विषयमा वृहद अन्तरकृया हुनेछ । कार्यक्रममा सहभागी हुन अमेरिकाका बिभिन्न ठाउँमा रहेका नेजाका पदाधिकारीहरु आउँदो आइतबार बिहानसम्म ड्यालस आइसक्नेछन्।
कार्यक्रममा भाग लिन नेजाका नवनिर्वाचित अध्यक्ष सुदीप पन्त लसएन्जलस र महासचिव किरण महरहट्ठा न्यूयोर्कबाट ड्यालस आउँदैछन् । कार्यक्रममा सहभागी हुन एनआरएनले सबै पदाधिकारीहरु, स्थानीय समुदायसँग अपिल गरेका छन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907